१५ जेष्ठ २०८०, सोमबार ०९:१९ – Page 5 – Nagarikabhiyan : National News

के ओली आफै ‘भ्रष्टाचारी’ हुन् त या उनले भनेका जति सबै निर्दोष हुन्

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक बताइसकेका छन् । अनुसन्धान गर्ने प्रहरी, मुद्दा लेख्ने वकिल, फैसला गर्ने न्यायाधीशलाई समेत अहिले को निर्दोष, को दोषी हो भन्ने थाहा छैन । तर एमाले अध्यक्ष ओलीको इजलासले फैसला गरिसकेको छ– निर्दोषलाई फसाउन खोजियो भनेर । अर्थात् अध्यक्ष ओलीले यस प्रकरणमा को–को निर्दोष छन् भन्ने कुरा थाहा पाइसक्नुभएको छ । ३० जनामध्ये ओलीले जतिलाई निर्दोष भन्नुभएको छ, अब दूनियाँले मानिदिनु पर्ने भएको छ कि त्यसबाहेकका बाँकी सबै दोषी हुन् ।

अस्ति नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा बोल्दा एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्य सामाग्री खरिद र पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार गरेको आरोप लगाए भन्दै एमालेले संसदमा हंगामा गर्यो ।

सांसद दाहालले जे बोलेका थिए, त्यो संसदको रेकर्डबाट हट्यो, तर दूनियाँको रेकर्डबाट हटेको छैन । उनको अभिव्यक्ति केही बेरमा राख्दैछु । त्यो भन्दा अगाडि के प्रष्ट हुन जरुरी छ भने – सांसद दाहालले वाइड बडी र यती समूहसँग मिलेर गरिएको भ्रष्टाचारको कुरा पनि निकालेका छन् । तर एमालेको आपत्ति चाहिँ जलहरी र औषधि खरिदमा मात्रै छ । एमालेले वाइड बडी र यति समूहसँगको सेटिङमा आपत्ति जनाएको छैन ।

अब प्रश्न उठ्छ के सांसद दाहालले केपी ओलीले नै भ्रष्टाचार गरे भनेका थिए रु उनको यो भनाइ हेर्नुहोस् ९भिडियोमा०।

दर्शकहरुले पनि सुन्नुभयो कि सांसद दाहालले ‘ओली प्रधानमन्त्री हुँदा यती, ओम्नी, वाइड बडी, जलहरीका काण्ड आए’ भनेका हुन् । ‘ओलीले नै भ्रष्टाचार गरे’ भनेका छैनन् ।

यी काण्डहरु ओलीका पालामा प्रकट भएका काण्ड नै हुन् त यसमा आपत्ति के भयो रु

अहिले जसरी नक्कली शरणार्थी प्रकरणमा आफ्ना कार्यकर्ताका प्रिय जननेता केपी ओलीले निर्दोष र दोशी छुट्याइ सके, त्यसै गरी वाइड बडी काण्डमा उनले रवीन्द अधिकारी निर्दोष छन् भनेर फैसला गरिसकेका थिए । तर संसदीय उपसमितिले नै वाइड वडी खरिदमा भ्रष्टाचार भएको दावी गरेको थियो । ७० करोड काण्डमा पनि गोकुल बास्कोटालाई ओलीले सुनपानी छर्कि सकेका थिए । अनि यती समूहसँगको सेटिङमा ऐन नै संशोधन गरेर गोकर्ण रिसोर्टको जंगल सुम्पिसकेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको पृष्ठभूमि जस्तो छ, उनको छनोटमा पनि आफू मिल्दाहरु नै पर्ने गर्छन् । अहिले प्रधानमन्त्री दाहालले टिकापुर नरसंहारका मुख्य योजनाकार रेशम चौधरीलाई आम माफी दिलाएका छन् – त्यो पनि गणतन्त्र दिवसको अवसरमा । केही अघि उनले मूर्तीचोरलाई मन्त्री बनाएका थिए । त्यसपछि सांसद पनि बनाए । मूर्ती चोरीसँग प्रधानमन्त्रीको सम्बन्ध छ भन्न खोजिएको होइन । तर हिंसा र अपराधसँग प्रचण्ड चाहेर हो वा नचाहेर जोडिन पुछन् ।

वर्षाका कारण रोकिएको आईपीएल क्रिकेटको फाइनल खेल आज

काठमाण्डाै – देशमा गणतन्त्र घोषणा भएको डेढ दशक पूरा भएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।

२०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता कार्यान्वयन भएको छ । तीन तहको सरकारले काम गरिरहेका छन् । सरकारी सेवा सुविधाको लागि जिल्ला सदरमुकाम र काठमाण्डौसम्म धाउनुपर्ने बाध्यता हटेको छ । महिला, दलित, जनजाति लगायत समावेशी प्रतिनिधित्व बढेको छ । तर गणतन्त्रको डेढ दशकमा पनि नागरिकमा निराशा कायमै छ ।

गणतन्त्र स्थापनासँगै नागरिकले देश समृद्धितर्फ अघि बढ्ने अपेक्षा गरे पनि बेरोजगारीको समस्या घट्नुको साटो बढ्दैछ । रोजगारीकै लागि विदेशिने क्रम रोक्न सकिएको छैन । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका सूचकमा देश कमजोर छ । सुशासनको खस्कँदो अवस्थाले दल र नेताप्रति वितृष्णा बढाएको छ ।

सरकारका उच्च पदस्थ कर्मचारी, मन्त्री, उपप्रधानमन्त्रीलगायत नै भ्रष्टाचार र अनियमिततामा संलग्न भएको घटना सार्वजनिक भैरहँदा नागरिकमा आक्रोश र असन्तुष्टि बढाएको छ । गरिखाने वर्गलाई अझै हातमुख जोड्न धौ–धौ भइरहेकै छ । कतिपय गाउँठाउँमा सामान्य रोगको समेत उपचार नपाएर ज्यान गुमाउनुपर्ने स्थिति छ । नागरिकमा बढ्दै गएको निराशा कम गर्नु सरकार र दलहरुको दायित्व हो । राष्ट्रिय सभा सदस्य एवं सङ्घीयताविद् डा।खिमलाल देवकोटा नागरिकलाई परिवर्तनको अनुभूति गराउन सकेमा मात्रै गणतन्त्रप्रतिको निराशा घटाउन सकिने बताउनुहुन्छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै नागरिकमा छाएको निराशा सबै मिलेर हटाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले दिनुभएको शुभकामना सन्देशमा शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य भएको उल्लेख छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयन चुनौती देखिए पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिरहेको दाबी गर्नुभएको छ ।

वर्षाका कारण रोकिएको आईपीएल क्रिकेटको फाइनल खेल आज

काठमाण्डाै – वर्षाको कारण हिजो रोकिएको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

फाइनलमा बेलुका पौने ८ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।
चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पल्ट हो ।

गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेका थिए । तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो । गुजरातले शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो ।

१७ खर्ब रुपैयाँ हाराहारीको बजेट आउँदै

काठमाण्डौ ( सरकारले आज आर्थिक वर्ष २०८०र८१ को आयव्ययको विवरण अर्थात् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा। प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे बजेट प्रस्तुत गर्न लाग्नुभएको हो ।

आउँदो आर्थिक वर्षको लागि १७ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।

आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

अर्थमन्त्री महतले कार्यान्वयनयोग्य बजेट मात्रै ल्याउने बताउनुभएको छ । हिजो संसदमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा स्थिति पेस गरी बाहिरिने क्रममा अर्थमन्त्री महतले कार्यान्वयनको कुरालाई मध्यनजर राखेरै बजेट आउने बताउनुभएको हो ।

कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

काठमाण्डाै –काठमाण्डौको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हिजो दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बस्ने तनहुँ घर भइ चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी राउतको उपचारको क्रममा वीर अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएकी स्कुटर चालकको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सगरमाथा आरोहणको ७० वर्ष स् साढे ७ हजारभन्दा धेरै सर्वोच्च शिखरमा

साेलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथामा ७० वर्षको इतिहासमा साढे ७ हजारभन्दा धेरैले आरोहण गरेका छन् ।
सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिखमा मानव पुगेका थिए । यो दिनदेखि अहिलेसम्म झण्डै ७ हजार ८ सय ५१ जनाले आरोहण गरेका पर्यटक विभागको तथ्याङ्क छ ।

विभागका सूचना अधिकारी सूर्यप्रसाद उपाध्यायका अनुसार सन् २०२२ सम्ममा ७ हजार २ सय ५१ जनाले आरोहण गरेका छन् भने सन् २०२३ को चालु सिजनमा झण्डै ६ सय जनाले आरोहण गरेका छन् ।

यस्तै, ७० वर्षमा झण्डै ३ सय जनाको ज्यान गएको छ । यस वर्षको वसन्तयाममा मात्रै १३ जनाले सगरमाथामा ज्यान गुमाएका छन् । जसमा नेपालका ५, मलेसियाका २, चीन, भारत, अमेरिका, सिङ्गापुर, मालदोवा र अष्ट्रेलियाका १र१ जना छन् ।

नेपालले मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउँदै आएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रूपमा मनाउने गरेको हो । २९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ –  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ ।

प्रि(मनसुन कमजोर भएसँगै अबको दुईरतीन दिन खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार मौसम बदली भइ पानी पार्ने र हावाहुरी चल्ने प्रणाली तत्काललाई सक्रिय छैन ।

देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । प्रि(मनसुनको समय भएकाले बेलुकीपख केही ठाउँमा बादल लागेर फाट्टफुट्ट पानी भने पर्न सक्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । प्रि(मनसुन कमजोर भएको र मनसुनी गतिविधि पनि सुरु भइनसकेकाले केही दिनको मौसम सफा नै रहने उहाँको भनाइ छ ।

आम माफी दिए जेलबाट छुटे रेशम चौधरी

 जेठ १५देवानगञ्ज  ,-  कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ । चौधरीलाई सजाय माफी दिने विषयमा सत्ता गठबन्धनमा यसअघि नै सहमति भइसकेको थियो । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुलतबी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ ।

२०७२ साल भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । त्यो घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो । घटनाको योजनाकारको आरोप लागेका चौधरी त्यसपछि भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा चौधरी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी भएका थिए ।

बस दुर्घटना हुदा ८ जना घाइते

राज बोगटी जेठ १४  देवानगञ्ज 

कैलालीमा बस दुर्घटना भएको छ।

जिल्लाको जानकी गाउँपालिका – १ दुर्गौली चोकमा ना।६ ख ८८३३ नंम्बरको बस अनियन्त्रित हुदा सडकमै पल्टीएर दुर्घटना भएको हो।
गाडीमा २७ जना सवार रहेकोमा ८ जना सामान्य घाइते भएका र बाकिँ सबै सकुशल रहेको कैलाली प्रहरीले जनाएको छ।

सामान्य घाइते भएका ८ जनाको स्थानीय टीकापुर अस्पालमा उपचार भैइरहेको छ। धनगढीबाट टीकापुरतर्फ जाँदै गर्दा बस दुर्घटना भएको तोरैंयाँपुर प्रहरी चौकीका इन्चार्ज लक्ष्मण कुँवरले बताए।

देवानगञ्ज गाउँपालिकामा शैक्षिक सुधारको नयाँ अध्याय सुरु

देवानगञ्ज  । सुनसरीका देवानगञ्ज गाउँपालिकाले शैक्षिक सुधारका लागि शिक्षामा नयाँ अध्यायको सुरुवात गरेको छ । देवागनञ्ज गाउाँपालिकामा रहेका विद्यालयहरुमा नियमित र स्तरीय शिक्षा नभएको भन्दै शिक्षा सुधारको अभियान थालेको हो । विद्यालयहरुमा विधर्थीको संख्या दिनप्रतिदिन कम हुदै गएको अवस्थालाई ध्यानमा राखेर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले शैक्षिक सुधारका लागि शिक्षामा नयाँ अध्यायको सुरुवात गरेको बताउनुभएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष मेहताको पहलमा विद्यालयहरुको अवस्था सुधार अभियान थालेको भन्दै स्थानीयले प्रसंशा गरेका छन् । मेहताकै योजना अनुरुप देवानगञ्ज वडा नम्बर ६ को श्री फोचो दास अधारभुत विद्यालयमा शिशु देखि कक्षा एकसम्म अंग्रेजि माध्यमाबाट यसैपाली पठनपाठन सुरु भएको छ ।
देवनागञ्ज वडा नम्बर ६ का वडा अध्यक्ष हरिन्दन मेहताको पहलमा जिर्ण रहेको विद्यालयबाट परिर्वतको सुरुवातसंगै अंग्रेजी माध्यमको पढाई सुरु भएकाले अभिभावकहरु खुसी भएका छन । शुक्रवार एक कार्यक्रमको बीच अंग्रेजी माध्यको पठनपाठन कार्यको उद्धघाटन गरिएको जनाएको छ । कार्यक्रममा अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, वडा अध्यक्षहरु जगनरायण मेहता, हरिन्दन मेहता, स्थानीय समाजसेवी, अभिभावक, विद्यार्थीहरुको उपस्तिी रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मेहताले देवानगञ्ज गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारकै लागि केही शिक्षकहरुलाई आन्तरीक सरुवा गरिएको बताउनुभयो । उहाँले शिक्षकै कारणले शिक्षा क्षेत्रमा कमि कमजोरी बढेकाले जनगुनासो र अध्ययन तथा अनुगमन गरि त्यसलाई सुधार गर्दै लैजाने क्रममा शिक्षक सरुवा गरेको बताउनुभयो ।
मेहताले भनुभयाे  शिक्षक सरूवाकाे  विषयमा केही राजनितिक दलहरुले गाउँपालिकाले गरेको शिक्षक सरुवालाई राजनितिक मुदा बनाएको तर आफूहरुले अभिभावक र विधार्थीको हितका लागि काम गरेको बताउनुभयो । वहाँले राजनितिक दलहरुले विरोध गर्नु भन्दा पहिले गाउँपालिकाको शिक्षा क्षेत्रको अवस्था कस्तो रहको छ ? भनेर कहिले हेर्नु भएन र हामीले केही गर्न खोज्दाँ बिरोध गर्नु राजनितिक स्र्वाथ पुरा गर्न मात्र रहेको दावी गर्नुभयो । फोचोदास अधारभुत विद्यालय पूर्णरुपमा अस्तव्यस्त रहेको अवस्थामा विद्यालयमा कार्यरत शिक्षकलाई सरुवा गरी केही नयाँ शिक्षकलाई पठाएपछि अहिले विद्यालयको अवस्था धेरैनै सुधार भएको उहाँको दावी छ । उहाँले नमुना विद्यालय बनाउने अभियान अन्र्तगत पहिलो चरणमा यसै विद्यालयबाट नमुना पठनपाठन सुरुवा गरेको बताउनुभयो ।
गाउँपालिका सातै वटा वडाका एकएक वटा विद्यालय नमुना विद्यालय बनाउने गाउँपालिकाको अभियान रहेको समेत बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामराज पौडलेले शिक्षकहरूले नियमित रूपमा पठनपाठन गरेको नरेको निगरानी गर्न सम्पूर्ण अभिभावहरूमा आग्रह गर्नुभयो । अभिभावकहरूलाई नियमित रूपमा विधार्थीहरू विधालय पठाएर सहयोग गर्न सुझाव दिनुभयो । सोही कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हरिन्दन मेहताले गाउँपालिकाले गरेको कार्य प्रसंनिय रहेको र शिक्षा क्षेत्रमा आफ्नो वडाबाट नमुना विधालयको सुरूवात भएकोले आफूलाई खुसी लागेको बताउनुभयो । कार्यक्रममा सहभागी अभिवाकहरूले पचास वर्ष पुरानो स्कुललाई पुनः नयाँ स्वरूप दिएर सुरूवात गरेकोमा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहतालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

काभा महिला भलिबल स् उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ । आज आइतवार त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्बेकिस्तानलाई ३–१ को सेटमा हरायो ।

पहिलो सेट गुमाएको नेपालले त्यसपछिको तीन सेट जितेको हो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित्यो । यो हारसँगै उज्बेकिस्तान प्रतियोगितामा चौथो भएको छ ।

गएको शुक्रवार भएको दोस्रो सेमिफाइनलमा काजकिस्तानसँग हारेसँगै यसअघिको दुवै संस्करणको विजेता नेपाल फाइनल पुग्न असफल भएको थियो । शुक्रवार नै भएको पहिलो सेमिफाइनलमा उज्बेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेको थियो ।

आजै प्रतियोगिताको उपाधिका लागि भारत र काजकिस्तानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको कभर्ड हलमा दिउँसो ४ बजेपछि सुरु हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहेको छ ।

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप

कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोध गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ ।

अहिले कोशी सभा सचिवालय अगाडि झडप भइरहेको छ । विराटनगरको स्थिति तनावग्रस्त छ । प्रदर्शन स्थलबाट किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । राई पक्राउ परेसँगे पक्राउ पर्नेको सङ्ख्या २६ पुगेको पहिचानवादीहरूले बताएका छन् ।

गएको पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेश सभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

आज दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक डाकिएको छ । पहिचानवादीहरूले पनि प्रदेश सभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेश सभा परिसर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ

ग्याँङ फाइट’, दुई जना प्रहरीको नियन्त्रणमा

राज बोगटी जेठ १४ देवानगंज

बझाङमा यार्सा सङ्कलक बिच ग्याँङ फाइट भएको छ। जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ माझा वनमा यार्सा सङ्कलक बिचमा झडप भएको हो।

बझाङ प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल गाउँपालिका वडा नम्बर २ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबिच ग्याँङ फाइट भएको हो।

झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ। दुइ जना प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

नारायणगढ–बुटवल सडक विस्तार मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षाल

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् ।

पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन्

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिनुभयो ।
चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँु , उहाँले भन्नुभयो,पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्याङ्क राखिएको छैन यस सडक खण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए ।

यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताउनुभयो ।

हामी पहिले नाराणगढ–बुटवलको बाटो धेरै यात्रा गर्‍यौँु, उहाँले भन्नुभयो,सडक किनारमा रहेका वरपिपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतिक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ ।

चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा गाडी कुरेर बस्न पाइन्थ्योु, उहाँले भन्नुभयो,सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर गाडी कुर्नुपर्ने बाध्यता छ पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उहाँको भनाइ छ ।ती चौतारा गाउँ–समाजमा भएका विवाद, झै–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेनु, उहाँले भन्नुभयो ।

सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ । सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो । विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ ।

बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ । पालिकाका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताउनुभयो । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्त्वपूर्ण मानिने वर–पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उहाँको भनाइ छ ।

अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । वरपिपलको जरा धेरै टाढासम्म फैलने भएकाले बाढीपहिरो नियन्त्रणमा यस्ता ठूला रुखहरूले महत्त्वपूर्ण सहयोग पुर्याउने भूगर्वविद्हरुको भनाइ छ । पहिले गाउँमा मानिसहरूले धर्म कमाउन पोखरी खन्ने तथा वरपिपलका बिरुवा रोप्ने गरेका धार्मिक अभियान्ता आचार्य लक्ष्मण भण्डारीले बताउनुभयो ।

ुअघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक ठाउँमा वरपिपल रोपेर चौतारी बनाउने चलन थियोु, उहाँले भन्नुभयो,विकासका गतिविधिसँगै बैदिक धर्म मासिन थाल्यो, गाउँका पोखरी र वरपिपल पनि हराउँदै गए रोप्ने र संरक्षण गर्ने पाका पुस्ताको अभावमै वरपिपल सङ्कटमा पर्न थालेको आचार्य भण्डारीले बताउनुभयो ।

नेपालमा करिअर नदेखेपछि नर्सहरू विदेशतिर

१४ जेठ, काठमाडौं सानै हुँदा स्कुलमा सररमिसले ठूलो भएर के बन्ने सपना छ भनेर सोध्ने प्रश्नमा प्रतिमा निरौलाको जवाफ हुन्थ्यो– नर्स १ बाटोमा सेतो कोटमा सजिएका नर्स देख्दा उनी मनमनै सोच्थिन्, ‘म पनि नर्स बन्न सके देशकै सेवा गर्थें १’ सामान्य घरपरिवारमा जन्मिएकी प्रतिमालाई नर्सिङ पढाउन निरौला परिवारको बलबुताले भ्याएन ।

आफूले देखेको सपना पूरा गर्न उनले छात्रवृत्तिमा नाम निकालिन् । जेनतेन बुबा–आमाले फ्याक्ट्रीमा काम गरेर भए पनि अन्य खर्च जुटाए । २०६९ सालमा पीसीएल नर्सिङ पास गरेपछि तीन वर्ष नोबेल मेडिकल कलेजमा काम गरिन् । त्यसपछि २०७५ सालमा बीएस्सी नर्सिङ पास गरेर पुनः नोबेलमा काम गर्न थालिन् । विडम्बना मेडिकल कलेजले पीसीएल पास गरेर काम गर्न जाँदा भन्दा कम तलब दियो ।

नोबेलले तत्कालीन समयमा पीसीएल पास गरेर काममा जाँदा १५ हजार दियो । त्यसपछि, ब्याचलर्स गरेर जाँदा जम्मा साढे १२ हजार । उनीसँग अरू कुनै विकल्प पनि थिएन । निजी अस्पतालमा सबैतिर उही हालत । नोबेलमा काम गर्दै गर्दा त्रिवि शिक्षण अस्पतालमा २०७६ सालमा करारमा प्रवेश गर्ने मौका पाइन् ।

स्वास्थ्य उपचार नपाएर हजुरआमा गुमाउनु पर्यो । नर्सिङ पेशामा नछिर्दासम्म निरौलालाई लाग्थ्यो, ‘देशमै बुढाबुढीको सेवा गरेर बस्छु ।’ जब स्वास्थ्य सेवा प्रवेश गरेसँगै उनको मनमा प्रश्न खडा भयो— नेपालमै बसेर भविष्य बन्ला र रु

पेशाको सम्मान नहुनु, राजनैतिक अस्थिरता, तलब–सुविधा लगायत कुराले एक दशकमै उनलाई भुक्तभोगी बनाइदियो— ‘अब विदेश जानुबाहेक अन्य विकल्प छैन ।’

सँगै पढेका साथीहरूले विदेशमा एकस्तरको जीवनस्तर सुधार गरे । तर, नेपालमा भने बिहान–बेलुकी हातमुख जोर्न पनि धौ–धौ । ‘उनीहरूको प्रगतिले पनि विदेश जानमै प्रेरित गर्यो’, निरौलाले सुनाइन् ।
त्रिवि शिक्षण अस्पतालमा काम गर्दै जाँदा क्यानडाका लागि प्रक्रिया बढ्यो । आगामी ५ असारमा त्रिवि अस्पतालबाट जागिर छोड्दै उनी ३ साउनमा क्यानडाका लागि श्रीमान्सँगै ‘डिपेन्डेन्ट भिसा’ मा विदेश पलायन हुँदैछिन् ।

‘आर्थिक रूपमा कमजोर भएकै कारण लाखौं पैसा खर्च गरेर कुनै पनि हालतमा बाहिर जाने सोच थिएन । तर, बाध्यताले पनि बाहिर जानुपर्ने अवस्था आयो’ निरौलाले अनलाइनखबरसँग भनिन्, ‘भोलि छोरा–छोरीको भविष्य पनि हेर्नुपर्ने रहेछ ।’

अफ्रिकी देश चाडमा किसान र गाई गोठालाबीच झडप, १० जनाको ज्यान गयो

अफ्रिकी देश चाडमा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाको ज्यान गएको छ । राजधानी एनजामेनाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा भएको घटनामा उनीहरुको ज्यान गएको हो ।

हत्यामा संलग्नलाई पक्राउ गरिएको स्थानीय गभर्नरलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । गएको बिहीवार एक १२ वर्षीय गोठालाले आफ्ना गाईबस्तुलाई किसानको बदाम खेतमा लगेपछि विवाद सुरु भएको थियो । विवादपछि झडप हुँदा उनको ज्यान गएको थियो । त्यसपछि ज्यान गुमाउनेका आमाबाबुले बदला लिन नौ जना किसानको हत्या गरेका खबरमा उल्लेख छ ।

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्बर सीमा क्षेत्रमा प्रायः घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडपका घटना हुँदै आएका छन् । यस्ता घटनाको मुख्य कारण खेतबारीमा लगाएको बालीमा बस्तुभाउ चराउँदा हुने गरेको छ ।

गोठालाहरूले आफ्ना गाईबस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानले लगाउने गरेका छन् । तर गोठालाहरूले त्यहाँ आफ्ना बस्तुभाउ चराउनु परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् ।