के ओली आफै ‘भ्रष्टाचारी’ हुन् त या उनले भनेका जति सबै निर्दोष हुन्
१५ जेष्ठ २०८०, सोमबार ०९:१९
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक बताइसकेका छन् । अनुसन्धान गर्ने प्रहरी, मुद्दा लेख्ने वकिल, फैसला गर्ने न्यायाधीशलाई समेत अहिले को निर्दोष, को दोषी हो भन्ने थाहा छैन । तर एमाले अध्यक्ष ओलीको इजलासले फैसला गरिसकेको छ– निर्दोषलाई फसाउन खोजियो भनेर । अर्थात् अध्यक्ष ओलीले यस प्रकरणमा को–को निर्दोष छन् भन्ने कुरा थाहा पाइसक्नुभएको छ । ३० जनामध्ये ओलीले जतिलाई निर्दोष भन्नुभएको छ, अब दूनियाँले मानिदिनु पर्ने भएको छ कि त्यसबाहेकका बाँकी सबै दोषी हुन् ।
अस्ति नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा बोल्दा एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्य सामाग्री खरिद र पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार गरेको आरोप लगाए भन्दै एमालेले संसदमा हंगामा गर्यो ।
सांसद दाहालले जे बोलेका थिए, त्यो संसदको रेकर्डबाट हट्यो, तर दूनियाँको रेकर्डबाट हटेको छैन । उनको अभिव्यक्ति केही बेरमा राख्दैछु । त्यो भन्दा अगाडि के प्रष्ट हुन जरुरी छ भने – सांसद दाहालले वाइड बडी र यती समूहसँग मिलेर गरिएको भ्रष्टाचारको कुरा पनि निकालेका छन् । तर एमालेको आपत्ति चाहिँ जलहरी र औषधि खरिदमा मात्रै छ । एमालेले वाइड बडी र यति समूहसँगको सेटिङमा आपत्ति जनाएको छैन ।
अब प्रश्न उठ्छ के सांसद दाहालले केपी ओलीले नै भ्रष्टाचार गरे भनेका थिए रु उनको यो भनाइ हेर्नुहोस् ९भिडियोमा०।
दर्शकहरुले पनि सुन्नुभयो कि सांसद दाहालले ‘ओली प्रधानमन्त्री हुँदा यती, ओम्नी, वाइड बडी, जलहरीका काण्ड आए’ भनेका हुन् । ‘ओलीले नै भ्रष्टाचार गरे’ भनेका छैनन् ।
यी काण्डहरु ओलीका पालामा प्रकट भएका काण्ड नै हुन् त यसमा आपत्ति के भयो रु
अहिले जसरी नक्कली शरणार्थी प्रकरणमा आफ्ना कार्यकर्ताका प्रिय जननेता केपी ओलीले निर्दोष र दोशी छुट्याइ सके, त्यसै गरी वाइड बडी काण्डमा उनले रवीन्द अधिकारी निर्दोष छन् भनेर फैसला गरिसकेका थिए । तर संसदीय उपसमितिले नै वाइड वडी खरिदमा भ्रष्टाचार भएको दावी गरेको थियो । ७० करोड काण्डमा पनि गोकुल बास्कोटालाई ओलीले सुनपानी छर्कि सकेका थिए । अनि यती समूहसँगको सेटिङमा ऐन नै संशोधन गरेर गोकर्ण रिसोर्टको जंगल सुम्पिसकेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको पृष्ठभूमि जस्तो छ, उनको छनोटमा पनि आफू मिल्दाहरु नै पर्ने गर्छन् । अहिले प्रधानमन्त्री दाहालले टिकापुर नरसंहारका मुख्य योजनाकार रेशम चौधरीलाई आम माफी दिलाएका छन् – त्यो पनि गणतन्त्र दिवसको अवसरमा । केही अघि उनले मूर्तीचोरलाई मन्त्री बनाएका थिए । त्यसपछि सांसद पनि बनाए । मूर्ती चोरीसँग प्रधानमन्त्रीको सम्बन्ध छ भन्न खोजिएको होइन । तर हिंसा र अपराधसँग प्रचण्ड चाहेर हो वा नचाहेर जोडिन पुछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया