कक्षा कोठामै काँप्न थाले छात्रा, पढाइ प्रभावित – Nagarikabhiyan : National News

कक्षा कोठामै काँप्न थाले छात्रा, पढाइ प्रभावित

डोटी । डोटी, बोगटान फुड्सिल गाउँपालिका(१ को सिमचौर माविमा कक्षा १० मा अध्ययनरत रमिला नाम परिवर्तन बिहानै हतारहतार गरेर विद्यालय आइन् । गर्मीको समयमा छकालै बिहानै विद्यालय खुल्ने भएका कारण पनि उनलाई झन् बढी हतार हुन्छ ।

विद्यालयमा आएपछि उनले पहिलो, दोस्रो र तेस्रो विषय राम्रैसँग पढिन् । चौथो विषयको पढाइ सुरु मात्रै भएको थियो, उनी रुन थालिन् । सँगै बसेकी साथीले उनलाई के भयो भनेर सोध्दा उनी झन् जोरले चिच्याउन थालिन् । चिच्याउँदा चिच्याउँदै उनी झाँक्री जस्तै काँप्न थालिन् ।

कक्षा कोठामा हल्लीखल्ली भयो । कक्षा शिक्षक र विद्यार्थीहरुले उनलाई च्यापेर राखेका थिए । अन्य कक्षा कोठामा पनि हल्ला फैलियो । यति हुँदासम्म कक्षा ८ मा पढ्ने उजली ९नाम परिवर्तन० लाई पनि यस्तै भयो । उनी काँप्दै रमिला भएको कोठामा प्रवेश गरिन् ।

यी दुवै काँप्ने, रुने चिच्याउने गरिरहेका थिएँ । अन्य कक्षामा पनि किशोरीहरु काँप्न सुरु भयो । सँगसँगै ८र९ जना छात्राहरु काँप्न थालेपछि सवै कक्षाको पठनपाठन रोकियो । शिक्षक९विद्यार्थीहरु विद्यालयको चौरमा जम्मा भए ।

एक शिक्षकले काँप्ने विद्यार्थीका अभिभावकलाई फोन गरे, अर्काले झाँक्रीलाई बोलाए । अभिभावकहरु पनि विद्यालय पुगे, किशोरीहरु काँप्न रोकिएन ।

कक्षा कोठामै किशोरीहरु काँप्ने विद्यालयका लागि नौलो विषय भने होइन् । तर एकै पटक ८र९ जना काँपेको भने नयाँ भएको शिक्षकहरु बताउँछन् । ‘एकरदुई जना काँप्न थालेको धेरै वर्ष भयो’ विद्यालयका शिक्षक केशरबहादुर बम भन्छन्, ‘तर दुई तीन दिनयता ८र१० किशोरीहरु संगै काँप्न थालेका छन् ।’ यसले विद्यालयको पठनपाठनमा समस्या भएको बम बताउँछन् ।

यसअघि पनि विद्यालयमा किशोरीहरु काँप्न थालेपछि विद्यालयले स्थानीय स्वास्थ्य चौकीलाई खबर गरेको शिक्षक बमले बताए । उनले भने, ‘स्वास्थ्य चौकीबाट टोली आयो तर मानसिक समस्या भएको भनेर गयो ।’ काँप्न सुरु भएपछि एक दुई घण्टा लगातार काँपिरहने गरेको शिक्षक बमको भनाइ छ ।