राज बोगटी जेठ १७
घर सुदूरपश्चिम हाल विराटनगर सुनसरी
कथा मेरो जिन्दगी
फर्किएला दिन नगन्नु टाढा जादैछु।।बरू जहा छौ खुशि रहनु टाढा जादैछु।। अब छिट्टै मर्ने मलाई रोग लागेको छ, निष्ठुरीले बिर्स्यो भन्दिनु टाढा जादैछु।।।
म त्यस्तो पात्र हुँ जसले बिहान भजन कृतनबाट दैनिकी सुरु गरेर बोल्न सुरु गथ्र्यो। र, बेलुकापखसम्म साहित्य राजनीति सबै विषयमा कुरा गथ्र्यो। त्यसैले सबै विषय मलाई जटिल लाग्दैन तर पनि साहित्यिक कुरा बढी रसयुक्त लाग्छन्।
गाउँघरमा आमाको भाषामा सिदासादा नै थिए। अलि सरल नै थिए। मान्छेहरुसँग झगडा गर्दैन थिए। अलि अन्तरमुखि खालको थिए। अहिले सम्झिदा त्यस्तै लाग्छ। आमा मल खेतमा पुर्याउन जाँदा मलाई त्यतिकै बसाएर जानूहुन्थ्यो।
रेडियोमा आउनुभन्दा पहिला ७औं ठाउँमा परीक्षा दिए ५औं ठाउँमा लिखितमा नाम निकाले। कुनै बन्द कोठामा पढेर लिखितको नाम निक्लेको लिस्ट आफ्नो नाम हुन्थ्यो। अब यस्तो गर्छु, यति तलब बुझ्छु भन्ने सपना लिएर अन्तरवार्ता दिइन्थ्यो। नाम न निक्लेपछि फेरि त्यही कोठामा गए। सोच्नु त कस्तो अनुभुति हुन्थ्यो होला। दर्जनौं पटक यस्तो घटना कुल्चेर विश्वासको दियो लिएर अगाडि बढेको हो। त्यसैले सबैलाई अनुरोध गर्छु मनको उत्साह मर्न दिनु हुदैन। उत्साहलाई बचाइराख्नु पर्छ।
///////////////
मेरो प्राण, मेरो जिवन, मेरो हरेक आशा, मेरो हरेक सपना तिमी हौ, र आज मलाई तिमीलाई आफनो मनको कुरा गर्नुछ ‘कहिलेकाँही जीवनमा यस्तो पनि हुन्छ, हरेक सपना जुन हामीले हेरिरहेका हुन्छौं, हरेक इच्छाहरू जुन चाहन्छौ, त्यो पूरा गर्न सक्दैन ।
तर चाहना पूरा नहुने डरले हामी सपना देख्न त छोडन कहिले सक्दैनौं नि त ।खुवाब र खुवाइश मानवको कारण हुन्। जसको र्समर्थनले मानव जीवन बिताउँछ।इच्छा र चाहना कुनै व्यक्तिको जीवन जीउनको लागि कारण हो, जसको सहाराले मानिस बाँचीरहेको हुन्छ । यो भएन भने कस्तो प्रकारको जिन्दगी हो रु
यदि सपना पुरा भएन भने यो भाग्यको कुरा हो। ‘ केहि हदसम्म हाम्रो प्रयासको कमी पनि हो । ‘ तर यदि तपाईं कसैलाई पाउन सक्नुभएन भने तपाइको प्यारको कमीले हुनु बाहेक अरु केही होइन । हाम्रो प्रेममा शक्तिको कमीको कारण हो ‘
आफू र तपाईंको आफनो प्रेम र मिलनको सपना तपाईले जुन देख्नुभएको छ, त्यो जरुर पुरा हुनेछ । कसैले पनि त्यसमा हामीलाई रोक्न सक्दैन ।मलाई थाहा छैन कि हाम्रो मिलनको यो सपना पूरा हुने जुन हामीले देखेका छौं, कहिले पुरा हुन्छ । हाम्रो यो इच्छा कहिले हासिल होला । तर त्यो यस्तो जरुर हुनेछ।
किनभने मैले सुनेको छु यदि प्रेम सत्य छ भने सबै कामहरुले सारा प्रकृतिले हामीलाई हाम्रो प्रेममा मिलन गराउन समावेश हुन मद्दत गर्दछ। हाम्रो साथ दिनेछन् ।यदि प्रेम सत्य छ भने सारा संसारलाई प्रेमको सामुन्ने झुकाउन बाध्य बनाउछ, आवश्यक छ ‘ तर म यो चाहँदैन कि हाम्रो प्रेमको कारण, हामी हाम्रा आमाबाबु दुनियाको सामू झुकुन् ।
त्यसैले पर्खनुहोस्, मेरो प्रेममाथि विश्वास गर्नुहोस् ‘ एक दिन आउनेछ जब सबै मानिसहरूले हाम्रो हृदयको गहिर्राई बुझनेछन् तब हाम्रो प्रेमले गन्तव्य पाउनेछन्। ।म तिमीलाई माया गर्छ
तिमि आज टाढा छौ तर एउटा कुरा भन्छु मनैदेखि, तिमि अझै पनि मेरो दिलको नजिक छौ। तिमीलाई भेटेको एक वर्ष बितिसक्यो तर पनि हिजो मात्र भेटेको जस्तो लाग्छ ।तिमीलाई नजिकबाट देख्न, नजिकबाट चिन्न, नजिक रहेर कुरा गर्न, तिम्रो ख्याल गर्न, तिम्रो हातमा हातमा लिएर हिड्न र तिमीलाई धेरै माया गर्न मन लाग्छ।
यी दुरी हरेक पल धेरै तडपाउँछ, मायालु जिस्काइहरू पनि झगडामा परिणत हुन्छ। एकअर्कासँग रिसाउनु नियत हुदैन, तर एकअर्कालाई भेट्ने लालसा, एकअर्काको हुने रहर प्रायः क्रोधमा परिणत हुने गर्छ।
म तिमीलाई गुमाउछु की भन्ने डर लाग्छ, त्यसैले म अलि बढी अधिकार खोज्न सुरु गर्छु। मलाई थाहा छ यो गर्नु हुँदैन, त्यसैले मैले आफूलाई सुधार्ने निर्णय गरेको छु।
म तिम्रो लागि कडा परिश्रम गर्दैछु ताकि हामी सँगसँगै रहेर राम्रो जीवन बिताउन सकौं, र राम्रो जीवनशैली बाँचौं, त्यो समयमा म व्यस्त भएँ भने कुरा नहुँदा मनमा खिन्नता हुन्छ ।
म व्यस्त छु, यसको मतलब यो होइन कि मैले तिम्रो बारेमा सोच्दिन, प्रायस् सम्झिन्छु, कहिलेकाही बोल्छु, कहिले गर्दिनँ तर तिम्रो याद धेरै पटक आउँछ।
तिमीले मलाई धेरै साथ दियौ, मलाई मेरो कामको बारेमा धेरै उत्प्रेरित गरयौ, अगाडि बढ्नको लागि, जतिबेला कुनै समस्या आउँछ, तिमिले मलाई कहिल्यै एक्लो महसुस हुन दिएनौ।
कहिले काहिँ चिच्याएर संसारलाई तिमि मेरो हौ भनी बताउन मन लाग्छ, गर्व महसुस गर्छु, यही अनुभूतिले गर्दा तिम्रो हुनुले मलाई धेरै भाग्यमानी बनाउछ ।
म तिमीलाई धेरै माया गर्छु, म टाढा छु, तैपनि तिम्रो विश्वासलाई कमजोर बनाउने कुरा म कहिल्यै हुन दिने छैन। बिश्वास गर म गल्ती धेरै गर्छु तर पनि सिकिरहेको छु, सुधार्दै छु, तिमीले मलाई मौका देउ, मैले यो हात समाएको छु, तब पूरा विश्वासका साथ, म यो भरोसा तोड्ने छैन, यो मेरो वाचा हो।
म तिम्रो हुँ, र सधैं रहनेछु, केवल तिमी मेरो हुनेछौ।