१३ जेष्ठ २०८०, शनिबार १२:४८ – Page 7 – Nagarikabhiyan : National News

नेकपा एमाले संसदको अवरोध हटाउन सहमत, माओवादीका सांसद दाहालको भनाई रेकर्डबाट हट्ने

नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ । पशुपतिनाथको मन्दिरमा सुनको जलहरीमा भएको अनियमितताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमै स्पष्ट पार्ने भएपछि नेकपा एमाले अवरोध हटाउन तयार भएको हो ।

संसदको अवरोध हटाउने विषयमा आज बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य शीर्ष नेताहरुबीच भएको छलफलमा जलहरीबारे माओवादीका सांसद राजन दाहालले बोेलेको विषय संसदको रेकर्डबाट हटाउने र यस विषयमा प्रधानमन्त्री प्रचण्डले पनि बैठकमै स्पष्ट पार्ने सहमति भएको छ ।

संसद बैठक आज दिउँसो ४ बजेको लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यसूची छ । प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

गएको बुधबारको बैठकमा माओवादीका सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचारका थुप्रै काण्ड भएको र पशुपतिनाथमा सुनको जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाउनुभएको थियो । दाहालको आरोपमा आपत्ति जनाउँदै एमालेले हिजो प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्दै बैठक चल्न दिएको थिएन ।

अन्तिम अपडेटस् जेठ १३, २०८०

प्रचण्डको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले दियो जानकारी

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री प्रचण्डले यही जेठको १७ गतेदेखि २० गतेससम्म भ्रमण गर्ने तय भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतका द्विपक्षीय विविध विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुहुनेछ । ‘छिमेक पहिले’ भन्ने नीतिलाई थप मजबुत बनाउन नेपालका प्रधानमन्त्रीको भ्रमणले थप सहयोग पुग्ने र यसले द्विपक्षीय साझेदारीलाई बढावा दिने पनि मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, उपराष्ट्रपति र अन्य विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुनेछ । औपचारिक कार्यक्रम र भेटघाटका अतिरिक्त प्रधानमन्त्री प्रचण्डले उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

बेहडाबाबा मन्दिर व्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गरे

 १३, जेठ देवानगंज  – बेहडाबाबा मन्दिर व्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गरिएको छ। ूहाम्रो धनगढी हामी बनाउछौू भन्ने मूल नाराका साथ सरसफाइ अभियानमा लागेको धनगढी उपमहानगरपालकाले समितीलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको हो।

यही जेष्ठ १६ गते धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ मा रहेको धार्मिक स्थल बेहडाबाबा मन्दिरमा लाग्ने गंगादशहरा मेलामा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि धनगढी उप–महानगरपालिकाले डस्टबिन हस्तान्तरण गरेको उपमहानगरले जनाएको छ। साथै उपमहानगरले बहेडाबाबा क्षेत्रमा हाइमास्ट लाइटसमेत जडान गरेको छ।

ए डिभिजन लिगमा आज तीन खेल, मछिन्द्र र चर्च ब्वाइज शीर्ष स्थानको प्रतिस्पर्धामा

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् । दिउँसो २ बजे दशरथ रंगशालामा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले खेल्नेछन् ।

जावलाखेल ३४ अंकसहित तेस्रो र एपीएफ २६ अंकसहित आठौँ स्थानमा छ । यस्तै, ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले खेल्दैछन् । मछिन्द्र ३५ अंकसहित दोस्रो र आर्मी २९ अंकसहित चौथो स्थानमा छ ।

आजै बेलुका ६ बजे दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबसँग खेल्नेछ । चर्च ब्वाइज ३८ अंकसहित शीर्ष स्थानमा छ भने संकटा रेलिगेशन क्षेत्रमै छ । १४ टोली सहभागि ए डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर बी डिभिजनमा घटुवा हुनेछन् ।

ठूला नेताहरु छलफलमा

काठमाण्डाै – प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुट्नुभएको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा ९माओवादी केन्द्र०का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी हुनुहुन्छ ।

सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी हुँदा संसद् बैठक प्रभावित भएको छ । हिजोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी एमालेका अवरोधका कारण नियमित कारबाहीमा प्रवेश गर्न नसक्दा बैठक प्रभावित भएको छ ।

प्रदेशसभाको बैठक आजदेखि सुरु हुने

 १३, जेठ देवानगंज ।  सुदूरपश्चिम प्रदेशसभाको बैठक आजदेखि सुरु हुने भएको छ । प्रदेश सभा बैठकमा बजेटका प्राथमिकताका विषयमा छलफल हुने भएको हो । बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकको पूर्व सन्ध्यामा आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिममा कार्यरत वैङ्कक तथा वित्तीय संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरू सँग हिजो सुझाव मागेका थिए ।

शुक्रवार मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा गरिबी निवारण तथा आर्थिक उत्थानसँग सम्बन्धित चुनौती तथा समस्या सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरी २०८०र८१ को पूर्व बजेट छलफल तथा सुझाव संकलन गरेका थिए ।

सुदूरपश्चिम प्रदेश भित्र काम गर्ने सम्पूर्ण वैङ्कहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको सचिवालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशको गरिबी निवारण सँगै सुदूरपश्चिम प्रदेशको समृद्धिमा वैङ्कक तथा वित्तीय संस्थाहरूको भूमिका के हुन सक्छ र सुदूरपश्चिम प्रदेशले ल्याउने नीति तथा कार्यक्रमको विषयमा अग्रिम सुझाव समेत मन्त्रालयले मागेको छ । कार्यक्रमका अधिकांश सहभागीले पर्यटन, कृषि र जलविद्युतलाई पहिलो प्राथमिकता राखेर नीति तथा कार्यक्रम निर्माण गर्नु पर्ने सुझाव दिएका छन् ।

विराटनगरमा निषेधाज्ञा सुरु

देवानगंज –कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शन गर्दै आएका पहिचान समर्थकको आन्दोलन उग्र बन्ने शंकामा जिल्ला प्रशासन कार्यालय मोरङले विभिन्न ठाउमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अघि बिहान ६ बजेदेखि लागू भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले निषेधित क्षेत्रमा सर्वसाधारण तथा गाडी आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको उल्लेख गर्नुभएको छ ।

प्रदेश सभा पूर्वमा देवकोटा चोकबाट पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकबाट दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकबाट पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

भोलिदेखि सुरु हुने कोशी प्रदेशको बर्खे अधिवेशन आन्दोलनकारीले प्रभावित पार्न सक्ने र आक्रमणकै डर भएकाले निषेधाज्ञा लगाइएको प्रशासनको भनाई छ । गएको फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामाकरण गरेपछि प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ ।

६ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

काठमाण्डौ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ पालिका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९९ पालिकाका ८० जनालाई तीनवर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रि–डिप्लोमा तहमा एक सय ६० जना र तीन वर्षे डिप्लोमा र प्रमाणपत्र तहमा चार सय जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदैछ । उहाँका अनुसार ती विद्यार्थीलाई निर्वाह भत्ताबापत मासिक तीन हजार पाँच सय रुपैयाँ, यातायात खर्चबापत प्रतिवर्ष एक हजार पाँच सय र पोशाक खर्चबापत प्रतिवर्ष दुई हजार पाँच सय रुपैयाँसमेत उपलब्ध गराइनेछ ।

यस्तै ८० विद्यार्थीले तीन वर्षे बालीविज्ञान डिप्लोमा इन एग्रिकल्चर र डिप्लोमा इन होटल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दैछन् । डिप्लोमा इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिनुभयो । १८ महिने प्रि डिप्लोमा एग्रिकल्चर, फरेष्ट्री, अटोमोबाइल इञ्जिनियरिङ र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ ।

यस्तै तीन वर्षे डिप्लोमा सिभिल इञ्जिनियरिङ, बालीविज्ञान, जियोमेटिक्स इञ्जिनियरिङ, बायोमेडिकल इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङस्पेशलाइजेशन इन हाइड्रोपावर, रेफ्रिजिरेशन एण्ड एयरकन्डिसनिङ इञ्जिनियरिङ, मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै –  आज पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण देशभर नै आंशिक बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना धेरै छ । आज ठूलो पानी पर्ने सम्भावना छैन तर प्रि मनसुनको समय भएकाले कतै कतै थोरै ठाउँभित्रै भारी वर्षा हुन सक्ने प्रधानाङ्गले बताउनुभयो । हिजो अस्ति जस्तो हावाहुरीको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

यसपटक प्रि मनसुनको समयमा पश्चिमी वायु धेरै सक्रिय रहेकाले मनसुन छिटो भित्रने अनुमान गरिएको तर पक्का भइनसकेको पनि महाशाखाले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा थप एक पक्राउ, यसअघि पक्राउ परेकाहरुको अदालतमा बयान

काठमाण्डाै –नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले हिजो नै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखेको छ ।

लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पालगायत १६ जना यसअघि नै पक्राउ परेका थिए । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका केही फरार छन् ।

यसैबीच काठमाण्डौ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हिजोदेखि बयान सुरू भएको हो । हिजो केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जाने अदालतले जनाएको छ ।

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ । यो प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अदालतमा अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ । उनीहरूविरुद्ध संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्ते कसुरको मागदाबी गरिएको छ ।

गाडीभाडामा मनपरी स् सरकारले बल्ल घटायो, व्यवसायीले अझै घटाएनन्

गाडीभाडामा मनपरी स् सरकाबझापाका स्थायी बासिन्दा हरिप्रसाद शर्मा काठमाण्डौको कोटेश्वरमा बस्न थालेको करिब ४० वर्ष भयो । शिक्षण पेशामा आबद्ध शर्मा कतै आउजाउ गर्दा सार्वजनिक गाडी चढ्नुहुन्छ । सरकारले डिजलको भाउ लिटरमा १० रुपैयाँ घटाएको ९ दिनपछि बाग्मती प्रदेश सरकारले बिहीबारदेखि काठमाण्डौ र प्रदेशभित्र चल्ने गाडीको भाडा घटायो । तर, शर्मा भने पहिले तिर्ने गरेको भाडामा आउजाउ गरिरहनु भएको छ ।

कोटेश्वर बहुमुखी क्याम्पस तथा ललितपुर चापागाउँको एक निजी विद्यालयमासमेत पढाउने शर्माले कोटेश्वरबाट लगनखेल आउँदा २० रुपैयाँ तिर्नुभयो । जबकि घटेको भाडादर अनुसार उहाँले १९ रुपैयाँ मात्र तिर्नुपथ्र्यो ।

उहाँले भाडा घटेको र त्यसै अनुसार सहचालकसँग पैसा फिर्ता पनि माग्नु भएको हो तर चानचुन छैन भन्दै उहाँले फिर्ता पाउनु भएन । उहाँ भन्नुहुन्छ, ‘घटेको भाडा त घटाउनै पर्छ एकरदुई रुपैयाँ भनेर हुँदैन । हामी कुनै पनि कार्यालयमा जाँदा एकरदुई रुपैयाँ पुगेन भने काम हुन्छ र रु जग्गा पास गर्न जाँदा एकरदुई रुपैयाँ भएन भने पास हुन्छ र रु’

गोदावरीका बाबुकाजी महर्जन २३ वर्षदेखि गोदावरी–रत्नपार्क रुटमा गाडी चलाउनुहुन्छ । एक पटकमा झण्डै २२ जना यात्रु बोक्ने उहाँलाई भाडा घटेकोबारे थाहा छैन ।

‘डिजेलको भाउ घटेपछि अब भाडा घट्छ होला तर, अहिलेसम्म हामीलाई घटाएको चिठी आएको छैन’ पुरानो भाडादर देखाउँदै महर्जन भन्नुहुन्छ, ‘स्वचालित मूल्य प्रणाली भनेको छ । सरकारले घटायो भने घटाउने बढायो भने बढाउने हो ।’

सार्वजनिक गाडीले रुट अनुसारको भाडादर सबै यात्रुले देख्ने गरी टाँस्नुपर्ने, टिकट काउन्टरमा पनि सूची राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, धेरैजसो सार्वजनिक गाडीले भाडादरको सूची टाँस्ने गरेका छैनन् ।

सरकारले डिजलको भाउ बढाउँदा सरकारको निर्णय नै नकुरी भाडा बढाउने व्यवसायीहरुले अहिले सरकारले भाडा घटाउने निर्णय नै गरिसक्दा पनि भाडा घटाएका छैनन् ।

काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा अहिले एक रुपैयाँले घटेको छ । पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ रहेकोमा अब १९ रुपैयाँ कायम भएको छ ।

यस्तै, १० किलोमिटरसम्मको गाडीभाडा २७ रुपैयाँबाट २५ रुपैयाँ, १५ किलोमिटरसम्मकोमा ३२ रुपैयाँबाट ३० रुपैयाँ, २० किलोमिटरसम्मकोमा ३५ रुपैयाँबाट ३३ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथिकोमा ४० रुपैयाँबाट ३८ रुपैयाँ कायम भएको छ । तर, बाग्मती बाहेक अन्य ६ प्रदेशमा भने छोटो दुरीको भाडा घटेको छैन ।

चालक महर्जनका अनुसार अहिले लगनखेलबाट सिंहदरबारसम्म २० रुपैयाँ लिने गरेको र रत्नपार्कसम्म भने २३ रुपैयाँ भए पनि चानचुन पैसा नहुने कारणले २५ रुपैयाँ लिने गरेको बताउनुहुन्छ ।

चानचुन पैसा फिर्ता किन नदिने भन्दा महर्जन भन्नुहुन्छ, ‘अहिले चानचुन पैसा साट्ने ठाउँ नै छैन । कहाँबाट साट्नु रु पेसिन्जर पनि अहिले त बुझ्ने भइसके । कोहीले भने किचकिच गर्छन् । कहिले हामी छा्ड्छौँ । कहिले उनीहरुले छोड्छन् ।’

यात्रुसँग एक रुपैयाँ मात्रै बढी भाडा लिएको थाहा पाए पनि समितिले पाँच हजार रुपैयाँ जरिबाना लिने भएकाले भाडा बढी नलिएको तर्क छ महर्जनको । उहाँ भन्नुहुन्छ, ‘अब दुईरचार दिनमा आउँछ होला समितिबाट त्यसपछि घटाउने हो ।’

सामान्यतया लगनखेल–रत्नपार्क रुटका माइक्रोबसहरुले एक ट्रिपमा २२ जना यात्रु बोक्छन् भने दिनभरीमा झण्डै १० ट्रिप जति गर्ने गर्छन् । यसरी रत्नपार्क आउजाउ गर्दा अहिले घटेको न्यूनतम भाडादरमा घट्नु पर्ने एक रुपैयाँको हिसाब गर्दा पनि माइक्रोहरुलाई सोझै ४ सय ४० रुपैयाँ फाइदा हुने देखिन्छ । अझ न्यूनतमभन्दा माथि दुई रुपैयाँ घट्नु पर्ने ठाउँको हिसाब गर्दा त्यो अझ बढी हुन आउँछ ।

साझा यातायातले पनि अहिलेसम्म भाडादर घटाएको छैन । अहिले पनि साझाले न्यूनतम भाडादर २० रुपैयाँ नै लिइरहेको छ । साझा यातायातका रत्नपार्क–गोदावरी रुटका सहचालक राजु अधिकारी पनि साझा यातायातले अहिलेसम्म भाडा नघटाएको र न्यूनतम भाडादर २० रुपैयाँ नै लिइरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म पनि हाम्रोमा २० रुपैयाँको नै टिकट दिने गरेको छ ।’

सरकारले बाग्मती प्रदेशमा छोटो दुरीमा भाडा घटाए पनि सुदूरपश्चिम, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अन्तर पालिका भाडादर अहिलेसम्म समायोजन हुन सकेको छैन । वैज्ञानिक भाडादर प्रणाली अनुसार पेट्रोल र डिजलको मूल्यमा ५ प्रतिशत तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने भने पनि ती प्रदेशहरुमा भने नयाँ भाडादर कायम भएको छैन । भाडादर समायोजन गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत बाँकी पक्षलाई आधार मान्नुपर्ने हुन्छ ।

त्रिचन्द्र कलेजमा पढ्ने सिरहा मिर्चैया नगरपालिकाकी सवी साह लगनखेल बस्नुहुन्छ । कलेज आउजाउ गर्दा दुई पटक गाडी चढ्नुपर्छ । विद्यार्थीको परिचय पत्र भएका कारण उहाँले कलेजसम्म गएको १५ रुपैयाँ तिर्नुपर्छ । तर, अहिले भाडा घटिसक्दा पनि उहाँले भने १५ रुपैयाँ नै तिरिरहनु भएको छ । ‘भाडा घटेको होइन भनेर भन्दा होइन त्यति नै हो भनेर जिद्दी गर्छन् । अब बसेर कराइरहने कुरा पनि भएन,’ साह भन्नुहुन्छ ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँर डिजेलको भाउ घटेर सरकारले भाडा घटाए पनि यो वैज्ञानिक नभएको बताउनुहुन्छ । उहाँका अनुसार अहिले सरकारले न्यूनतमा भाडादरमा एक रुपैयाँ घटाएकोले त्यो पैसा लिन पनि नमिल्ने अनि छोड्न पनि नमिल्ने भएको छ । रले बल्ल घटायो, व्यवसायीले अझै घटाएनन्

पुलिसले पुछारको खुमलटारलाई हरायो

काठमाण्डौ –  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई हराएको छ ।
आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले खुमलटारलाई २–० गोलले हरायो । पुलिसका लागि भरत शाह र मोहमद आसिकले गोल गरे ।

यो जितसँगै पुलिस छैटौँ स्थानमा उक्लिएको छ । पुलिसको २१ खेलमा २८ अङ्क छ । खुमलटार उति नै खेलमा २१ अङ्कसहित तालिका को पुछारमा छ । खुमलटार रेलिगेशन जोनु मा कायमै छ ।
१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली ुरेलिगेशन जोनु मा परेर बीु डिभिजनमा घटुवा हुनेछन् ।

‘देशमा कोही पनि इमानदार मान्छे छैनन् भनेर देखाउन पशुपतिको जलहरीमा भ्रष्टाचार भयो भनियो’

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालप्रति आक्रोश व्यक्त गर्नुभएको छ । देशमा कोही पनि इमानदार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह भएको उहाँको जिकिर थियो ।

पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले त्यस्ता असत्य, आधारहीन र नागरिकलाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको पनि बताउनुभयो । कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभएको दाबी गर्दै उहाँले सत्तारूढ दलहरूले मिलेर आरोप लगाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यति बेला चौतर्फी घेराबन्दीमा छौँ । नेकपा एमाले भ्रष्टाचारको सधैँ विरोधी छ । स्वच्छता, पारदर्शीता, सुशासनको पक्षमा छ । तर एमालेलाई बदनाम गर्न खोजियो । आज संसदमा पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्‍यो भनेर एक जना सांसदले बोले । संसद आधारहीन, असत्य र नागरिकलाई भ्रममा पार्ने खालका कुराहरू गर्ने ठाउँ होइन । नेकपा एमाले, त्यसमा पनि मैले, जसले जिन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको छु । त्यही मान्छेका विरुद्ध यो त इमानका शत्रुहरूले गर्ने काम हो । यो भनेको देशमा कोही पनि इमानदार छैन भन्ने स्थापित गरेर देशप्रतिकै वितृष्णा जगाउने देशद्राही काम हो ।’

अध्यक्ष ओलीले सांसद दाहालप्रति सङ्केत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले देशलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू नजिककालाई जबरजस्ती पोल्न लगाइएको जिकिर गर्नुभयो । यस प्रकरणमा एमालेलाई मुछ्न बयानसमेत रोकिएको उहाँको आरोप थियो ।

बृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णय 

काठमाण्डाै –  उज्बेकिस्तानलाई हराउँदै भारत एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ ।

आज शुक्रवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१५ ले जित्यो ।

आजै अर्को सेमिफाइनलमा नेपाल र काजकिस्तान खेल्दैछन् । खेल बेलुका ५ बजे त्रिपुरेश्वरको कभर्ड हलमा हुनेछ ।

बृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णय

काठमाडौँः नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ।

शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेकोे हो। पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको बृहत् नेपाली शब्दकोशमा विवादित शब्दहरुको रहेको भन्दै धेरै उजुरी आएको बताए।

बृहत् नेपाली शब्दकोशमा कुनैपनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको उनले बताए। राईले बृहत् शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरूसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउने बताए। कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटेर लैजानुपर्ने चुनौती रहेको बताए।

रेशम चौधरीको निवेदन राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा पठायो

सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा पठाएका छन् ।

आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो ।

साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । उनले रेशमलगायतलाई थुनामुक्त गर्न नहुने माग राखेर राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।