गौशालाकी उपमेयर भन्छिन् स् मेयरको मान्छेबाट ज्यान खतरामा छ
१७ जेष्ठ २०८०, बुधबार २१:०१
१७ जेठ, जनकपुरधाम महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोले मेयर डा। दिपेन्द्र महतो निकटका व्यक्तिहरुलाई आफूलाई सुरक्षा खतरा रहेको बताएकी छन् ।
मेयरको कानुन विपरीतका काममा सहयोग नगर्दा आफन्त र निकटका व्यक्तिहरुमार्फत ज्यान मार्ने धम्की दिएको उपमेयर महतोले बताइन् ।
बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरेर उपमेयर महतोले गौशाला नगरपालिका २ निगौलमा निजी जग्गामा सार्वजनिक धर्मशाला बनाउन लाग्दा परेको उजुरीमाथि छलफलको क्रममा आफूमाथि आक्रमण प्रयास भएको बताइन् । गौशालाका मेयर डा। दिपेन्द्र महतो थमन विक हत्या प्रकरणमा निलम्बित एमालेका प्रधितिनिधसभा सदस्य लक्ष्मी महतो कोइरीका छोरा हुन् ।
वडा नं। २ का वडाध्यक्ष र मेयर महतोका आफन्त सुरेन्द्र महतोले आफ्नो कार्यकक्षमै मंगलबार दिउँसो आक्रमणको प्रयास गरेको उपमेयर रेणुकुमारीले बताइन् ।
छलफलमा वडा नं। २ का वडाध्यक्ष श्याम सुन्दर मण्डल र सुरेन्द्र महतोले मेरो ज्यान मार्ने प्रयास गरे’ उपमेयर महतोले भनिन् ‘मेयरले अनैतिक कार्यमा आफू पनि संलग्न हुने र मलाई पनि संलग्न गराएर बदनाम गर्ने प्रपञ्च फेल भएपछि संघातिक आक्रमणमा उत्रिएका हुन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया