कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले दिइन् राजीनामा – Nagarikabhiyan : National News

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले दिइन् राजीनामा

१७ जेष्ठ देवानगञ्ज-  कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिएकी छिन् । जनता समाजवाी पार्टी जसपा बाट मन्त्री बनेकी उनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेकी हुन् ।

राज्यमन्त्री लिम्बूको राजीनामाअघि पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

पार्टीको निर्णयलाई मान्दै उनले तत्काल पदबाट राजीनामा दिएकी हुन् ।