देवानगञ्जमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते – Nagarikabhiyan : National News

देवानगञ्जमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ कप्तानगञ्जमा  खेतमा सिचाइ गर्ने क्रममा पानी ताने मोटरबाट करेन्ट लागेर स्थानिय किसान राधा कृष्ण मेहताको मृत्यू भएको छ भने निजको छोरा वर्ष १५ को करण मेहता गम्भीर घाइते भएको छ।

करेन्ट लागेर बेहोस भएको राधा कृष्ण  मेहता लाई कोशि अस्पताल विराटनगर लगे पछि चिकित्सकले मृत घोषणा गरेको थियो यता छोरा करण मेहताको उचार भई रहेको र अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यलाय देवागनञ्जका प्रमुख कमल विष्टले जानकारी दिनु भएको छ ।