कैलाली र कञ्चनपुरको एक–एक घरमा आगलागी – Nagarikabhiyan : National News

कैलाली र कञ्चनपुरको एक–एक घरमा आगलागी

धनगढीः कैलाली र कञ्चनपुरको एक–एक घरमा आगलागी भएको छ। सोमवार कैलाली टिकापुर नगरपालिका–२ बन्दीपुरकी ४९ वर्षीया दिपा साउँदको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुलदीप चन्दले बताए।

साउँदको खरले छाएको एककोठे कच्ची घरमा चुलोमा बालेको आगो हावाले उडाई आगलागी भएको जनाइएको छ। साउँदको घरमा आगलागी हुँदा भान्साघर, भाँडाबर्तन जलेर अन्दाजी ३० हजार बराबरको क्षति भएको डीएसपी चन्दले जानकारी दिए। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–१ भकुण्डाका विरबहादुर चौधरीको घरमा आगलागी भएको छ।

चौधरीको एक तले ईटाले बनेको दुई कोठाको कच्ची घरमा बिजुलीको तार सर्टभई सोमवार दिँउसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले बताए। चौधरीको घरमा आगलागी हुँदा कपडा, खाद्यबस्तु लगायत अन्दाजी एक लाख पचास हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको डांगीले जानकारी दिए। प्रहरी र स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।