१४ जेष्ठ २०८०, आईतवार १०:०९ – Page 6 – Nagarikabhiyan : National News

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । हाल कोसी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने कोसी र वाग्मती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन्चट्यानसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति पनि कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरूमा आंशिक बदली रहनेछ ।
पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन्चट्यानसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव

चितवन ।गर्मी बढेसँगै बिरामी बजिल्लामा गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ ।

शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको उल्लेख छ ।

अपिलमा भनिएको छ, “हाल गर्मी मौसमको कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुने गरेको र रगतको मागमा अत्याधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिन भएको छ ।”
रक्तदान गरेर जीवनदान दिन सम्पूर्ण रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीहरूमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन रेडक्रसले अपिल गरेको छ ।

कार्यक्रमबाहेक पनि व्यक्तिगतरूपमा रक्तदान गर्न इच्छुक रक्तदाताले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलगायत क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, बघौडा अस्पताल आकस्मिक रक्त सञ्चार एकाइमा गई रक्तदान गर्न सकिने रेडक्रसले जनाइएको छ ।

प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दैनिक एक सय ५० पोका हाराहारी रगतको माग हुने गरेको जानकारी दिए । उनका अनुसार दैनिक ४० पोका रगत रक्तदान कार्यक्रमहरूबाट सङ्कलन हुने र बिरामीका आफन्तबाट २० पोका हाराहारी सङ्कलन हुने गरेको भन्दै उनले ठूलो मात्रामा रगतको अभाव भएको बताए ।

हरेक वर्ष गर्मी मौसममा चितवनमा रगतको अभाव हुने गर्दछ । यहाँका अस्पतालमा देशैभरि र भारतीय सीमावर्ती क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।
पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी अधिकांश यहीँको अस्पतालमा उपचार गराउँछन् ।

क्यान्सर, प्रसूति, दुर्घटना र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई धेरै रगतको माग हुने गरेको छ ।ढे, रगतको अभाव

पूर्वप्रधानमन्त्रीसँग परामर्श गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणअघि मुख्य दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गर्दैछन् ।

आज प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु, मुख्य दल नेताहरु तथा पूर्व परराष्ट्रमन्त्रीहरुको संयुक्त बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बस्नेछ ।

भारत भ्रमणका क्रममा राख्ने एजेन्डा लगायत विषयमा छलफल गर्न उनले उक्त बैठक बोलाएका हुन् । सो छलफलपश्चात आजै साढे ३ बजे प्रधानमन्त्री प्रचण्डले कुटनैतिक परामर्श समेत गर्ने जनाइएको छ । यस बैठकमा पूर्व परराष्ट्र सचिवहरुका साथै भारतका लागि पूर्व राजदूतहरु र विज्ञलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि ४ दिने भारत भ्रमणमा जाँदैछन्

निषेधाज्ञा लगाएर आजदेखि कोसी प्रदेशको बजेट अधिवेशन सुरु हुँदै

विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक आज बस्दैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो २ बजेलाई प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।

दोस्रो अधिवेशनको सुरुवातमा सामान्यतया बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र दलहरुले आफ्नो मन्तव्य दिने विगतको परम्परा रहेतापनि यसपटक पहिलो बैठकमै प्रदेश सभा सदस्यहरुलाई बोल्नका लागि शून्य समय दिइनेछ ।

आजको बैठकमा शून्य समयपछि प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, अघिल्लो प्रदेश अधिवेशनमा छलफल भएर पारित हुन बाँकी रहेको प्रदेश ऐनमा प्रदेशको नाम संसोधन गर्न वनेको विधेयक २०७९ निर्णयार्थ पेश हुने जनाइएको छ ।

प्रदेशसभाको बैठक बस्ने भएपछि प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशसभा घेराउ गर्ने घोषणा गरेको छ ।
आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

पहिचानवादीको आन्दोलनका कारण सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गरी प्रशासनले विराटनगरका विभिन्न ठाउँमा निषधाज्ञा लगाएको छ ।
कोसी प्रदेशसभा आसपासको क्षेत्रमा शनिबार अपरान्हदेखि नै सुरक्षाकर्मीले सडकमा बेरियर राखेर आउजाउ गर्न रोक लगाएको छ ।

गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले कोसी नामकरण गरेपछि पहिचानवादी आन्दोलनमा छन् ।
आन्दोलनरत पक्षले ‘पहिचानको लागि युवा’ समूह गठन गरी शुक्रबार मार्चपास समेत गरेको छ । आज हुने तेस्रो चरणको आन्दोलन फरक हुने पहिचानवादीले बताउँदै आएका छन् ।

भ्रष्टाचार गरेको प्रमाणित गर्नु, एक मिनेट पनि पदमा बस्दिनँ मन्त्री किराती

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफुले भ्रष्ट्राचार गरेको प्रमाणित गरेको पाइए एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूले घुस नखाएको र अरुलाई पनि नखुवाउँदा पापीहरु बौलाएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन‘’
पशुपति विकास कोषको जग्गामा मन्त्री किरातीले भ्रष्टाचार गरेको भन्दै विभिन्न मिडियामा समाचारहरु आएपछि उनले सोको खण्डन गरेका हुन् ।

आज मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आइतबार बिहान १० का लागि बोलाइएको आकस्मिक बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ।

बैठकमा के एजेण्डामाथि छलफल हुने भन्ने पुष्टि भएको छैन । यद्यपि गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने अनुमान गरिएको छ ।

स्रोतका अनुसार आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरुका विषयले पनि बैठकमा स्थान पाउनेछ ।

नारायणगढ–बुटवल सडक विस्तारले मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपुर ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् ।

पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिए ।

“चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ”, उनले भने, “पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्याङ्क राखिएको छैन ।” यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए ।

यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताए ।

“हामी पहिले नाराणगढ–बुटवलको बाटो धेरै यात्रा ग¥यौँ”, उनले भने, “सडक किनारमा रहेका वरपिपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतिक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ ।” सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ ।

“चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो”, उनले भने, “सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ ।” पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उनको भनाइ छ ।
“ती चौतारा गाउँ–समाजमा भएका विवाद, झै–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन”, उनले भने ।

सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ ।
सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो । विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ ।

बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ ।

स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताए ।
धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर–पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ ।

अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।

काम हुन्छ, ढुक्क हुनोस् भन्दै ग्यारेन्टी पनि बस्थे रायमाझी र रिजाल

काठमाडौँ — २०७४  को एक दिन । भक्तपुर सिरुटार बस्ने गोकुल थापासँग प्रेमराज पन्थीको भेट हुन्छ । पोखराका राधाकृष्ण पोखरेलसँगको सम्पर्कपछि काठमाडौं नयाँ बानेश्वरका विदुर गौतममार्फत पन्थी थापासम्म पुगेका हुन्छन् ।

तिनै थापाले २०७४ कात्तिक र मंसिरमा गौशालास्थित शिवम् होटलमा पन्थी र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको भेट गराउँछन् । थापा रिजालका पीए हुन् । ‘नेपालीलाई भुटानी बनाई अमेरिका लैजाने कुराकानी भइरहेको छ,’ रिजालले थापालाई त्यसबेला भनेका थिए, ‘गोकुलको सम्पर्कमा बस्नुहोस् ।’ थापाले पन्थीलाई न्युरोड लगी त्यही वर्षको पुस ११ मा प्रधानमन्त्रीलाई सम्बोधन गरी भुटानी शरणार्थी सम्बन्धमा लेखिएको चार पाना कागज देखाएर आश्वस्त बनाउँछन् । अनि पन्थी आफन्तसमेतको ३२ लाख बुझाउन तयार हुन्छन् ।

‘अमेरिका पठाउने कामका लागि एड्भान्समा प्रतिव्यक्ति २ लाखका दरले मेरा आफन्तहरू समेत १६ जनाले ३२ लाख २०७४ सालको चैत महिनामा गोकुल थापालाई बुझाएको,’ पन्थीले प्रहरीसँगको बयानमा भनेका छन् । २०७५ कात्तिकसम्म ‘कामको कुनै प्रोसेस नभएको र थापाको बानी व्यहोरा ठीक नलागेको’ भन्दै उनले रकम फिर्ता गर्न दबाब दिए । २२ लाख तत्काल र पछि भेषराज शर्मा लम्सालमार्फत १० लाख फिर्ता गरेको उनको स्वीकारोक्ति छ ।

त्यसै वर्ष फागुनमा लम्सालले पोखरा बोलाएर पन्थीलाई रिजाल आफ्नो काका भएकाले नआत्तिन भनेका थिए । रिजालसँग मोबाइल ह्यान्स फ्रिमा कुरा गर्दै पन्थीलाई अमेरिका जाने सपना देखाए । संवादमा उनले ‘भुटानीको नाममा नेपालीलाई अमेरिका लैजाने मुख्य मानिस केशव दुलाल नै हो’ पनि भनेका थिए । रिजालसँगको त्यो फोन संवादपछि पन्थी लम्सालप्रति नजिकिए । ‘रिजाल भनेको यूएनमा समेत लिंक भएको ठूलो मानिस हो, अमेरिका जान कुनै समस्या हुँदैन’ भनेर लम्सालले पटकपटक भरोसा दिलाए ।

‘अमेरिका जानेहरूले निज ९टेकनाथ रिजाल० ले सहीछाप गरेको कार्ड बनाउनुपर्छ भनेकाले म, मेरो पूरै परिवार, ससुरालीतर्फका सबै ५०र५५ जना र अन्य ३५०र४०० जनाको फरक ९नक्कली० नामबाट भुटान ह्युमन राइट्स अर्गनाइजेसनको मेम्बरसिप कार्ड बनाएको हो,’ पन्थीले प्रहरीलाई भनेका छन् । रिजालले पठाएको ९ र १० पानाको नामावली र भुटानको ठेगाना भएको लिस्ट रुजु गराएर त्यही नामबाट क्रमैसँग नक्कलीे नाम र ठेगानासहितको फोटो टाँस गरी कार्ड बनाएको पन्थीको भनाइ छ । त्यसमा रिजालले सही गरेका छन् । त्यसपछि लम्सालले अमेरिका जान एड्भान्स भनेर पन्थीमार्फत कसैसँग दुई लाख र कसैसँग तीन लाख गरी करिब ५० जनाबाट एक करोड १९ लाख ५० हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए । त्यसमध्ये ३० लाख उनले सानु भण्डारीको नाममा रहेको हिमालयन बैंकको खाता नं। ०३६०८२२६२३००१६ मा जम्मा गर्न लगाए । कैलाश विकास बैंक, एनसीसी बैंक र माछापुच्छ्र्रे बैंकमा भएका आफ्ना खातामा लम्सालले पटक–पटक गरी ८९ लाख ५० हजार जम्मा गराइदिन लगाएका थिए ।

२०७६ जेठमा लम्सालले पन्थीलाई सुकेधारास्थित दुलालको कोठामा लगे । दुलालले रिजालले दस्तखत गरेका भुटान ह्युमन राइट्स अर्गनाइजेसनको परिचयपत्रको बन्डल दिए । ‘सो कार्डबाट मैले मेरा मान्छेका कार्ड छानेर मोबाइलबाट फोटो खिचेपछि सोको प्रतिहरू निजै केशवप्रसाद दुलालले राखे,’ पन्थीले भनेका छन् । लम्सालले ‘मन्त्री, सचिव सबैसँग कुरा भइसक्यो, अब बायोमेट्रिक गर्नुपर्छ’ भन्दै जनही थप १० लाख तिर्न भनेका थिए । पन्थीले २०७६ साउनको तेस्रो सातातिर लम्सालको निर्देशनअनुसार पशुपतिनाथको डाँडामा कार्डवालाहरूलाई राखी १० लाख रकम जम्मा गर्न सक्नेको मात्र बायोमेट्रिक हुन्छ भनेका थिए । त्यही महिनाको २६ गते लम्साल, भण्डारी र दुलाललगायतले न्युरोड लगी २८ जनाबाट रकम लिएका थिए । तर, लामो समयसम्म काम नभएपछि पन्थीले दुलाल र लम्सालसँग ताकेता गर्न थाले । पन्थीले रकम फसेका अरूलाई समेत बोलाएर टंक गुरुङको ललितपुर झम्सीखेलस्थित रेस्टुरेन्टमा भेटी पैसा मागे ।

‘हामीले दुलालसमेतलाई भेट्ने गरेको टंक गुरुङको रेस्टुरेन्टमा टोपबहादुर रायमाझी, निजका पीए लीला जीसी, दुलाल, भण्डारी, लम्साल, सन्देश शर्मासमेत र गृह मन्त्रालयका कर्मचारी हौं भन्ने मानिससमेत बसी घण्टौं मिटिङ बस्ने गरेको,’ पन्थीले प्रहरीलाई भनेका छन्, ‘मिटिङबाट बाहिर निस्कँदा तपाईंहरूको काम पक्का हुन्छ भन्ने गरेका थिए ।’ त्यसपछि पन्थीले सिधै रायमाझीसँग सम्पर्क बढाउन थाले । ‘एभरेस्ट होटल बानेश्वरको चौथो तलामा एक पटक रायमाझीलाई भेट्दा निजले मलाई कुनै टेन्सन नलिनु काम पक्का हुन्छ भनेको,’ पन्थीले जाहेरीमा उल्लेख गरेका छन्, ‘रायमाझीलाई सांग्रिला होटलमा भेट्दा इन्द्रजित राई र सानु भण्डारी पनि एकै टेबलमा बसेका थिए ।’

त्यसपछि पन्थीलाई गिरोहले २०७७ असोज पहिलो साता जोरपाटीमा बोलायो । त्यहाँको एक रेस्टुरेन्टमा दुलाल, रामबहादुर थापाका छोरा प्रतीक सँगै थिए । सो बेला प्रतीकले ‘तपाईंहरूको काम अब अगाडि बढ्छ, रकम जम्मा गरेर केशव दुलाललाई दिनू’ भनेको पन्थी सम्झन्छन् । उनले चिरञ्जीवी आचार्यमार्फत आएको एक करोड र रामशरण केसीमार्फत आएको डेढ करोड रातो र सेतो रङको जेब्रा झोलामा हालेर नक्सालको नीलगिरि रेस्टुरेन्टमा प्रतीक र दुलाललाई भेट्न पुगे । ‘दुवैले नगद भएको झोला पार्किङमा रहेको कारमा राखिदिनू भनेकाले म र रामशरण केसीले डिक्की खोली राखिदिएको हो,’ पन्थीको बयान छ । तर पनि काम नभएपछि रायमाझीलाई सिधासिधा सोध्ने क्रम बढाएका थिए । त्यसै क्रममा संसद् विघटन भयो । एक दिन पन्थीका अघिल्तिर भण्डारीले रायमाझीलाई काम छिटो अघि बढाउन दबाब दिए । रायमाझीले ‘फेरि हाम्रो सरकार आएपछि मात्र तपाईंहरूको काम हुन्छ’ भन्ने जवाफ दिए ।

काम पनि नहुने र रकम पनि नआउने देखेपछि पन्थीसहित २४ जनाले २०७८ मंसिर २ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इन्द्रजित राईसमेतलाई प्रतिवादी बनाएर उजुरी हाले । त्यसमा प्रमुख आयुक्त प्रेमकुमार राईको समेत नाम जोडिएको छ । उजुरी त्यसै दिन दर्ता भए पनि त्यसबारे कुनै कारबाही अघि बढेन ।

यता, पन्थीलगायत पीडितहरूले भण्डारी र दुलालमाथि दबाब बढाउन थाले । त्यसैक्रममा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गृह मन्त्रालय सम्हाल्न आएका बालकृष्ण खाणको नाम लिएर दुलालले ‘खाण हाम्रै मान्छे हुन्’ भन्दै ‘गृह सचिव टेकनारायण पाण्डेसँग कुरा भइसकेको छ, अब रकम फिर्ता गर्ने होइन अमेरिका पठाउने काम गर्छौं’ भनेर फकाए । उनले पाण्डे र खाणलाई भेटाउन गृह मन्त्रालयमै पन्थीसहितका मानिसलाई निकै पटक लिएर पुगे ।

‘सीडीओलाई कसरी मिलाउने, ४ सय २९ जनाभित्र कसरी मान्छे पार्ने, प्रक्रिया र प्रतिवेदन कसरी मिलाउने जस्ता विषयमा उनीहरूबीच कुरा हुन्थ्यो,’ पन्थीले भनेका छन् । सचिव पाण्डेलाई भेट्न भण्डारी र दुलालसँग जाँदा उनीहरूले मोटो रकम पाण्डेको गाडीमा राखिदिने गरेको पन्थी बताउँछन् । ‘दुलालले सचिव पाण्डेसँग फोन गरी फोन ह्यान्स फ्रिमा राख्ने गरेका थिए,’ पन्थी भन्छन्, ‘त्यसरी कुरा हुँदा पाण्डेले जसरी पनि काम गरिदिन्छु भन्ने गरेका थिए ।’

सचिवले नै त्यसरी कुरा गरेपछि काम हुने विश्वास पन्थीमा पलायो । त्यसपछि उनले बायोमेट्रिकका लागि मोरङको सुन्दर हरैंचास्थित गोकर्ण रिसोर्टमा २०७९ भदौ २९ मा दुलाललाई भेटेर थप १४ लाख र रामशरण केसीले २३ लाख बुझाए । रिसोर्टमै २३ जनाको बायोमेट्रिक गराए । यसरी मान्छे खोजेर ल्याइदिएबापत पन्थी र उनको परिवारलाई अमेरिका जान लाग्ने खर्च नलाग्ने आश्वासन दुलालले दिएका थिए ।

रायमाझी तथा रिजालले प्रत्यक्ष भेटेरै पन्थीलाई आश्वासन दिने गरेका थिए । तर पनि काम हुने छाँट नदेखेपछि पन्थीहरूले योजनाकारमध्येका एक इन्द्रजित राईलाई उनकै कार्यकक्षमा पुगेर हात हाले । राईका सुरक्षा अधिकृत दुर्गाबहादुर रानाका अनुसार भण्डारी, दुलाल र रायमाझी राईको कार्यकक्षमा बरोबर आइरहन्थे । ‘२०७७ साउनरभदौतिर उनीहरूबीच राईकै कार्यालयमा हात हालाहालको स्थिति आएको,’ प्रहरीसँगको बयानमा राईले भनेका छन्, ‘मसमेत गई छुट्याएर भण्डारी, दुलाल र रायमाझीलाई कार्यकक्ष बाहिर लगेको हो । त्यतिबेला राईले अबदेखि यिनीहरूलाई भित्र पस्न नदिनू भन्ने आदेश दिएका थिए ।’

दुलाल र भण्डारीको खटपट राईसँग परे पनि त्यसलाई थामथुम पार्दै रायमाझीले पन्थीहरूलाई ढाडस दिएर थप रकम उठाउने काम गरे । त्यसलाई थप विश्वासिलो बनाउन परेका बेला भेटेर र नक्कली कागजात जुटाउन सहयोग गरेर रिजाल पनि ठगी तथा मानव तस्करीको धन्धामा लागिरहे ।

शेरबहादुर देउवा सरकारमा आएपछि गृहमन्त्री भएका खाण र गृह सचिव बनाइएका पाण्डेले पनि उही क्रम जारी राखे । तर, भण्डारी र दुलालहरूलाई पन्थीसहितका पीडितले विश्वास गरिरहन सकेनन् ।

पन्थीको उजुरीपछि पक्राउ परेका भण्डारीले प्रारम्भिक बयानमै टोपबहादुर रायमाझीलाई २ करोड दिएको पोल खोले । ‘सो रकममध्ये केही निजको छोरा सन्दीपको बैंक खातामा समेत पठाइदिएको’ उनले भनेका छन् । प्रहरीले भण्डारीको ललितपुर महानगरपालिका–४ स्थित घरमा गत वैशाख ६ मा खानतलासी गर्दा ‘नबिल बैंक’ लेखिएको हरियो र रातो रङमिश्रित डायरी फेला पार्‍यो । जसले उच्चपदस्थहरूको डरलाग्दो संलग्नतालाई एकपछि अर्को गर्दै उजागर गरिदियो ।

डायरीको पाना २९ मा ‘सन्दीप रायमाझी भाइलाई दिएको रकम विवरण’ शीर्षक छ । त्यसमा २०७४ वैशाख ४ देखि त्यसै वर्षको चैत ३० सम्म पटकपटक गरी ६९ लाख ६५ हजार ५ सय रुपैयाँ दिएको उल्लेख छ । अर्को पानामा ‘टोपबहादुर मामालाई दिएको विवरण’ मा २०७३ चैत १० देखि २०७४ जेठ १० सम्म ३ पटक गरी ५ लाख ४५ हजार दिएको उल्लेख छ । अर्को पानामा ‘भुटानी शरणार्थी रकमबाट खर्च भएको विवरण’ शीर्षकमा २०७६ असार १९ गते ‘सन्दीप भाइलाई दिएको’ भनी २० लाख रुपैयाँ उल्लेख छ । त्यसै शीर्षकअन्तर्गत सन्दीपलाई पैसा दिएको भोलिपल्ट ‘टोप मामालाई नगद दिएको पाँच लाख’ लेखिएको छ । त्यसको ८ दिनपछि ‘टोप मामालाई’ थप तीन लाख दिएको देखिन्छ ।

डायरीको अर्को पानामा इन्द्रजित राई र उनका छोरा नीरजलाई दिएको रकमको विवरण छ । जसअनुसार भण्डारीले २०७६ असार २ गते नीरजलाई ५० लाख र २३ गते ३५ लाख दिएको देखिन्छ । अर्को पानामा ‘नीरज सरलाई फेरि नगद दिएको’ र ‘इन्द्रजित सरलाई ६५ लाख दिएको’ भण्डारीले टिपोट गरेका छन् । त्यस्तै, दुलालको मोबाइलमा प्रहरीले पाण्डेसँग भाइबरमा गरेको कुराकानीको विवरणबाट थप प्रमाण फेला पार्‍यो । ‘आरसीयूले बेलडाँगी क्याम्पमा सिन्धुपाल्चोकतिरका मान्छेहरूको फोटो खिचेको छ, बुझ्नुपर्‍यो हजुर’ भनेर पाण्डेलाई म्यासेज पठाएको देखिन्छ जसमा उनले ‘हस्’ भनेर जवाफ दिएका छन् ।

मोबाइलमा यो प्रकरणका अनेक फोन कल, म्यासेज र कल रेकर्डिङ फेला पर्दै गयो । एउटा रेकर्डिङमा ‘प्रेम राई, बादल, टोपबहादुर रायमाझीलाई ५ करोड दिएको, मिलाएर १ हजार ६ सय २९ जनाको फाइल पास गराउनुपर्छ । यो कुरा बाहिर आयो भने बर्बाद हुन्छ । दुलालको दुक्की तिर्की मान्छेहरू यसमा छन् । यो प्रोजेक्ट जसरी नि पास गर्नुपर्छ । यो सबै काम मैले गर्ने हो, मबाहेक कसैले पनि सक्दैन,’ भनिएको छ । त्यस्तै, ‘टोप मामा’ नाम भएको अडियो फाइलमा ‘भट्टराई भाइ, सम्पूर्ण रकम बुझिलिएँ’ भनेको सुनिन्छ । यो टोपबहादुरकै आवाज भएको प्रहरीको जिकिर छ । उनको मोबाइलमा पाण्डेसँग भएको हिसाबकिताबका स्क्रिन सट र कुराकानीका थप विवरण पनि प्रहरीले फेला पारेको छ ।

अभियोगपत्रमा प्रहरीले सबभन्दा माथिल्लो पंक्तिमा सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सन्दीप रायमाझी र प्रतीक थापा बसेर राज्यविरुद्धको अपराधको योजना बुनेको जिकिर गरिएको छ । त्यसलाई कार्यान्वयन गर्न सन्देश शर्मा, आङटावा शेर्पा, नीरज राई, टंककुमार गुरुङ र सागर राई सक्रिय रहेको उल्लेख छ । त्यस्तै, यो राज्यविरुद्धको अपराधमा भएको षड्यन्त्रलाई नीतिगत रूपमा प्रभाव पार्न कार्यदल बनाउने काममा टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, बालकृष्ण खाण, नरेन्द्र केसी, टेकनाथ रिजाल र शमशेर मियाँ संलग्न भएको प्रहरी निष्कर्ष छ ।

यति ठूलो संगठित मानव तस्करी र राज्यविरुद्धको अपराधमा संलग्न उच्चपदस्थ यी मात्रै हुन् कि त्योभन्दा माथि पनि अरू कोही छ रु राज्यले अनुसन्धानको पाटो जारी राख्नुपर्नेछ ।

 

 

काभा महिला भलिबलको फाइनल खेल आज नेपालले तेस्रो स्थानका लागि खेल्दै

काठमाण्डाै – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधिका लागि आज भारत र काजकिस्तान खेल्दैछन् ।

खेल दिउँसो सवा ४ बजे राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा हुनेछ । प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा काजकिस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि खेल्न लागेको हो । उज्वेकिस्तान भारतसँग पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा हिजो भएको खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गरी पाँचौँ भएको छ ।

त्यस्तै माल्दिभ्सले बङ्लादेशलाई ३–१ को सेटमा पराजित गरी सातौँ भयो । बङ्लादेशले भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।

कुलमान घिसिङको अनुगमन, काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी

काठमाण्डाै –  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौँडा उपमहानगरपालिका थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा हिजो अनुगमन गरी जानकारी लिनुभयो ।

गएको फागुन अन्तिम हप्ता पनि अनुगमन गरेका उहाँले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि असन्तुष्टि जनाउनुभएको छ । त्यतिबेला ठेकेदार कम्पनीहरुले आउँदो असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएपछि घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिनुभएको छ ।

उहाँले सबस्टेसन निर्माणस्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरु सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरुलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिबाना तिराउने चेतावनी दिनुभयो । भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आज काठमाण्डौ आएर संयुक्त बैठक गर्न निर्देशन दिनुभयो ।

‘सबस्टेसन निर्माणको अनुगमनमा नियमित रुपमा आइरहेको छु, विगत दुई महिनामा केही काम गरेनौ, सबस्टेसनको निर्माण तत्काल सम्पन्न गरी पूर्व–पश्चिममा थप विद्युत् प्रवाहका लागि हामीलाई चाप छ, सबस्टेसन तत्काल सञ्चालन गर्न सकेनौँ भने दैनिक रुपमा ४००–५०० मेगावाट विद्युत् खेर जान्छ, यसको सबै क्षतिपूर्ति तिराउँछौँ,’ उहाँले चेतावनी दिँदै भन्नुभयो ‘तुरुन्त काठमाण्डौ आएर संयुक्त बैठक गर्नू ।’

चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडेर बाँकी रहेको काम गर्न टेण्डरमार्फत् सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५मा ठेक्का सम्झौता भएको थियो ।

यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सबस्टेस निर्माण पनि राखिएको छ । कोभिड–१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सबस्टेसनको निर्माण आउँदो असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सडक निर्माणमा लापरबाही गर्ने व्यवसायीसँग ललितपुर महानगरले सोध्यो स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी

काठमाण्डाै –  ललितपुर महानगरपालिकाले सडक बनाउन ढिलाइ र लापरबाही गर्ने दुई वटा निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको छ । महानगरले आज सार्वजनिक सूचना निकालेर बिरुवा कन्सट्रक्सन प्रालि काठमाण्डौ र सीएम–पवित्रा महर्जन जेभी ललितपुरलाई ७ दिनभित्र उपस्थित भइ स्पष्टीकरण दिन भनेको हो ।

महानगरपालिका र ती निर्माण व्यवसायीबीच विभिन्न सडकको कालोपत्र स्तरोन्नति गर्ने ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको काम गर्न महानगरपालिकाले आवश्यक सबै समन्वय र सहजीकरण गरेको तर निर्माणको काम सन्तोषजनक नरहेको महानगरले जनाएको छ । यसअघि पनि पटक–पटक पत्राचार गरेर निर्धारित समयमा काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता गराए पनि काममा प्रगति नदेखिएको सूचनामा उल्लेख छ ।

कार्यतालिका अनुसार काम नगरि अलपत्र परेका निर्माण व्यवसायीले प्रचलित कानुन एवं ठेक्का सम्झौता र आफ्नै प्रतिबद्धता उल्लङ्घन गरेको महानगरपालिकाले जनाएको छ । ठेक्का सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को उल्लङ्घन गरेकोमा सम्झौता रद्द गरी कालोसूचीमा राखेर किन कारबाही नगर्ने रु भनेर महानगरले स्पष्टीकरण सोधेको छ ।

तोकिएको समय ७ दिनभित्र उपस्थित भइ चित्तबुझ्दो आधार र कारण पेस नगरेमा सम्झौता रद्द गरी थप कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि महानगरले चेतावनी दिएको छ ।

नियमित कार्यक्रम नहुँदा रगतको अभाव, रक्तदान गर्न आग्रह

काठमाण्डाै –  रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको छ । काठमाण्डौ, चितवन, नेपालगञ्ज लगायत जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव हुन थालेको हो ।

नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिएको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा अहिले दैनिक ६ सयदेखि ८ सय पिन्ट रगतको माग छ ।

केन्द्रले साढे दुई सयदेखि तीन सय पिन्ट रगत वितरण गर्दै आएको छ । अन्य रगत भने विभिन्न अस्पतालमा खोलिएका ब्लड बैंक तथा सङ्घसंस्थाहरुले वितरण गर्ने गरेका उहाँले बताउनुभयो । तर, रक्तदान कार्यक्रम नियमित नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

रक्तदाताको अभावमा सङ्घ संस्था तथा क्लबहरुले पनि कार्यक्रम गर्ने क्रम घटेको छ । आफूले रगत दान गरे पनि आफूलाई चाहिएको बेला रगत नपाउने समस्यालगायतका कारण कतिपय रक्तदाताले रगत दानलाई नियमित गर्ने गरेका छैनन् ।

रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ । रगत अभाव भएपछि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले रगत दानलाई नियमित गरिदिन आग्रह गरेका छन् ।

रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन सबै रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले आग्रह गरेका छन् ।

भारत भ्रमणमा नयाँ ‘एअर रुट’ र मल कारखाना स्थापनाबारे छलफल हुन्छ प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा नयाँ ‘ए‍अर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको हिजोको बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’ बारे छलफल हुने बताउनु भएको हो । उहाँले भ्रमणमा भारतसँग सन् १९५० को सन्धि र नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे छलफल हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको बताउनुभएको छ ।

ुनागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा होल्डमा बसेको थियो, खारेज र एकपटकभन्दा बढी फिर्ता गर्ने प्रावधानसमेत थिएनु, उहाँले भन्नुभयो, ुविधेयक उत्पत्ति भएको मन्त्रिपरिषदबाटै प्रमाणीकरण गर्नका लागि विगतको यथार्थ विवरणसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । राष्ट्रपतिले यसको प्रमाणीकरण गर्नुहुन्छ भन्ने विश्वास छ ।ु

उहाँले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान गर्ने सरकारको नीति तथा कार्यक्रमबारे स्मरण गराउँदै भालुवाङका नागरिकको लालपुर्जाको व्यवस्था त्यही रणनीतिअन्तर्गत समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूमि दर्ता गर्न लाग्ने शुल्क घटाउन सरकारले पहल गर्नेसमेत जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका विषयमा नयाँ ऐन बनाउने र नीतिगत भ्रष्टाचारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले चुरे दोहन र तराई मरुभूमीकरणको विषयमा सरकार गम्भीर रहेको स्मरण गराउनुभयो । रुबी भ्यालीका विषयमा आवश्यक नीतिगत निर्णय लिएर अघि बढ्ने उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि विदेशिने क्रम रोक्न सिधैँ गाउँपालिका केन्द्रित रोजगार तालिम सञ्चालन गर्ने र आउँदो आवको बजेटमा यसबारे व्यवस्था गर्ने उहाँले बताउनुभयो । ुविगतमा विभिन्न नाममा जुन अनुदान रकम पठाउने गरेका छौँ, त्यसको सदुपयोग भएन भनेर नै यो पटक हामीले त्यसखालका कार्यक्रम गाभेर एकीकृत कार्यक्रमका रूपमा सिधै गाउँपालिकाअन्तर्गत कार्यक्रम लागू गर्नेछौँु, उहाँले भन्नुभयो ।

उहाँले आउँदो आवको नीति तथा कार्यक्रम र बजेटबीच दुई महिनाको ‘ग्याप’ राख्ने सुझावप्रति नयाँ ढङ्गले सोच्न जरुरी रहेको भन्दै यसबारे सरकारले पहल गर्नेसमेत बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी, भ्रष्टाचारका विषयमा निष्पक्षरूपमा अनुसन्धान भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितको संरक्षण र समस्या समाधानका लागि ऐन बनाएर विशेष ‘एक्सन टिम’ले समाधानको काम अघि बढाएकोसमेत जानकारी दिनुभयो ।

यस्तै रुग्ण उद्योग र बन्द उद्योग पुनः सञ्चालनका लागि सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले रासायनिक मलबारे यसपटक समस्या नहुने दाबीसमेत गर्नुभयो ।

उहाँले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे सकारात्मक छलफल भइरहेको भन्दै पश्चिम सेती परियोजनाको डीपीआर तयार भइरहेको बताउनुभयो । सिकलसेल एनिमियाको समस्या समाधानमा बजेटमा व्यवस्था गरिने उहाँको भनाइ छ ।

चीन र नेपालबीचको सहमतिमा सुरु भएको माडी जलाशययुक्त आयोजना सात महिनायता बन्द रहे पनि नयाँ शिराबाट फेरि अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।

उहाँले दैलेखको पेट्रोल खानी, खेलाडीको संरक्षण, छोटी भन्सार, जुट खेती, दार्चुला टिङ्कर सडक निर्माण, सामाजिक सञ्जाल नियमन, यौनिक अल्पसङ्ख्यकको विषय, निजी र सार्वजनिक विद्यालयबीचको अन्तर कम गर्ने, रासायनिक मल कारखाना, सेती नदीको संरक्षण, धनगढी विमानस्थल र पशुपति विकास कोषको जग्गाको विषय सरकारको प्राथमितामा रहेको बताउनुभयो ।

तीसौँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने

तीसौँ जलवायु शिखर सम्मेलन ९कोप–३०० ब्राजिलमा हुने भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२५ को अन्तर्राष्ट्रिय जलवायु सम्मेलन ९कोप–३०० आयोजनाका लागि ब्राजिललाई छनोट गरेको हो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा तीसौँ कोप आयोजना गर्ने घोषणा गर्नुभएको समाचार संस्था एएनआईले जनाएको छ ।

राष्ट्रपति लुलाले ट्विट गरेको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायःसबैले अमेजनकाबारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन यो सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गर्नुभएको छ ।

ब्राजिलका विदेश मामिला मन्त्री माउरो भिइराले संयुक्त राष्ट्रसङ्घले गएको वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुलाको अनुरोधलाई स्वीकार गर्दै ब्राजिलको प्रस्तावलाई हालै अनुमोदन गरेको जानकारी दिनुभएको छ । बेलेम डो पारा अमेजन जङ्गलको किनारमा अवस्थित उत्तरी ब्राजिलको एक सहर हो ।

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डौ ( आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लामा भने हावाहुरी चल्ने अनुमान छ । मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसोपछि काठमाण्डौसहित पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसोपछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु तथा भारतमा बनेको न्यून चापीय क्षेत्र र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसकै प्रभावका कारण अहिले कोशी प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भएको छ भने बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा भने यो प्रणालीको असर परेको छैन । यी प्रदेशको मौसम सामान्यतया सफा छ ।

कक्षा कोठामै काँप्न थाले छात्रा, पढाइ प्रभावित

डोटी । डोटी, बोगटान फुड्सिल गाउँपालिका(१ को सिमचौर माविमा कक्षा १० मा अध्ययनरत रमिला नाम परिवर्तन बिहानै हतारहतार गरेर विद्यालय आइन् । गर्मीको समयमा छकालै बिहानै विद्यालय खुल्ने भएका कारण पनि उनलाई झन् बढी हतार हुन्छ ।

विद्यालयमा आएपछि उनले पहिलो, दोस्रो र तेस्रो विषय राम्रैसँग पढिन् । चौथो विषयको पढाइ सुरु मात्रै भएको थियो, उनी रुन थालिन् । सँगै बसेकी साथीले उनलाई के भयो भनेर सोध्दा उनी झन् जोरले चिच्याउन थालिन् । चिच्याउँदा चिच्याउँदै उनी झाँक्री जस्तै काँप्न थालिन् ।

कक्षा कोठामा हल्लीखल्ली भयो । कक्षा शिक्षक र विद्यार्थीहरुले उनलाई च्यापेर राखेका थिए । अन्य कक्षा कोठामा पनि हल्ला फैलियो । यति हुँदासम्म कक्षा ८ मा पढ्ने उजली ९नाम परिवर्तन० लाई पनि यस्तै भयो । उनी काँप्दै रमिला भएको कोठामा प्रवेश गरिन् ।

यी दुवै काँप्ने, रुने चिच्याउने गरिरहेका थिएँ । अन्य कक्षामा पनि किशोरीहरु काँप्न सुरु भयो । सँगसँगै ८र९ जना छात्राहरु काँप्न थालेपछि सवै कक्षाको पठनपाठन रोकियो । शिक्षक९विद्यार्थीहरु विद्यालयको चौरमा जम्मा भए ।

एक शिक्षकले काँप्ने विद्यार्थीका अभिभावकलाई फोन गरे, अर्काले झाँक्रीलाई बोलाए । अभिभावकहरु पनि विद्यालय पुगे, किशोरीहरु काँप्न रोकिएन ।

कक्षा कोठामै किशोरीहरु काँप्ने विद्यालयका लागि नौलो विषय भने होइन् । तर एकै पटक ८र९ जना काँपेको भने नयाँ भएको शिक्षकहरु बताउँछन् । ‘एकरदुई जना काँप्न थालेको धेरै वर्ष भयो’ विद्यालयका शिक्षक केशरबहादुर बम भन्छन्, ‘तर दुई तीन दिनयता ८र१० किशोरीहरु संगै काँप्न थालेका छन् ।’ यसले विद्यालयको पठनपाठनमा समस्या भएको बम बताउँछन् ।

यसअघि पनि विद्यालयमा किशोरीहरु काँप्न थालेपछि विद्यालयले स्थानीय स्वास्थ्य चौकीलाई खबर गरेको शिक्षक बमले बताए । उनले भने, ‘स्वास्थ्य चौकीबाट टोली आयो तर मानसिक समस्या भएको भनेर गयो ।’ काँप्न सुरु भएपछि एक दुई घण्टा लगातार काँपिरहने गरेको शिक्षक बमको भनाइ छ ।