१६ जेष्ठ २०८०, मंगलवार १८:४८ – Page 3 – Nagarikabhiyan : National News

सांसद विकास कोषबारे अर्थमन्त्री– ‘सांसदहरूले खल्तीमा हाल्ने पैसा होइन’

काठमाण्डाै –  अर्थमन्त्री डा। प्रकाशशरण महतले सांसद विकास कोष बिउँताएर सांसदहरूलाई व्यक्तिगतरूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ ।

मङ्गलवार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०८०र८१ को बजेटका सम्बन्धमा आयोजित पत्रकार मम्मेलनमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । मन्त्री महतले सरकारले सांसदहरूलाई व्यक्तिगतरूपमा पैसा बाँडेको जस्तो प्रचार भइरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सांसद विकास कोषको पाँच करोड रुपैयाँ बजेट सांसदहरूले नभएर सम्बन्धित निकायले कार्यान्वयन गर्ने बताउनुभयो । विगतको जस्तो उपभोक्ता समिति बनाएर आयोजना बनाउने नभई ठेक्का प्रक्रियामार्फत काम हुने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशभर एक सय ६५ वटा निर्वाचन क्षेत्रहरू छन् । एक सय ६५ वटा निर्वाचन क्षेत्रमा नै केही न केही योजना जाओस् भन्ने लक्ष्यका साथ संसदीय विकास कार्यक्रम राखिएको हो । यो संसदीय विकास कोषमा संसदहरूको भूमिका सिफारिस गर्नेमात्रै हुन्छ । नागरिकबाट निर्वाचित भएर आएका सांसदहरूले सिफारिस गर्नु पनि अपराधजस्तो हो भनेर हेर्नु भएन । यस्ता आयोजनाहरू स्वतः ठेक्का लाग्छ । ठेक्का सम्बन्धित मन्त्रालयले लगाउँछ । पहिलाको जस्तो आफैँ उपभोक्ता समिति बनाएर बजेट बाँड्ने होइन । आफ्नो निर्वाचन क्षेत्रको आवश्यकताबारेमा जनप्रतिनिधिलाई नै बढी थाहा छ । काम भएरनभएको अनुगमन जनप्रतिनिधिले नै गर्न सक्छन् । यसलाई व्यक्तिगतरूपमा पैसा दिएको जस्तो विश्वलेषण नगर्न अनुरोध गर्दछु । सांसदहरूले सोझै नगदका रूपमा पाउने होइन । उहाँहरूले खल्तीमा हाल्ने पैसा होइन ।’

अर्थमन्त्री महतले बिजुली गाडीलाई सरकारले निरुत्साहित गर्न खोज्यो भन्नु गलत भएको बताउनुभयो । उहाँले सरकार बिजुली गाडीलाई प्रोत्साहन गर्ने पक्षमा रहेको भन्दै त्यहीअनुसार सरकारले बजेट ल्याएको बताउनुभयो । बजेटले बिजुली गाडीमा कर नबढाएको तर केही लुपहोलहरूलाई मिलानमात्र गरेको उहाँको भनाइ छ ।

उहाँले अब कुनै पनि हालतमा बिजुली गाडी विस्थापित नहुने र फेरि पेट्रोलियम पदार्थमा फर्किन नदिने दाबी गर्नुभयो । अब देशमा बिजुली गाडीको प्रयोग बढ्ने र सरकारले प्रोत्साहन गर्दै जाने उहाँको भनाइ छ ।

त्यस्तै अर्थमन्त्री महतले सरकारले राजस्वको लक्ष्य पूरा गर्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको राजस्व सङ्कलन लक्ष्यअनुसार नपुग्ने देखिए पनि असार मसान्तसम्म लक्ष्य पूरा गर्ने गरी सरकारले काम गर्ने दाबी गर्नुभयो । उहाँले सरकारले कसैलाई व्यक्तिगतरूपमा फाइदा पुर्‍याउने गरी काम नगरेको पनि बताउनुभयो ।

मन्त्री महतले सरकार शेयर बजारप्रति सकारात्मक रहेको बताउनुभयो । शेयर बजार बिगार्ने सरकारको कुनै नियत नभएको उहाँले स्पष्ट पार्नुभयो ।

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

मङ्गलवार नेकपा माओवादी केन्द्र को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरूको अुनसन्धान गरी निचोडमा पुग्ने बताउनुभयो ।

प्रधानमन्त्रीले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउनुपर्ने र यसबारेका शङ्काहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले सदनमा पनि भनेको छु, अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरूको खोजी गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली नागरिकको मनमा यसबारेमा शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्यरतथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास नागरिकमा जगाउनु छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा बिजुलीको बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारत भ्रमणमा सीमा विवादको समाधान गर्न उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।

कैलाली र कञ्चनपुरको एक–एक घरमा आगलागी

धनगढीः कैलाली र कञ्चनपुरको एक–एक घरमा आगलागी भएको छ। सोमवार कैलाली टिकापुर नगरपालिका–२ बन्दीपुरकी ४९ वर्षीया दिपा साउँदको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुलदीप चन्दले बताए।

साउँदको खरले छाएको एककोठे कच्ची घरमा चुलोमा बालेको आगो हावाले उडाई आगलागी भएको जनाइएको छ। साउँदको घरमा आगलागी हुँदा भान्साघर, भाँडाबर्तन जलेर अन्दाजी ३० हजार बराबरको क्षति भएको डीएसपी चन्दले जानकारी दिए। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–१ भकुण्डाका विरबहादुर चौधरीको घरमा आगलागी भएको छ।

चौधरीको एक तले ईटाले बनेको दुई कोठाको कच्ची घरमा बिजुलीको तार सर्टभई सोमवार दिँउसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले बताए। चौधरीको घरमा आगलागी हुँदा कपडा, खाद्यबस्तु लगायत अन्दाजी एक लाख पचास हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको डांगीले जानकारी दिए। प्रहरी र स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सपना अधुरै अस्ताइन् कञ्चनपुरकी हेमा जोशी

राज बोगटी जेठ १६  देवानगञ्ज

सर्पको टोकाइबाट कञ्चनपुरकी एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। तर उपचारको क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

 

क्लासिक टेकको आउटलेट सङ्ख्या १ सय ४ पुग्यो

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको आउटलेट सङ्ख्या एक सय चार पुगेको छ । प्रयोगकर्तामैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको कम्पनीले पछिल्लो पटक गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधवारेमा आउटलेट विस्तार गरेको हो । आउटलेट विस्तार गर्दै कम्पनीले ग्राहकलाई अझै गुणस्तर सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।

ग्राहकले कार्यालय नगई क्लासिक टेक एपमार्फत फोन बाट नै इन्टरनेटसम्बन्धी गुनासो, सापटी, महसुल भुक्तानीलगायतका सुविधाहरू लिन सक्नेछन् । कम्पनीले झन्झटमुक्त कारोबार उपलब्ध गराउन अनलाइन भुक्तानीमा सरलता ल्याएको छ । ग्राहकका लागि सुरक्षित भुक्तानी विकल्पहरूमा क्लासिक टेकले ई–सेवा, फोन–पे, प्रभु पे, माई–पे, आईएमई पे तथा डेबिटरक्रेडिट कार्ड, नेपाल पे र कनेक्ट आईपीएस जस्ता अग्रणी भुक्तानी प्रदायकहरूसँग साझेदारी गरिसकेको छ । अनलाइनबाट भुक्तानी गर्दा ग्राहकलाई आकर्षक क्यासब्याक, बोनस, छुट र राउटर अपग्रेडको योजनाहरू पनि रहेको छ ।

क्लासिक टेक ग्राहक मोबाइल एप अत्यन्त सुविधा र प्रयोगको सहजतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । प्रयोगकर्ताले यसको सहज इन्टरफेस र सुविधाहरूको विस्तृत शृङ्खलाको साथ सहज अनुभवको आनन्द लिन सक्छन् । एपमा गुनासो दर्ता, पासवर्ड परिवर्तन, म्याक फिल्टर, रेफर, रिचार्ज, स्पीड टेस्ट जस्ता विशेषताहरू रहेका छन् । सपोर्ट टिकट रजिस्टर गरेको दुई घण्टाभित्र ग्राहकलाई फोन सपोर्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।

नवीनतम प्राविधिक विकासलाई ध्यानमा राख्दै कम्पनीले न्यूनतम मूल्यमा अद्यावधिक प्रविधि ५ गिगाहर्ज डुअल ब्यान्ड राउटर र सेट(टप बक्सहरू प्रदान गर्दै गएको छ, यसले ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा लिन सजह बनाउँछ ।

निर्बाध सहायता सुनिश्चित गर्न क्लासिक टेकले ग्राहकलाई चौबिस घण्टारसात दिन सेवा प्रदान गर्दछ। ग्राहकले समर्पित हेल्पलाइन ९८२९२२३०४ मा वा कुनै पनि प्रश्न वा सरोकारका लागि क्लासिक टेकको टोल फ्री नम्बर १६६००१५०९९९ प्रयोग गर्न सक्नेछन् । आउँदा दिनमा सहायता र इन्टरनेटको गुणस्तर नेपालमा सबैभन्दा राम्रो बनाउने कम्पनीको लक्ष्य छ ।

नयाँ जडानसम्बन्धी जानकारी पाउन ९८०१००४४७७ मा फोन गर्न वा धधध।अबिककष्अ।अयm।लउ मा गएर जानकारी लिन सकिनेछ ।

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

राज बोगटी देवानगञ्ज

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ ।

उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’

बझाङ – – साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ । २६ वर्षीया उहाँले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गर्नुभयो ।

सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गर्नुभएकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका लागि क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गर्नुभयो । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहनुभएकी उहाँ गएकाे महिना नै सगरमाथा क्षेत्र पुग्नुभएको थियो । उहाँ यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गर्नुभएको थियो ।

वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उहाँका आँखा रसाए । ‘खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ’, उहाँ भन्नुहुन्छ । ‘छाउपडी प्रथा अन्त्य गरौँ’, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उहाँले सुनाउनुभयो ।

रोकायाले विसं २०७५ साल कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गर्नुभएको थियो । टिममा स्पेन, इटली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उहाँहरूले साइपाल चढ्न सक्नुभएन । साइपाल छुने प्रयास असफल भए पनि उहाँको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।

शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । ‘साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन’, उहाँ भन्नुहुन्छ, ‘सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।’ मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उहाँले भन्नुभयो, ‘खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर प्रायजसाेले पछि गरौँला भन्दै टारे।’

एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने सर्तमा सगरमाथा आरोहण गरेको उहाँले बताउनुभयो । सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख रुपैयाँ खर्च लागेको उहाँले बताउनुभयो ।

 

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौंः क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ।
यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो। पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते लामिछान विरुद्ध जाहेरी दर्ता भएको थियो।

डुबेर मृत्यु भएका युवकको पहिचान खुल्यो

राज बोगटी  देवानगञ्ज  धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर मृत्यु भएका युवकको पहिचान खुलेको छ।

उनी डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दले बताए। उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए।

आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको थियो। उनीसँगै गएका ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिए।

महिला टि २० क्रिकेटः नेपाल आज पुनः मलेसियासँग भिडदै

 १६ जेष्ठ काठमाडौं  दोस्रो महिला टि २० आई खेलमा आज घरेलु टोली मलेसियासँग नेपालले खेल्दैछ । नेपाली समय अनुसार बिहान ८स् ४५ मा बांगीमा सो खेल सुरु हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया नेपाल भन्दा १(० ले अघि रहेको छ ।

पहिलो खेलमा ५० रन मै अल आउट हुँदै नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टि २० आईमा नेपालको मलेसियासँग यो पहिलो हार थियो । नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहेको कप्तान रुबिना क्षेत्रीले जनाएकी छिन् ।

रुविना क्षेत्री बेलबासे ९कप्तान०, सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी ज्योति पाण्डे र सरस्वती चौधरी ।

संघीय बजेटमा कर्णाली प्रदेश यी हुन मुख्य आयोजनाहरु

सुर्खेत ।  सरकारले आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । सरकारले कर्णाली प्रदेशका दश वटै जिल्लामा लिप्ट सिंचाई सुविधा पु¥याउन ‘कर्णाली एकीकृत कर्णाली सिंचाई आयोजना’ सञ्चालन गर्ने र अर्गानिक उत्पादन कोदो, फापर, जौ लगायतका बस्तुको खरिद गर्ने घोषणा गरेको छ ।

यस्तै कर्णालीमा महिलाहरुका लागि बढी लाभदायी मानिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । बजेटमा घोषणा गरिएका आयोजना मध्ये प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा धेरै आयोजनाहरु समेटिएका छन् ।

सरकारले सुर्खेतमा औषधि परीक्षण प्रयोगशालाको स्थापना, भेरीगंगाको छिन्चुमा निर्माणाधिन सरुवा रोग अस्पताल, सुर्खेत मेडिकल कलेज स्थापनाको कामलाई अगाडि बढाउने, पञ्चपुरीमा जलबायु अनुकुल खानेपानी आयोजना, भेरी पम्पिङ आयोजना सञ्चालन, मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेत खण्डको निर्माण गर्ने र राता नाङलाको राडारलाई पूर्ण रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ ।

यस्तै, सुर्खेतको भेरी बबई बहुउद्देश्यि आयोजनालाई सरकारले १ अर्ब १४ करोड बजेट बिनियोजना गरेको छ । आयोजनाको र पावर हाउस निर्माणका लागि यो बजेट बिनियोजना गरिएको हो । आयोजनाबाट बाँकी र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुरयाइने छ । यसैगरी सुर्खेतमा नमूना आवाशिय सामुदायिक विद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा पूर्ण सञ्चालनको प्रक्रिया अगाडि बढाउने र भेरीगंगा उपत्यकाको शहरी विकासका लागि गुरुयोजना निर्माण जस्ता आयोजनाहरु समेटिएका छन् ।

यस्तै दैलेखका तीन वटा महत्वूर्ण आयोजनाहरु समेटिएका छन् । जसमध्ये पेट्रोलिय पदार्थको उत्खननको सबैभन्दा ठूलो आयोजना हो । सरकारले पेट्रोलियम पदार्थ उत्खनन्को बाँकी काम अगाडि बढाउन बजेट बिनियोजना गरेको घोषणा गरेको छ । राकम कर्णालीमा स्याटालाईट अस्पताल स्थापना गरिने भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहने गरी १०० शैयाको स्याटालाईट अस्पताल स्थापना गरिने भएको हो । आठविस नगरपालिकाको राममा स्याटालाईट अस्पताल स्थापना तथा सञ्चालन गर्ने घोषणा गरेको हो । सरकारले दैलेखको पञ्चकोशी क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण र सौन्दर्यकरण र महावुमा जलबायु अनुकुल खानेपानी आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।

यस्तै जुम्लामा विमानस्थलको स्तरोन्नति र मार्सी चामलको बान्डिङ महत्पूर्ण आयोजनाहरु हुन् । सरकारले मार्सी ब्रान्डिङ मात्र नभएर मार्सी धान खरिद समेत गर्ने घोषणा गरेको छ । यस्तै जुम्लाको चर्चित धार्मिक पर्यटकीय स्थल चन्दननाथको विकासका लागि बजेट बिनियोजना गरेको छ ।

रुकुमपश्चिममा सरकारले तीन ठूला तथा रणनीतिक आयोजनाहरु सञ्चालन गर्ने घोषणा गरेको छ । जसमध्ये रुकुम जिल्ला सदरमुकामसम्म जोड्ने राप्ति राजमार्गको स्तरोन्नति सर्वसाधारण नागरिकका लागि सबैभन्दा महत्वपूर्ण आयोजना हो । हाल यात्रु अभावका कारण बन्द अवस्थामा रहेको चौरजहारी विमानस्थलको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा पदमार्ग पनि स्थापना गर्ने घोषणा गरेको छ ।

यस्तै सल्यानमा सरकारले तीन वटा वटा ठूला आयोजना समेटेको छ । जसमध्ये राप्ति राजमार्गको स्तरोन्नति महत्वपूर्ण आयोजना हो । रुकुमपश्चिमको सदरमुकामसम्म जोड्ने यो आयोजनाको लाभ सबैभन्दा सल्यानले नै लिइरहेको छ ।

राप्ति राजमार्गको स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा ९० करोड बजेट बिनियोजना गरेको छ । यस्तै पर्यटकीय क्षेत्र छत्रेश्वरीको विकास तथा संरक्षणका लागि पनि सरकारले बजेट बिनियोजना गरेको घोषणा गरेको छ । यस्तै विश्वमै पर्खात सल्यानको अदुवाको बाण्डिङ समेत गर्ने घोषणा गरेको छ ।

यस्तै कालिकोट, मुगु र हुम्लालाई संयुक्त रुपमा जोड्ने खुलालु–सल्लीसल्ला सडकको स्तरोन्नतिका लागि ९७ करोड बजेट बिनियोजना गरेको छ । यो सडक तीन वटै जिल्लाका लागि उतिकै महत्वपूर्ण आयोजना हो । कर्णाली करिडोर अन्तरगत पर्ने यही सडकले नै हुम्ला सदरमुकामलाई जोड्ने गर्दछ ।

सरकारले हुम्ला सरदमुकामलाई आउँदो चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । जसका लागि आउँदो आर्थिक वर्षभित्र बाँकी खण्डको ट्याक खोल्ने काम सम्पन्न गर्ने घोषणा गरेको छ । दैलेख, कालीकोट, मुगु र हुम्लामा राष्ट्रिय विद्युत प्रसारणलाई विस्तारका लागि कर्णालीमा ४ सय मेघावाट विद्युतलाईन विस्तार गर्ने योजना पनि बजेटमा समेटिएको छ ।

यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीको वार्षिक कार्योजना समीक्षा

लुम्बिनी । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटी बुटवलले आज एक कार्यक्रमका बीच ०७९र०८० को बार्षिक कार्ययोजनाको समीक्षा र आगामी बर्ष।०८०र०८१ को कार्य योजनाको बारेमा भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्ट का केन्द्रिय सचिव हरि बहादुर कार्कीले विविध बिषयमा मन्तव्य राख्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषका बारेमा प्रकाश पारे ।

भेलामा सवारी दुर्घटनामा परि मृत्यु भएका हरिष तिवारी र शोभा भण्डारीका परिवारलाई बिमा बापतको रु। एक लाख आर्थिक सहयोग र घाइते भई उपचार गराएका प्रेम बहादुर थापालाई रु बीस हजार र घाइते महेश पौडेललाई रु छ हजार उपचार खर्च बापतको रकम हस्तान्तरण गरिएको छ । साथै सोही भेलाले राम बहादुर थापा मगरको अध्यक्षता मा ९ सदस्यीय पश्चिम रुट इकाई कमिटीको पुर्नगठन गरेको छ ।

उक्त भेलामा संगठनका केन्द्रिय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर गैरे, सहकारी बिभागका केन्द्रिय सदस्य नारायण प्रसाद भट्टराई, संगठनका केन्द्रिय सदस्य कृष्ण प्रसाद कंडेल लगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रमको अध्यक्षता संगठनका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मोहन बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव केशवराज पौडेलले गरेका थिए ।

आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस

काठमाण्डौ ( आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ । ‘महिला हक अधिकार : सबैको साझा सरोकार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
२०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गरी हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।

नेपालको संविधान–२०७२ ले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । विभिन्न नीतिगत तथा संस्थागत प्रयास भइरहेका तर तुलनात्मक रुपमा महिलाहरू सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवम् आर्थिक रूपमा पछाडि परेका उहाँको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जन सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँच लगायतका विषयमा सञ्चालित महिला लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन सबैको सामूहिक प्रयास आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताउनुभएको छ । हिंसा, बालविवाह, बहुविवाह, दाइजो प्रथा, छाउपडीलगायत सामाजिक, सांस्कृतिक प्रथा अहिले पनि कायमै छन् ।

‘कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक ठाउँ तथा घर समाजमा अझै पनि महिलाहरू पूर्ण रूपमा सुरक्षित छैनन् । महिला तथा बालबालिका माथि हुने हिंसाजन्य घटना न्यूनीकरणका लागि राज्यका सम्पूर्ण संयन्त्रले प्राथमिकताका साथ काम गर्नुपर्नेमा महिला अधिकारकर्मीको जोड छ ।

बिहान ५ बजे बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु

राज बोगटी जेठ १६ देवानगञ्ज-

धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु भएको छ।

आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर(१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। मृतकको अहिलेसम्म नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु

काठमाण्डाै – नेकपा समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्रले कुटनीतिक विवाद सिर्जना गरेको बताउनुभएको छ ।
नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई समेत भित्तेचित्रमा भारतले आफ्नै भू–भाग जसरी दर्शाउँदा दुई देशबीचको द्विपक्षीय सम्बन्धमा दरार ल्याउने उहाँको भनाइ छ । भट्टराईले ट्विटमा लेख्नुभएको छ ‘यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ । विश्वासको सङ्कटलाई अझ बढाउने सम्भावना देखिन्छ । यो भित्तेचित्रको अभिप्राय र सन्देशलाई भारतले बेलैमा प्रस्ट पार्नुपर्ने देखिन्छ ।’

भारतमा आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा अङ्कित गरिएको छ । नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।

संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको हो ।

अखण्ड भारत भनेर इतिहास दर्साउन खोजिएको हो कि भविष्य हो भनेर स्पष्ट भएपछि यस विषयमा प्रतिक्रिया दिने परराष्ट्र मन्त्रालयको तयारी छ ।

गणतन्त्र दिवसकाे अवसरमा देवानगञ्ज गाउँपालिकामा दिप प्रज्वलन

देवानगञ्ज । सुनसरीकाे देवानगंज गाउँपलिकामा आज गणतन्त्र दिवसकाे अवसरमा बेलुका दिप प्रज्वलन गरेका छन ।
गणतन्त्र दिवसकाे विशेष अवसरमा गाउँपालिका कार्यलाय परिसरमा दिप प्रज्वलन गरेकाे छ । दिप प्रज्वलन गरि गणतन्त्र दिवस २०८० मनाएका छन ।
यसै धिच गणतन्त्र दिवसकाे अवसरमा देवानगञ्ज गाउँपालिका यूवाअरूले सानू चाैकमा पनि मैनबत्ति गणतन्त्र दिवस मनाएका छन । स्थानिय यूवाहरू राजनितिक दलहरूले मैनबत्ति प्रज्वलन गरि मनाएका छन ।