४ पुष २०८१, बिहीबार १०:१८ – Nagarikabhiyan : National News

प्रधानमन्त्री केपी शर्मा ओली  यही पुसमा भारतको भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली  यही पुसमा भारतको भ्रमणमा जाने भएका छन्। त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ।

युरोप भ्रमणमा सकेर परराष्ट्रमन्त्री आरजु राणा त्यहीबाट नयाँ दिल्ली पुगेकी छन्।  प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा दिल्ली गएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका  अनुसार प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय भइनसके पनि यही पुस २५ गते जाने गरि तयारी थालिएको छ।

भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने मन्त्री राणाको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री ओलीले पनि गृहजिल्लामा झापामा भएको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने बताएका थिए।

मंसिर १७ गते चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणालाई नै दिल्ली पठाएका थिए।  तर त्यसबेला दिल्लीबाट ठोस जवाफ नआएपछि ओली चीन भ्रमणमा गएका थिए।

त्यसअघि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको थियो।

 

प्रहरीमा जागिर छाड्नेको लर्को, चार महिनामा ५ सय ९ जनाले जागिर छाडे

काठमाडौं ।  चालू आर्थिक वर्षको चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले जागिर छाडेका छन्।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले २०८१ साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको बताए।

साउनदेखि कार्तिकसम्म १ हजार १ सय १५ जना प्रहरीविरुद्ध विभिन्न उजुरी परेको र तीमध्ये ७ सय ६८ वटा फर्स्योट भएको अधिकारीले बताए। पछिल्लो ४ महिनामा नेपाल प्रहरीको १४ वटा कार्यालय भवन तयार भएका छन । चालु आर्थिक वर्षको चार महिनामा दुईवटा कार्यालय प्रमुख निवास, १५ ब्यारेक र १४ वटा मेश तयार भएका हुन्। हाल ४२१ वटा प्रहरी युनिटले अन्य निकायको भवनमा आश्रित भएर कार्यालय सञ्चालन गरिरहेको छ।

अपराधकाे तथ्यांक डरलाग्दो 

यो अवधिमा देशभर १९ हजार ४९८ आपराधिक घटना प्रहरीमा दर्ता भएका छन्। तीमध्ये बैंकिङ कसुर, आर्थिक कारोबार र ठगीका घटना सबैभन्दा बढी छन्।

चार महिनामा बैंकिङ कसुरमा मात्रै ४ हजार ३५९ उजुरी परेका छन्। चेक बाउन्सको मुद्दा मात्रै हेर्न मिल्ने प्रहरीका लागि आर्थिक अपराध सबैभन्दा चुनौती बनिरहेको तथ्यांकले देखाएको छ।

प्रहरीको तथ्यांक अनुसार चार महिनामा हत्याका १०९ घटना भएका छन् भने हत्या प्रयासका ३८२ उजुरी परेका छन्। त्यस्तै चार महिनामा अपहरणका ६५ उजुरी दर्ता भएका  छन्।

नेपाली समाजमा जबरजस्ती करणी अर्को जोखिम बन्दै गएको छ। चार महिनामा प्रहरीमा ८२३ घटना दर्ता भएको छ। नेपाली समाजमा  आमहत्याको तथ्यांक पनि डरलाग्दो छ। यो बीचमा २ हजार २३६ जनाले आत्महत्या गरेका छन्।

अमेरिकाले लगायो चार पाकिस्तानी कम्पनीमाथि प्रतिबन्ध

अमेरिकाले ब्यालेस्टिक मिसाइल कार्यक्रममा सहभागी भएको भन्दै चार पाकिस्तानी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको वक्तव्यअनुसार पाकिस्तानको लामो दूरीको मिसाइल कार्यक्रम र त्यसबाट हुने खतरालाई मध्यनजर गर्दै कार्यकारी आदेशका आधारमा चार पाकिस्तानी कम्पनीमाथि प्रतिबन्ध लगाइएको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार पाकिस्तानको नेसनल डेभलवमेन्ट कम्प्लेक्स, अख्तर एण्ड सन्स प्राइभेट लिमिटेड, फिलेट्स इन्टरनेसनल र रकसाइट इन्टरप्राइजेजमाथि प्रतिबन्ध लगाइएको हो। गत सेप्टेम्बरमा अमेरिकाले यही विषयमा पाकिस्तानका पाँच कम्पनी र एक व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो ।

पाकिस्तानले भने कथितरूपमा ब्यालेस्टिक मिसाइल उत्पादनसँग जोडिएका भन्दै प्रतिबन्ध लगाएकोमा आपत्ति जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जहरा बलुचले अमेरिकाले पक्षपातपूर्ण र राजनीतिका पूर्वाग्रहका रूपमा यस्तो कार्य गरेको आरोप लगाए।

अमेरिकाले सन् २०२३ को अक्टोबरमा मिसाइल निर्माण सामग्री आपूर्ति गरेको भन्दै तीनवटा चिनिया कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको थियो।

देवानगञ्जमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ कप्तानगञ्जमा  खेतमा सिचाइ गर्ने क्रममा पानी ताने मोटरबाट करेन्ट लागेर स्थानिय किसान राधा कृष्ण मेहताको मृत्यू भएको छ भने निजको छोरा वर्ष १५ को करण मेहता गम्भीर घाइते भएको छ।

करेन्ट लागेर बेहोस भएको राधा कृष्ण  मेहता लाई कोशि अस्पताल विराटनगर लगे पछि चिकित्सकले मृत घोषणा गरेको थियो यता छोरा करण मेहताको उचार भई रहेको र अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यलाय देवागनञ्जका प्रमुख कमल विष्टले जानकारी दिनु भएको छ ।

नेपालमा चक्रवात ‘फेनजल’को सामान्य प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं । बंगालको खाडीमा विकास भएको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव नेपालमा परेको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव पनि छ ।

आज (आइतबार) देशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मोरङको ग्रामथान गाउँपालिकाका सबै मतदान केन्द्रमा मतदान सुरु

विराटनगर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाका सबै मतदान केन्द्रमा मतदान सुरु भएको छ ।

ग्रामथानको अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार सबै केन्द्रमा मतदान सुरु भइसकेको हो । मतदानका लागि मतदाता लाइनमा बसिसकेका छन् ।

यो समाचार तयार पार्दासम्म प्रत्येक केन्द्रमा १०/१२ वटाभन्दा बढी मत खसिसकेको छ । ‘दलका प्रतिनिधि बुथमा बसिसके । मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गरिरहनु भएको छ । सबै केन्द्रमा मतदान सुरु भइसक्यो । धमाधम मत खस्दैछ,’ पौडेलले भने । उनी अहिले ग्रामथान–५ को देवी मावि मतदानस्थलमा छन् ।

पौडेलका अनुसार सबैभन्दा पहिले ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको हो । ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगले मतदानका लागि आज (आइतबार) बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएका कारण निर्धक्कसाथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । निर्वाचनका लागि ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको छ।

निर्वाचनको भित्री एवं पहिलो घेरामा नेपाल प्रहरी रहने छ । बीच वा दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम अर्थात तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने गृह मन्त्रालयले जनाएको छ ।

गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा परिचयपत्र वा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने छन् ।

ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि आज उपनिर्वाचन भइरहेको हो ।

ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेमकिपाबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन् ।

आजदेखि जनकपुरमा विवाहपञ्चमी महोत्सव शुरु, पहिलाे दिन नगर दर्शन

धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव विधिवत् शुरु भएको छ। त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ।

सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ। दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ। महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ।

नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताए।

त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ ।

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु

काठमाडौं ।  स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन्।

यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।  आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ।

 

सिरहामा गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्यु

सिरहा ।  सिरहाको बरियारपट्टी गाउँपालिका– १  मा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ।

उनको ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए।

उनका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन। गाडीको खोजतलास भइरहेको उनको भनाइ छ।

तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जबरजस्ती असुली धन्दामा पक्राउ परे आम आदमीका विधायक

आम आदमी पार्टीका विधायक नरेश बल्यानलाई दिल्ली प्रहरीको अपराध शाखाले पक्राउ गरेको छ।

लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जबरजस्ती असुली मुद्दामा आप विधायकविरुद्ध यो कारबाही गरिएको हो।

नरेश बल्यानको अडियो क्लिप भाजपाले जारी गरेको छ। बल्यान र गुण्डा नाइके कपिल साङ्वान उर्फ ​​नन्दुबीच भएको कुराकानीको अडियो क्लिप सार्वजनिक भएको थियो। उक्त कुराकानीमा व्यवसायीहरुबाट फिरौती रकम असुल्ने विषयमा पनि छलफल भएको बताइएको छ। थप अनुसन्धान जारी छ ।