पुलिसले पुछारको खुमलटारलाई हरायो – Nagarikabhiyan : National News

पुलिसले पुछारको खुमलटारलाई हरायो

काठमाण्डौ –  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई हराएको छ ।
आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले खुमलटारलाई २–० गोलले हरायो । पुलिसका लागि भरत शाह र मोहमद आसिकले गोल गरे ।

यो जितसँगै पुलिस छैटौँ स्थानमा उक्लिएको छ । पुलिसको २१ खेलमा २८ अङ्क छ । खुमलटार उति नै खेलमा २१ अङ्कसहित तालिका को पुछारमा छ । खुमलटार रेलिगेशन जोनु मा कायमै छ ।
१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली ुरेलिगेशन जोनु मा परेर बीु डिभिजनमा घटुवा हुनेछन् ।