१७ जेष्ठ २०८०, बुधबार २१:३३ – Nagarikabhiyan : National News

पेप्सीकोलामा मोटरसाइकलबाट सुनको सिक्रि लुटेर भाग्ने पोण्डे पक्राउ

काठमाडौंको पेप्सीकोलामा सुनको सिक्री लुटपाट गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखले नगरपालिका १ देबिटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलास्थित गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री उनले लुटेको प्रहरीको आरोप छ ।
मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौं गोकणेश्वर नगरपालिका ५ जोरपाटीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको छ ।

गौशालाकी उपमेयर भन्छिन् स् मेयरको मान्छेबाट ज्यान खतरामा छ

१७ जेठ, जनकपुरधाम  महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोले मेयर डा। दिपेन्द्र महतो निकटका व्यक्तिहरुलाई आफूलाई सुरक्षा खतरा रहेको बताएकी छन् ।

मेयरको कानुन विपरीतका काममा सहयोग नगर्दा आफन्त र निकटका व्यक्तिहरुमार्फत ज्यान मार्ने धम्की दिएको उपमेयर महतोले बताइन् ।

बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरेर उपमेयर महतोले गौशाला नगरपालिका २ निगौलमा निजी जग्गामा सार्वजनिक धर्मशाला बनाउन लाग्दा परेको उजुरीमाथि छलफलको क्रममा आफूमाथि आक्रमण प्रयास भएको बताइन् । गौशालाका मेयर डा। दिपेन्द्र महतो थमन विक हत्या प्रकरणमा निलम्बित एमालेका प्रधितिनिधसभा सदस्य लक्ष्मी महतो कोइरीका छोरा हुन् ।

वडा नं। २ का वडाध्यक्ष र मेयर महतोका आफन्त सुरेन्द्र महतोले आफ्नो कार्यकक्षमै मंगलबार दिउँसो आक्रमणको प्रयास गरेको उपमेयर रेणुकुमारीले बताइन् ।

छलफलमा वडा नं। २ का वडाध्यक्ष श्याम सुन्दर मण्डल र सुरेन्द्र महतोले मेरो ज्यान मार्ने प्रयास गरे’ उपमेयर महतोले भनिन् ‘मेयरले अनैतिक कार्यमा आफू पनि संलग्न हुने र मलाई पनि संलग्न गराएर बदनाम गर्ने प्रपञ्च फेल भएपछि संघातिक आक्रमणमा उत्रिएका हुन् ।’

झलनाथ खनाललाई धारे हात देखाउदै कार्यक्रममा हुल दङ्गा गर्ने सन्तोष राजावादीसहित ९ जना पक्राउ

काठमाडौं  नेकपा एकीकृत समाजवादी का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी साझा कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी माओवादी का सिपी गजुरेल र पूर्वगभर्नर डा। दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्ने अन्यमा धादिङ सलाङ गाउँपालिका–४ घर भई काठमाडौँ बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँके कोहलपुर महानगरपालिका–१ का २८ वर्षीय सतिश राजावादी, रामेछाप सुनपाती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाई, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड–४ का २८ वर्षीय सुजन राजावादी, सोही ठाउँका २० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन् ।

उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिकरुपमा नाराबाजी गरेका थिए ।

पूर्वप्रधानमन्त्री खनालविरुद्ध उक्त समूहले आक्रोशित हुँदै नारावाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१० प्रतिशत शैय्या छुट्याएर विपन्नलाई निशुल्क सेवा नदिने अस्पताल बन्द गरिदिन्छु बालेन

काठमाडौं ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार तथा अन्य सुविधाहरु नदिलाउने अस्पतालहरुलाई बन्द गरिदिने चेतावनी दिएका छन् ।

प्रमुख शाहले बुधबार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई भेटेर प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसारको स्वास्थ्य सुविधाहरुको विवरण उपलब्ध नगराउने महानगरभित्रका ६८ स्वास्थ्य संस्थाहरुको विवरणसमेत पेश गर्दै कारवाही गर्न आग्रह गरेको जनाएका छन् ।

त्यसपछि उनले सामाजिक संजालमा स्टाटस लेख्दै केन्द्र सरकारले ७ दिन भित्र कारवाही नगरे महानगर आँफैले ती अस्पतालहरुलाई बन्द गरिदिने चेतावनी दिएका हुन् ।

 

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र दुई अर्ब ६० करोड अनुदान सहयोग

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड ९अमेरिकी डलर १२ करोड० बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड ९अमेरिकी डलर एक करोड ९७ लाख० बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जर्भोसले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

विश्व बैंकअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन ९आइडिए० ले ‘ग्लोबल पार्टनरशिप फर एजुकेसन’ कार्यक्रममार्फत नेपालका सरकारी विद्यालयको पाठ्यक्रम विकास, पूर्वाधार निर्माण र सिकाइ गुणस्तर सुधारका लागि यस्तो ऋण र अनुदान दिएको हो । नेपालमा लागू भइरहेको विद्यालय क्षेत्र सुधार कार्यक्रम ९स्कुल सेक्टर ट्रान्सफरमेसन प्रोग्राम० मार्फत यो रकम खर्च हुनेछ ।

प्रारम्भिक तहका कक्षामा राष्ट्रिय रुपमा एकीकृत पाठ्यक्रम निर्माणका लागि यस्तो रकम खर्च हुनेछ । त्यस्तै, कोभिड–१९ महामारी र विभिन्न प्राकृतिक विपद्का कारण असर परेको शिक्षण सिकाइलाई पुनरुत्थान गर्ने, सहज र सिकाइमैत्री कक्षाकोठा तथा पाठ्यक्रम निर्माण, शौचालय, सिकाइमा डिजिटल प्रविधिको प्रयोगलगायत क्षेत्रमा उक्त रकम खर्च हुने जनाइएको छ ।

कार्यक्रममा अर्थसचिव पोखरेल यस कार्यक्रमको सफल कार्यान्वयनबाट विद्यालय शिक्षामा विद्यार्थीको पहुँच बढ्ने र सिकाइमा गुणस्तर कायम हुने अपेक्षा गरिएको बताए। “मानव पुँजी विकासका लागि शिक्षामा सबैको पहुँच र गुणस्तरीय शिक्षाका लागि यस कार्यक्रमले प्रभावकारी भूमिका खेल्नेछ”, उनले भने।

त्यस्तै, विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जर्भोसले विद्यालय क्षेत्र सुधार कार्यक्रमले हरित, उत्थानशील र समावेशी विकास ९ग्रिड० अवधारणा कार्यान्वयनमा बल पुग्ने बताए। “पहुँचयोग्य र गुणस्तरीय शिक्षाका लागि गरिने लगानीले नेपालले अपनाएको ग्रिड अवधारणा कार्यान्वयनमा पनि सघाउ पुर्‍याउनेछ भन्ने अपेक्षा छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले दिइन् राजीनामा

१७ जेष्ठ देवानगञ्ज-  कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिएकी छिन् । जनता समाजवाी पार्टी जसपा बाट मन्त्री बनेकी उनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेकी हुन् ।

राज्यमन्त्री लिम्बूको राजीनामाअघि पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

पार्टीको निर्णयलाई मान्दै उनले तत्काल पदबाट राजीनामा दिएकी हुन् ।

जसपाले साथ छाडेपछि कोशीका मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिने

विराटनगर । जनता समाजवादी पार्टी जसपाले सरकारबाट समर्थन फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान र कानुन अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् ।

हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीले सरकारबाट आफ्नो स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री कार्कीले संविधान र कानुन अनुसार नै सरकारले आगामी कदम चाल्ने बताए ।

उनले अहिले सम्म मंत्री फिर्ता बोलाउने कुरा मात्र आएको र सरकारलाई समर्थन फिर्ता बारे केही जानकारी नभएको बताए ।

मुख्यमन्त्री कार्कीले यसै सरकारले आगामी वर्षको बजेट ल्याउने जानकारी दिए । ९३ सदस्यीय कोशी प्रदेश सभामा जसपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिदा पनि ५९ जना सांसदहरुको समर्थन अझै रहनेछ ।

 

 

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिवको भेट

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ । चार दिवसीय भारत भ्रमणका लागि आज बुधवार नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल मौर्यमा पुगेर सुरक्षा सल्लाहकार डोभालले भेट गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डसँग त्यही होटलमा भारतका विदेश सचिव विनयमोहन क्वात्राले पनि भेट गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले भोलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको थियो । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार स्वदेश फर्किने तालिका रहेको छ ।

मेयर शाहको चेतावनीपछि अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको ताकेता

काठमाण्डाै –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क उपचारको व्यवस्था गर्न सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई पुनः ताकेता गरेको छ ।

मन्त्रालयले आज बुधवार गरेको परिपत्रमा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार अस्पतालहरूमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्ट्याएर निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न भनिएको छ । बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बडापत्र अस्पतालमा देखिने गरी नराखेको, अस्पतालमा पार्किङ शुल्क लिने गरेको र कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको पाइएको भन्दै मन्त्रालयले सचेत गराएको छ ।

सचिवस्तरको निर्णयले मापदण्ड पूर्ण पालना गर्न पुनः ताकेता गरेको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। समिरकुमार अधिकारीले बताउनुभयो ।

आज बिहानमात्रै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेटर स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउन ध्यानाकर्षण गराउनुभएको थियो । मेयर शाहले निःशुल्क उपचारसम्बन्धी व्यवस्था कार्यान्वयन नभएमा अस्पताल प्रशासन बन्द गराउने चेतावनीसमेत दिनुभएको छ ।

 

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग

काठमाण्डाै – नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड ९अमेरिकी डलर १२ करोड० बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड रुपैयाँ ९अमेरिकी डलर एक करोड ९७ लाख० बराबर अनुदान प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आज बुधवार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जर्भोसले यो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

विश्व बैंकअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन ९आईडीए० ले ुग्लोबल पार्टनरशिप फर एजुकेसनु कार्यक्रममार्फत नेपालका सरकारी विद्यालयको पाठ्यक्रम विकास, पूर्वाधार निर्माण र सिकाइ गुणस्तर सुधारका लागि यस्तो ऋण र अनुदान दिएको हो । नेपालमा लागू भइरहेको विद्यालय क्षेत्र सुधार कार्यक्रम ९स्कुल सेक्टर ट्रान्सफरमेसन प्रोग्राम० मार्फत यो रकम खर्च हुनेछ ।

प्रारम्भिक तहका कक्षामा राष्ट्रिय रूपमा एकीकृत पाठ्यक्रम निर्माणका लागि यस्तो रकम खर्च हुनेछ । त्यस्तै कोभिड–१९ महामारी र विभिन्न प्राकृतिक विपद्का कारण असर परेको शिक्षण सिकाइलाई पुनरुत्थान गर्ने, सहज र सिकाइमैत्री कक्षाकोठा तथा पाठ्यक्रम निर्माण, शौचालय, सिकाइमा डिजिटल प्रविधिको प्रयोगलगायत क्षेत्रमा यो रकम खर्च हुने जनाइएको छ ।

कार्यक्रममा अर्थ सचिव पोखरेलले यस कार्यक्रमको सफल कार्यान्वयनबाट विद्यालय शिक्षामा विद्यार्थीको पहुँच बढ्ने र सिकाइमा गुणस्तर कायम हुने अपेक्षा गरिएको बताउनुभयो । ‘मानव पुँजी विकासका लागि शिक्षामा सबैको पहुँच र गुणस्तरीय शिक्षाका लागि यस कार्यक्रमले प्रभावकारी भूमिका खेल्नेछ’, उहाँले भन्नुभयो ।

त्यस्तै विश्व बैंकका देशीय निर्देशक जर्भोसले विद्यालय क्षेत्र सुधार कार्यक्रमले हरित, उत्थानशील र समावेशी विकास ९ग्रिड० अवधारणा कार्यान्वयनमा बल पुग्ने बताउनुभयो । ‘पहुँचयोग्य र गुणस्तरीय शिक्षाका लागि गरिने लगानीले नेपालले अपनाएको ग्रिड अवधारणा कार्यान्वयनमा पनि सघाउ पुर्‍याउनेछ भन्ने अपेक्षा छ’, उहाँले भन्नुभयो ।

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट यूएई बाहिरियो

संयुक्त अरब इमिरेट्स यूएई विश्वव्यापी तेल व्यापारका लागि महत्त्वपूर्ण रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ ।

यूएईले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सबै साझेदारहरूसँग प्रभावकारी सुरक्षा सहयोगको हाम्रो जारी मूल्याङ्कनको परिणामस्वरूप यूएईले संयुक्त समुद्री बलमा आफ्नो सहभागिता फिर्ता लिएको थियो’, यूएईको राज्य सञ्चालित समाचार संस्था डब्ल्यूएएमद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

सुरुमा १२ राष्ट्रहरूबीचको साझेदारीको रूपमा स्थापना गरिएको बहराइनमा मुख्यालय रहेको सीएमएफको स्थापना सन् २००१ मा भएको थियो । यो महत्त्वपूर्ण तर समस्याग्रस्त खाडीको पानीमा सक्रिय छ जहाँ भर्खरैका महिनाहरूमा ट्याङ्करहरू जफत गरिएको छ र आक्रमण गरिएको छ ।

सीएमएफका एक प्रवक्ताले यूएईको सहभागिता रोके पनि साझेदार राष्ट्रका रूपमा रहेको बताउनुभएको छ । ‘सीएमएफमा अझै पनि ३८ साझेदार राष्ट्र छन्, जसमध्ये यूएई एक हो’, कमान्डर टिमोथी हकिन्सले एएफपीसँग भन्नुभयो ।

इरानले अप्रिलको अन्त्य र मे महिनाको सुरुमा एक हप्तामा दुबई र फुजैराह बन्दरगाहबीच यात्रा गरिरहेका दुई वटा ट्याङ्कर र एउटा खाली जहाज नियन्त्रणमा लिएको थियो । इरानमाथि सन् २०२२ को नोभेम्बरमा इजरायलको स्वामित्वमा रहेको ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप लागेको थियो ।

यसै महिनाको सुरुमा अमेरिकाले इरानको बढ्दो उत्पीडनका कारण विश्वको कम्तीमा एक तिहाइ समुद्री तेल बोक्ने खाडीमा थप बल पठाउन लागेको बताएको थियो ।

अमेरिकी नौसेनाको पाँचौँ टुकडीका सहकमान्डर एडमिरल ब्राड कूपरपछि बेलायती र फ्रान्सेली नौसैनिक कमान्डरका साथ गाइडेड मिसाइल विध्वंशकमा ुस्ट्रेट अफ होर्मुजु हुँदै गएका थिए ।
जवाफमा इरानले छिमेकी देशसँगको सहकार्यमा खाडीको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको बताएको छ ।

‘यूएई आफ्नो समुद्रमा जहाज आवागमन नियन्त्रण र निगरानी सुनिश्चित गर्न जिम्मेवारीपूर्वक प्रतिबद्ध छ’, यूएईको विज्ञप्तिमा भनिएको छ । प्रमुख तेल निर्यातकर्तामध्ये एक यूएई ‘शान्तिपूर्ण वार्ता र कुटनीतिक संलग्नताको लागि प्रतिबद्ध’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबारमा पनि शेयर बजार उच्च अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज बुधवार ३८ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ४९ दशमलव ८३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन दुई सय ६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता शेयर दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँको शेयaर किनबेच भयो ।

आज युनिलिभर नेपालको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण केही ज्वलन्त प्रश्न

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको प्रधानमन्त्रीका हैसियतले विगतमा पनि भारतको भ्रमण गरिसक्नुभएको हो। अहिले पुनः त्यही हैसियतमा भ्रमण गर्दै हुनुहुन्छ । सबैले थाहा पाइसकेका छन्(यसपटक भारतको भ्रमण गर्ने अवसर प्राप्त गर्न निकै अनुनयरविनय गर्नुपर्‍यो। धेरै किसिमका आन्तरिक चाँजोपाँजो मिलाएर यो ‘अवसर’ प्राप्त भएको भन्ने सार्वजनिक टिप्पणी भइरहेका छन्।

विगतको उहाँको भ्रमण र त्यसबेला उहाँले दिनुभएका राष्ट्रहित विपरीतका अभिव्यक्तिलाई सम्झना गर्दै यसपटक उहाँको भ्रमणका विषयमा भइरहेका सार्वजनिक टिप्पणीलाई बुझ्नु आवश्यक छ। यसपटकको भ्रमणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निम्न महत्वपूर्ण विषय उठाउन र मुलुकको हितमा निष्कर्षमा पुर्‍याउन सक्नुहुन्छ कि सक्नुहुन्न, देशवासीले प्रतीक्षा गरिरहेका छन् ।

१। आफूले विगतमा बाटो बिराएर जंगलमा हराएको तर अहिले सही बाटोको खोजीमा ठीक विन्दुमा आइपुगेको, दिनभरि बाटो बिराएर रात घर पुगेकालाई बाटो बिराएको भन्न सकिन्न । दिल्ली सही बाटोका लागि ऐतिहासिक स्थल बनेको घोषणा गर्नुभएको थियो १ यद्यपि यसपटक पनि तपाइँ प्रधानमन्त्री बन्ने पृष्ठभूमि त्यस्तै छ, तर पनि तपाइँले आफूलाई त्यसरी प्रस्तुत गर्नुहुन्छ कि गर्नुहुन्न– सबैले हेरिरहेका छन् ।

२। विगत भ्रमणका बेला तपाइँले आफ्ना निकटतम पूर्ववर्ती ९अर्थात् केपी ओली० ले नेपालमाथि भारतद्वारा लगाइएको नाकाबन्दीको विरोध गरेका कारण ‘नेपाल भारत सम्बन्धलाई असामान्य र असन्तुलित बनाएको’ र आफूले ‘सन्तुलनमा ल्याउने’ उद्घोष गर्नुभएको थियो । यसो गरेर ‘भारतले नेपालमाथि लगाएको अन्यायपूर्ण नाकाबन्दीको विरोध गरेर केपी ओलीले गलत गरे’ भन्ने निष्कर्ष भारतीय समकक्षी ९हरू० लाई सुनाउनुभएको थियो ।

चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

देवानगञ्ज   पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गएराति ट्रकले ठक्कर दिदाँ एक जना साइकल यात्रीको ज्यान गएको छ ।
ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बाग्मती प्रदेश ०३–००१ ख १८६३ नम्बरको ट्रकले साइकल यात्री पाण्डेलाई ठक्कर दिएको हो ।

‘ए’ डिभिजन लिगमा आज सातदोबाटो र मछिन्द्र तथा थ्री स्टार र संकटा खेल्दै

आईसीसी विश्वकप क्रिकेट छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।

रोहित पौडेलको कप्तानीमा टोली गएराति दक्षिण अफ्रिका प्रस्थान गरेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । यो टोलीमा सन्दीप लामिछाने भने गएका छैनन् ।
नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ ।

नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बावे जानेछ । जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागिता छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।

आउँदो जुन १८ तारिखमा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । आज बुधवार दिउँसो प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले भोलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

त्यस अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार स्वदेश फर्किने तालिका रहेको छ ।