देवानगञ्ज । देवानगञ्ज गाउँपमलिका अध्यक्ष बेचन प्रसाद मेहता द्वारा गणतन्त्र दिवसकाे अवसरमा सम्पूर्ण गाउँपालिका बासीहरूमा शुभकामना व्यक्त गर्नु भएकाे छ ।
आज गणतन्त्र दिवसकाे अवसरमा शुभकामना सन्देश जारि गर्दै गणतन्त्र दिवस, २०८० को शुभ अवसरमा सम्पूर्ण देवानगञ्ज गाउँपालिकाका आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएकाे छ । यस अवसरमा गणतन्त्र स्थापनामा योगदान पु¥याउनु हुने महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा साहदत प्राप्तु गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु । साथै गणतन्त्र स्थापनाका लागि शहीदहरूले पु¥याएको योगदानको उच्च सम्मान समेत व्यक्त गर्नु भएकाे छ ।
Month: १५ जेष्ठ २०८०, सोमबार २१:३५
आउँदो वर्ष सरकारले ४ खर्ब ५२ अर्ब रुपैयाँ ऋण लिने, साढे १२ खर्ब कर उठाउने
काठमाण्डाै –सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयनका लागि सरकारले राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।
यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड र चार खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने भएको छ । यसमध्ये वैदेशिक ऋण दुई खर्ब १२ अर्ब ६५ करोड र दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने बजेटमा उल्लेख छ ।
सहरी विकासको लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट, अहिले भन्दा झण्डै दोब्बर
सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गर्नुभएको हो ।
चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो ।
यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करिब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको हो ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताउनु भयो ।
आउँदो वर्षको बजेट १७ खर्ब ५१ अर्ब रुपैयाँ, चालुतर्फ ११ खर्ब ४१ अर्ब
सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।
चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २० प्रतिशत र पुँजीगत अर्थात् विकास बजेटतर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् ७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
नर्सिङ पढीरहेकी कञ्चनपुरकी कल्पनाको सपना अधुरै
देवानगञ्ज – नर्सिङ गरेर बिरामीको सेवा गर्ने सपना बुनेकी थिइन् कल्पनाले। सोही सपना पूरा गर्न उनी डोटी पुगेकी थिइन्।
कञ्चनपुरको बेलौरी घर भएकी कल्पना कुँवर डोटीस्थित सिलगढीमा बस्दै आएका दाजु(भाउजूसँगै बस्थिन्। त्यहाँ बसेर उनी दिपायलमा रहेको सुजङ नर्सिङ कलेजमा अध्ययन गर्दै आएकी थिइन्। तर, नर्सिङ कोर्स सिध्याउन केवल १ वर्ष बाँकी रहदा उनी अब कलेज जान नसक्ने भएकी छिन्।
आज उनको मात्रै हैन पूरै कुँवर परिवारको सपना उडेर गएको छ। किनकी उनको परिवारको सपना पूरा गर्ने कल्पना यतिबेला यो संसारमै छैनिन्।
आफन्तका अनुसार नर्सिङ अन्तिम वर्षमा अध्ययन गरिरहेकी कल्पनाको स्वस्थ्यमा केहीदिन अघि समस्या आएको थियो।
उनलाई स्वास फेर्न गाह्रो भएको भन्दै ४ दिनअघि मात्रै अस्पताल लगिएको थियो। उपचारका क्रममा धनगढी लग्दा कल्पनाको मुटुमा समस्या देखिएको जानकारी पाइएको थियो।
उनको मुटुमा प्वाल रहेको थाहा पाएपछि परिवारले कल्पनालाई हिजो मात्रै काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगाएका थिए। तर, उनलाई बचाउन भने चिकित्सक सफल भएनन्। हिजोसम्म उपचार गराइरहेकी कल्पना आज बिहान बितेकी छिन्।
उमेरले १९ वर्ष मात्रै कटेकी उनको मृत्युको खबरले उनका आफन्त तथा साथीहरु विक्षिप्त बनेका छन्।
‘सकम्बरी’को सफलता मनाउँदै प्रकाश सपुतले भने( म सचेत पागल
आफ्नो पछिल्लो गीति भिडियो ‘सकम्बरी’ले देशमा चर्चा बटुल्दा प्रकाश सपुत अमेरिकामा थिए । उनले त्यहाँबाट गीतलाई लिएर भइरहेका विवाद र आरोपबारे जवाफ दिए । एक महिनाअघि रिलिज भएको यो गीतलाई अहिलेसम्म ३ करोड ३१ लाख पटक हेरिएको छ ।
प्रकाश अहिले स्वदेश फर्किएका छन् र उनकै उपस्थितिमा आइतबार बेलुका काठमाडौंमा ‘सफलता र समीक्षा’ कार्यक्रम गर्दै ‘सक्सेस सेलिब्रेसन’ गरियो । विभिन्न अतिथिलाई बोलाएर गीतमाथि विमर्श चलाइयो । स्वयं प्रकाशले पनि गीत र यसलाई लिएर भएका आलोचनाको जवाफ दिए ।
गीत मात्र हेर्दा एकपक्षीय लाग्न सक्छ । मलाई फूलमाया र सकम्बरीको कथा भन्नुपर्ने थियो । गीतको लय र भाखा पूर्ण छ,’ उनले भने, ‘यतिबेला सक्षम भइसकेका नारीको आवाजभन्दा पनि जो बोल्न सकिरहेका छैनन्, जसले आत्मनिर्णय गर्न सकेका छैनन् र जो स्वतन्त्र छैनन्, सिर्जनामार्फत उनीहरुको आवाज बोलिदिने बेला हो । आगामी सिर्जनामार्फत हामीले ती कुरा भन्नेछौं ।’
नेपाल लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले गायक सपुतको व्यक्तित्व र सिर्जनशीलतामाथि प्रशंसा बर्साइन् । ‘मलाई त लाग्छ प्रकाश सपुत लोकसंगीत क्षेत्रका पागलजस्तै हुन् । कहाँ कसरी गएर सिर्जना गरे होलान् । मलाई उनलाई म्याड म्यान भन्न मन लाग्छ,’ थापाले भनिन् ।
सपुतको गीतको विरोधमा संस्थामा उजुरी लिएर केही आए पनि आफूहरुले चिया खुवाएर सम्झाइबुझाइ पठाएको थापाले बताइन् । ‘प्रकाशका सिर्जना मान्छेलाई पागल नै बनाउने खालका हुन्छन् । यति धेरै सिर्जना फुर्छन् कि उहाँको गीत निस्किसकेपछि समाज नै उथलपुथल हुन्छ । कतिपय दिदीबहिनीले यो गीत बन्द गर्नुपर्छ भनेर आउनुभएको थियो । ती दिदीबहिनीलाई चिया खुवाएर सम्झाउने बुझाउने कोसिस पनि गर्यौं,’ उनले भनिन् ।
लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगर
उनको जवाफमा प्रकाशले आफू सचेत पागल भएको प्रतिक्रिया दिए । भिडियोकी अभिनेत्री कुसुम शर्मालाई पनि मिडियाले प्रश्न छरे । पछिल्लो पटक प्रकाशका भाइ सुनिलसँग नाम जोडिएकोतर्फ लक्षित गर्दै सोधिएको जिज्ञासामा कुसुमले भनिन्, ‘जोसँग काम गर्यो, उहीसँग नाम जोड्न थाल्यो भने त भोलिका दिनमा सबैसँग नाम जोडिएला । म कसैको प्रेममा छैन । हामी साथी मात्र हौं ।’
तपाईंलाई भोलिका दिनमा आफू पनि सकम्बरीजस्तै हुन्छु कि भन्ने डर छ कि छैन भनेर सोधिएको अर्को प्रश्नमा उनको जवाफ थियो, ‘म यो कुरामा सजग छु । मलाई हरेक स्टेपमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ ।’
कर्णालीका मुख्यमन्त्रीले दिए पूर्वराजालाई डाँडा कटाउने चेतावनी
कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए ।
सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवश समारोहमा दलका नेताहरुले पूर्वराजाले जनता जिस्क्याएको र सक्रिय राजनीति गर्न खोजेको भन्दै आलोचना गरेका थिए
प्रदेश प्रमुख तिलक परियारले गणतन्त्रको जगमा प्राप्त अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दे अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।
मुख्यमन्त्री राजकुमार शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ लक्षित गर्दै गणतन्त्रमाथि धावा बोल्नेलाई डाँडा कटाउने चेतावनी दिए । ‘यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस्’, उनले भने ।
कांग्रेस नेता जीवनबहादुर शाहीले पनि कुनै हालतमा राजतन्त्र फर्कन नसक्ने दाबी गरे । गणतन्त्रमाथि जतिसुकै प्रश्न उठे पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताए । ‘उँधो बगिरहेको कर्णालीमाथि फर्किन्न । यो व्यवस्थालाई बलियो बनायो अग्रसर हुनुपर्छ,’ शाहीले भने ।
नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न आग्रह गरे । शनिबार पूर्व राजा शाह वीरेन्द्रनगरमा आएर गरेको सम्बोधनलाई प्रतिवाद गर्दै कँडेलले भने, ‘पूर्वराजा पार्टीको अध्यक्ष बनेर बस्दा राम्रो हुन्छ । राप्रपालाई आफ्नै पार्टीको अध्यक्ष बनाएर हिँड्न आग्रह गर्दछु ।’
कँडेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । ‘सबैलाई एउटै डालोमा हाल्नु, राम्रो हुँदैन । एउटा राजा होइन, धेरै राजा भए भन्ने गरिएको छ’ कँडेलले भने, ‘ज्ञानेन्द्र शाह जस्ता आएर कहिले हिन्दु धर्मका नाममा, कहिले अन्य केहीका नाममा गणतन्त्रमाथि धावा बोल्ने काम गरिरहेका छन् । त्यो स्वीकार्य छैन ।’
७ दिनभित्र सहमतिमा संसदीय समितिको सभापति चयन गर्न सभामुखको आग्रह
सभामुख देवराज घिमिरेले एक हप्ताभित्र सहमतिमा संसदीय समितिका सभापतिहरु चयन गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले संसदीय समितिको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको भन्दै दलहरुलाई सभापति चयन गर्न आग्रह गरेका बैठकमा सहभागी एक नेताले बताए ।
सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन, तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन) बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस्’ सभामुखको भनाइ उधृत गर्दै ती नेताले भने ।
दलहरुले संसदीय समितिमा रहने सदस्यहरु चयन गरे पनि दलीय सहमति नहुँदा समितिका सभापतिहरु चयन भएका छैनन् । ज्येष्ठ सदस्यको नेतृत्वमा एकाध बैठक बसे पनि संसदीय समितिको कामले गति लिन सकेको छैन ।
४ मंसिरको चुनाव भएपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । त्यसपछि १५ वैशाखमा प्रतिनिधिसभाको १० वटा विषयगत समिति गठन भएका थिए भने २ जेठमा पहिलो बैठक बसेको थियो ।
‘रेशमलाल’ दुई जोईका पोइ ‘

नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका पूर्वसांसद रेशमलाल चौधरीले बहुविवाह गरेको खुलेको छ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि जन्मकैद भुक्तान गरिरहेका र आज आममाफी पाएर रहा भएका चौधरीकी दुई पत्नी भएको खुलेको हो।
स्रोतका अनुसार उनकी कान्छी पत्नी आशा चौधरी हुन्। धनगढी उपमहानगरपालिका(६ स्थित जालीमा माइत रहेकी उनीसँग रेशमले टीकापुर घटना हुनुभन्दा पहिला नै लगनगाठो कसेका थिए।
अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन्। आज बिहान डिल्लीबजार कारागारबाट बाहिर आएपछि फेसबुकमार्फत आशाले रेशमलाई बधाइ तथा स्वागत गरेकी छन्।
रेशमसँग आफ्नी छोरीसहितको फोटो राख्दै उनले स्वागत तथा बधाइ दिएकी हुन्।
यस्तै रेशमकी जेठी पत्नी भने हालकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी हुन्। श्रेष्ठ आज कारागारमै दलबलसहित स्वागत गर्न गएकी थिइन्।
काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी रन्जिताले रेशमसँग अन्तरजातीय विवाह गरेकी हुन्। उनले रेशमको एक छोरा हुर्काइरहेकी छन्।
आज गणतन्त्र दिवसको दिन बिहान सबेरै जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरी फूलमाला, अबिरसहित बाजा बजाउँदै जेलबाट निस्केका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरीको बाजागाजासहित स्वागत गरिएको थियो। चौधरी आजै कैलाली जाने आउने तयारी छ।
२०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाई मात्रै माफी दिइएको हो। अन्य पाँच जना अहिले पनि कारागारमा छन्। बाँकी २९ जना फरार छन्।
थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो।
सोही घटनामा दोषी ठहर भइ आजीवन काराबासको सजाय पाएका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर सजाय माफी दिएपछि चौधरी सोमबार बिहान रिहा भएका हुन्।
गणतन्त्र बलियो बनाउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक पूर्वराष्ट्रपति भण्डारी
देशमा दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले सामान्य जीवन बिताइरहनु भएको छ ।
नेपालको बाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वोच्च पदमा पुग्नुभएका पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको संस्थागत विकास, समृद्ध नेपाल र स्वाधीन अर्थतन्त्र निर्माणका लागि अहिले पनि उत्तिकै चिन्तित देखिनुहुन्छ ।
१६औँ गणतन्त्र दिवसका अवसरमा उहाँले शुभकामना दिनुहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र लोकतन्त्रको उच्चतम् रुप भएको बताउनु भएको छ । आजको देशको आवश्यकता समृद्व राष्ट्र, सुखी राष्ट्र र अनुशासित राष्ट्र निर्माणका लागि सबैको साथ, सहयोग र सहकार्यको आवश्यकता रहेको उहाँको भनाइ छ ।
पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
कास्की – पूर्व राजपरिवार पोखरा आउँदा बस्नका लागि बनाइएको रत्नमन्दिर दरबार गणतन्त्र दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला भएको छ । यसअघि पटक–पटक खुलाउने भनिए पनि आज साेमवार (जेठ १५ गते) गणतन्त्र दिवसको अवसर पारेर दरबार खुला गरिएकाे हाे ।
शाहवंशीय राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा पोखरा उपमहानगरपालिका–६ लेकसाइडमा रत्नमन्दिर दरबार निर्माण गर्नुभएकाे थियाे । राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा दरबारसहित एक सय ७४ रोपनी जग्गा छ ।
साेमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दरबारमा सर्वसाधारण प्रवेशका लागि उद्घाटन गर्दै खुला गर्नुभयाे । उहाँले दरबारकाे संरक्षणमा पालिकासमेत लाग्नुपर्ने बताउनुभयाे ।शाहवंशीय राजाको इतिहाससँग गाँसिएको याे दरबार सर्वसाधारणका लागि खुला गर्नुपर्ने पोखरेलीको माग थियो । तर दरबारको ऐतिहासिक सामग्रीको सुरक्षा, संवेदनशीलता तथा प्राविधिक कारण भित्री भाग भने सर्वसाधारणका निम्ति खुला भएको छैन । पोखरा महानगरका मेयर धनराज आचार्यले लामो प्रयासपछि खुलेको रत्नमन्दिरले पोखराको पर्यटनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
२०६२/०६३ को दोस्रो जनआन्दोलनसँगै नेपालमा आएको गणतन्त्रको १५ वर्ष पूरा भएपछि खुलेकाे दरबार हेर्न पुगेकाहरूले खुसी व्यक्त गरे ।
दरबारमा प्रवेश गर्न नेपालीका लागि एक सय रुपैयाँ शुल्क ताेकिएकाेमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइनेछ । यस्तै विदेशी पर्यटकलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।
रत्न मन्दिर विसं २०१३ मा निर्माण सुरु भएर विसं २०१५ मा सम्पन्न भएको थियो । तीन तले दरबारमा ११ वटा कोठा छन् । भुइँ तलामा अतिथि कक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडीसी) बस्ने कोठा र आराम कक्ष छन् ।
दोस्रो तलामा पाँच वटा कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठक कक्ष छ । जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे । दाेस्राे तलामा राजपरिवारले खेल्ने कोठा पनि छ । यस्तै युवराजको शयन कक्षसहित तीन वटा पाहुना कोठा छन् । राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो ।
सबैभन्दा माथिल्लो तलामा राजारानीको शयन कक्ष र पूजा कोठा छ । बाहिरपट्टि आराम कक्ष र दृश्यावलोकनका लागि कौसी छ । हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् । मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन् । भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन् । काठ र ढुङ्गाबाट दरबार बनेको छ । दरबार अहिले साेमवारबाहेक बिहान १० बजेदेखि दिउँसाे ५ बजेसम्म खुलाउने ट्रस्टले जनाएको छ ।
सीआईएन आजदेखि १५ औँ वर्षमा प्रवेश
काठमाडौँ । देशभरिका सामुदायिक रेडियोहरूको सञ्जाल, सामुदायिक सूचना नेटवर्क, ९सीआईएन० आजदेखि १५ वर्ष प्रवेश गरेको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० नेपालद्वारा सञ्चालित सीआईएनको २०६६ साल जेठ १५ गत्ते उद्घाटन गरिएको थियो ।
केन्द्रको कुरा गाउँघरसम्म र गाउँबस्तीका समस्या केन्द्रसम्म सुनाउँदै समाधान खोज्ने उद्धेश्यले स्थापित सीआईएन हाल ३ सय ७० भन्दा धेरै सामुदायिक रेडियोहरूको सञ्जाल बनेको छ ।
बिहान ६ बजे र साँझ साढे ७ बजे समाचारमूलक कार्यक्रम साझा खबर र सातै दिन सूचनामूलक, सन्देशमूलक कार्यक्रम प्रसारण गर्दै आएको सीआईएनले सामुदायिक रेडियोकर्मीलाई एकै सञ्जालमा जोडेर क्षमता विकास, सामुदायिक रेडियोको हक अधिकार र सकारात्मक परिवर्तनका विषयवस्तुलाई प्राथमिकता साथ उठाउँदै आएको छ ।
हालसम्म ११ हजारभन्दा धेरै नागरिकका प्रश्नको जवाफ र समस्याको समाधान सीआईएनले ‘हेलो सीआईएन’ शृङ्खलामार्फत खोजिसकेको छ भने स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका आधारभूत आवश्यकता पूर्तिका लागि गरिएका रिपोर्टिङको दर्जनौँ प्रभाव देखिएका छन् ।
बालविवाह, दाइजो प्रथा, छाउपडीलगायतका परम्परागत हानिकारक परम्पराविरुद्ध पनि सीआईएनले बर्सेनि अभियान चलाउँदै आएको छ ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेको बताउनुभएको छ ।
सीआईएनको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै उहाँले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
स्थापना दिवसको अवसरमा तीन जना सामुदायिक रेडियोकर्मीलाई सीआईएनले उत्कृष्ट पत्रकार पुरस्कारबाट सम्मान गरेको छ ।
सीआईएनकर्मी सुनिल राजभारत, रेडियो खुला आकास जुम्लाका मानबहादुर कुँवर र रेडियो मध्यपश्चिम दाङका सुशीला ओलीलाई जनही १५ हजार पुरस्कारसहित सम्मान गरिएको हो ।
हिजो काठमाडौँमा आयोजित विशेष समारोहमा सूचना, जानकारी र विज्ञतामार्फत निरन्तर सहयोग गर्ने ७ जनालाई सम्मानसमेत गरिएको छ ।
वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा।चन्द्रकान्त ज्ञवाली, काठमाडौँ विश्वविद्यालयका सह–प्राध्यापक डा। सुधांशु दाहाल, शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाशकुमार सन्जेल, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा।चन्द्र ढकाल मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर र राष्ट्रिय महिला आयोगका उपसचिव एवम् प्रवक्ता चमिला भट्टराईलाई पनि प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
गणतन्त्र दिवस टुँडिखेलमा विशेष समारोह
काठमाडौं : १६ गणतन्त्र दिवसका अवसरमा सोमबार बिहान खुलामञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भयो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक निकायका पदाधिकारी उपस्थित थिए।
यो अवसरमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टिका साथै र सुरक्षाकर्मीले कवाज प्रस्तुत गरे। साथै विभिन्न झाँकी पनि
३७ लाखले पाउँछन् सामाजिक सुरक्षा भत्ता
काठमाडौं : नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या बढेको छ। चालु आर्थिक वर्ष २०७९र८० पहिलो आठ महिनासम्म सरकारबाट मासिक भत्ता प्राप्त गर्नेको संख्या ३६ लाख ८३ हजार ६५८ छ।
सरकारले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको सङ्ख्या गत आर्थिक वर्ष २०७८र७९ को भन्दा ८१ हजार जना बढी हो। गत आर्थिक वर्षमा ३६ लाख दुई हजार ७०५ जनाले मासिकरूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए।
राष्ट्रिय योजना आयोगका अनुसार २०६८र६९ मा सङ्क्रमणकालीन अवधिमा मानिसमा गएको सामाजिक सुरक्षाको रकम २० लाख मात्रै थियो। आर्थिक वर्ष २०७१र७२ मा २१ लाख ३३ हजार मासिक लाभान्वित भएका थिए।
१५ औँ आवधिक योजना पहिलो वर्ष २८ लाख लाभान्वित भएकामा २०७९र८० को फागुनसम्म लाभ लिनेको सङ्ख्या ३७ लाखको हाराहारीमा पुगेको छ।
कुल जनसङ्ख्याको ३० प्रतिशतलाई सामाजिक सुरक्षा सामाजिक सुरक्षाको कर्भेजमा नेपालले कुल जनसङ्ख्याको ३० प्रतिशत उपलब्धि प्राप्त गरेको छ। आयोगले १५ औँ आवधिक योजनामा सामाजिक सुरक्षा कर्भेजको अवस्था ६० प्रतिशत पुर्याउने लक्ष्य लिएकामा एक वर्ष बाँकी रहँदा ३० प्रतिशत पुर्याएको हो। जब कि १५ औँ आवधिक योजनाको प्रथम वर्षमा हुँदा नेपाल सामाजिक सुरक्षा कर्भेजको अवस्था १७ प्रतिशत मात्रै थियो।
आयोगका अनुसार सामाजिक सुरक्षाका लागि चालु आर्थिक वर्ष २०७९र८० मा सामाजिक सुरक्षा अन्तर्गत हुने खर्च दुई खर्ब ४९ अर्ब ८१ करोड रुपियाँ छ। यो रकम भनेको कुल राष्ट्रिय बजेटको १३।९ प्रतिशत हो। देशको कुल गार्हस्थ उत्पादन ९जीडीपी० को ४।७ प्रतिशत रहेको छ। १५ औँ आवधिक सामाजिक सुरक्षा कर्भेजको अवस्था हेर्दा थोरै भए पनि दक्षिण एसियाली मुलुकुको तुलना गरेर हेर्दा बंगलादेश, श्रीलंकाबाहेक नेपाल अगाडि भएको अर्थविद्ले बताउँदै आएका छन्।
१० वर्षअगाडि कुल बजेटको सात प्रतिशत सामाजिक सुरक्षामा खर्च भएकामा अहिले बढेर झन्डै १४ पुगेकाले यसलाई दिगो अर्थतन्त्रको क्षमता र आवश्यकताका आधारमा नगद वितरणमुखी नभएर सेवामुखी बनाइनुपर्ने कुरा उठ्दै आएको छ।
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनमा सामाजिक सुरक्षाको कर्भेज दिगो र शतप्रतिशतमा पुर्याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक मलाई व्यापक विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
सुशासनका पक्षमा निर्ममतापूर्वक काम गरौँ सभामुख देवराज घिमिरे
काठमाडौं : सभामुख देवराज घिमिरेले गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकलाई अपिल गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि र सुशासन आजको प्रमुख आवश्यकता रहेको बताएका छन्।
‘हाम्रा आन्दोलनले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ’, उनले भनेका छन्, ‘नागरिकका विकासका चाहना, समृद्धिका अपेक्षा र सेवा प्रवाहका लागि अपेक्षित सहजता प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ भने सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ।’
उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दल, राजनीतिक कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायको योगदानको स्मरण गरेका छन्।
नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि पटक–पटक आन्दोलन भएको भन्दै सभामुख घिमिरेले आन्दोलनको जगमा बनेको संविधानसभाले निर्माण गरेको संघीयतासहितको संविधान कार्यान्वयन भइसकेको उल्लेख गरेका छन्।
उहाँले राजनीतिक आन्दोलनबाटै वंश परम्पराको शासन अन्त्य भएको छ र शासन सत्ता जनताको हातमा आएको बताएका छन्।
नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रिया शुरु
काभ्रे –ऐतिहासिक एवं पर्यटकीय काभे्रपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिएको छ।
नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने गत पुसमा सम्पन दोस्रो नगरसभाले निर्णय गरेको थियो।
यहही निर्णयानुसार नगरले धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक एवं वातावरणीय महत्त्व बोकेको विश्वप्रसिद्ध तथा प्राचीन नमोबुद्ध चैत्य परिसरको दीर्घकालीन गुरुयोजना निर्माण गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रारम्भिक चरणको कार्य सुरु गरिएको जनाइएको छ। नगरप्रमुख कुन्साङ लामाले ‘जनताको सेवामा पहिलो वर्ष’ कार्यक्रममा नगरको ११ नं वडास्थित नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको बताए। उनले भने ‘नगरसभाको निर्णयानुसार नै विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया थालेका हौँ।’
पर्यटकीयस्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा समेत लिइने गरिन्छ। नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफलसमेत गरेको छ। नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो। सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएकाले संयुक्त राष्ट्रसंघीय अंग ९युनेस्को० का नेपाल प्रतिनिधिलाई औपचारिकरूपमा अवलोकन भ्रमण गराउने योजनासमेत बनाएको छ।
युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने ९वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा शहर० धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ। जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ। सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्त्वावधानमा हुनेछ।
