१४ मंसिर २०७८, मंगलवार १२:३७ – Page 3 – Nagarikabhiyan : National News

एमालेको प्रथम विधान र महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?

चितवन ।  चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लिम्बँदा नौ करोड खर्च हुन पुगेको उनले बताए ।

‘दुई दिन महाधिवेशन लम्बिनी अप्रत्यासित नै भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’

उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो ।

तलेजु भवानीलाई भित्र्याइयो हनुमानढोका

काठमाडौँ । गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुईदिने जात्रा समापन गरेसँग हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ । दुईदिने जात्राका लागि भवानीको मूर्ति आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएको थियो । आइतबार गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो । सोमबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको थियो । जात्रा सकी सोमबार राति मूर्ति तलेजु मन्दिरमा राखिएको पुजारी उद्धव कर्माचार्यले जानकारी दिए।

गुह्येश्वरी जात्राका क्रममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीको राति गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गर्ने गरिन्छ । नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिज चढाएर पूजा आराधना गरिन्छ । गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने पुजारी जैन कर्माचार्यले बताए । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताए । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ । गत वर्ष कोरोना महामारीका कारण यो जात्राको विधिमात्र पूरा गरिएकामा यस वर्ष भव्यरूपमा जात्रा मनाइएको छ । तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि पशुपति सिर्जनशील युवा क्लबलाई जिम्मा दिइएको थियो । क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ

काठमाडौँ । गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुईदिने जात्रा समापन गरेसँग हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ । दुईदिने जात्राका लागि भवानीको मूर्ति आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएको थियो । आइतबार गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो । सोमबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको थियो । जात्रा सकी सोमबार राति मूर्ति तलेजु मन्दिरमा राखिएको पुजारी उद्धव कर्माचार्यले जानकारी

गुह्येश्वरी जात्राका क्रममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीको राति गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गर्ने गरिन्छ । नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिज चढाएर पूजा आराधना गरिन्छ । गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने पुजारी जैन कर्माचार्यले बताए । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताए । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ । गत वर्ष कोरोना महामारीका कारण यो जात्राको विधिमात्र पूरा गरिएकामा यस वर्ष भव्यरूपमा जात्रा मनाइएको छ । तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि पशुपति सिर्जनशील युवा क्लबलाई जिम्मा दिइएको थियो । क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ ।

पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ । त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ । जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ । नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन् । नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन् । नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ ।

कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै सोमबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिएको संस्थानले जनाएको छ । आइतबार यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो । यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ । जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन् । जात्रा सकिएसँगै सोमबार बेलुकी छ बजे गुह्येश्वरीमा ठड्याइएको लिङ्गो ढालिएको थियो । जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ । पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये एक गुह्येश्वरी जात्रा एक हो । -रासस

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

लागोस । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।

उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुकाअनुसार सो हमला कसले ग¥यो भन्ने बारेमाा केही खुल्न सकेको छैन ।कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ । पहिले पनि यहाँका जेलहरुमा यसरी नै पटक पटक हमला हुने गर्दथ्यो । यहाँका कारागार सम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन् । उनीहरुले जेलबाट भागेकाहरुको पनि खोजी कार्य प्रहरीले सुरु गरेको बताएका छन् ।

एमालेको १० औं महाधिवेशनमा मतदान प्रक्रिया सकियो: दुई हजार ८१ जनाले गरे मतदान, केहीबेरमा मतगणना सुरु हुँदै

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा मतदान प्रक्रिया सकिएको छ । बिहान ४ बजेबाट सुरु भएको मतदान केही समय अगाडि सकिएको हो ।

दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ८१ जनाले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए । निर्धारित समयमा मतदान नसकिएपछि केही समय थप गरिएको थियो ।

विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको ब्यबस्था गरिएको थियो । एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लागेको थियो । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिए ।

डा. सुब्बाका अनुसार मतगणना सुरु गरेको करिब बढीमा तीन घण्टामा अन्तिम मतपरिणाम आइसक्ने छ । प्राविधिकसँग छलफल गरेर मत गणना सुरु गरिने सदस्य दाहालले जानकारी दिए ।

जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगिता हुने

काठमाडौँ । जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगिता हुने भएको छ । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र यूएनडीपीसँग मिलेर गर्न लागेको प्रतियोगिताको जारी सूचनाअनुसार चलचित्रले जात व्यवस्था उन्मुलनसम्बन्धी विषयलाई ३ मिनेटभित्रमा प्रस्तुत गर्नुपर्नेछ ।

‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जाति प्रथा उन्मुलनसम्बन्धी विद्यमान कानुनलाई लागू गर्न प्रेरित गर्ने हुनुपर्छ,’ युएनडीपीद्वारा जारी सूचनामा भनिएको छ । भिडिओको प्राविधिक गुणस्तर १०८० पीक्सेलसम्म हुनुपर्ने‚ मोबाइलले खिचेका चलचित्र पनि प्रतियोगितामा स्वीकार गरिने, अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्यमात्रै पनि सहभागी हुन पाउने प्रावधान राखिएको छ ।

इच्छुक सहभागीले आउँदो डिसेम्बर १० तारिखसम्म भिडिओ निर्धारित ठेगानामा पठाइसक्नुपर्नेछ । यसरी प्राप्त भिडिओलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र ३ सदस्यीय निर्णायकले समितिको मूल्याङ्कनका आधारमा विजेता घोषणा गर्नेछ ।सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन चलचित्र छनौट हुनेछन् । प्रतियोगितामा पहिलो हुने चलचित्रले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएको छ ।

चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताए ।

“शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुनु हुँदैन, पछिल्लो समय  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ, विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रुपान्तरण सम्भव छ”, उहाँले भन्नुभयो । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

विश्व हिन्दू महासङ्घका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र अधिकारीले सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि सुरुवात भएको महायज्ञलाई सफल बनाउन स्थानीय सरकारको मुख्य दायित्व रहेको बताए । पूर्वसांसद रुपा महर्जन, चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक वातावरण तयार गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । महायज्ञ मूल समारोह समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले धार्मिक महायज्ञलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रूपमा आयोजना गर्न लागेको बताए । सोमबारदेखि सुरु भएको महायज्ञ मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ । उक्त महायज्ञमा पण्डित वासुदेव घिमिरेले कथा वाचन गर्नुहुनेछ ।

हुम्लामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी हुदैँ

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो । हेलिकोप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पु¥याइएको हो । लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ ।

पुनः आज सिमकोट र हिल्साको खाद्यान्न ढुवानी गरिने प्रजिअ आचार्यले जानकारी दिए । लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो । खाद्यान्न ढुवानीका लागि पहल गर्न सङ्घीय सांसद् रङ्गमती शाही लिमी पुग्नुभएको थियो ।

बनेपामा कार्यालय प्रमुखविहीन भएपछि १ महिनादेखि सेवा बन्द

बनेपा । इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई कायममुकायम दिएको समयसीमा सकेपछि अरु कार्यालय प्रमुखको व्यवस्थापन नभएका कारण इलाका प्रशासन कार्यालबाट नागरिकतालगायतका सेवा दिने काम रोकिएको हो ।

जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धुलिखेलसम्म आएर नागरिकता बनाउन धेरै समय र खर्च व्यहोर्नुपर्ने अवस्था थियो । विसं २०७५ जेठ ९ गते महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गरी सो क्षेत्रका नागरिकलाई त्यहीबाट नागरिकता वितरणको काम सुरु गरिएको थियो । अहिले कार्यालय प्रमुखको व्यवस्थापन गर्न नसक्दा त्यहाँका नागरिक फेरि नागरिकता बनाउनका लागि धुलिखेल धाउनुपरेको छ । इलाका प्रशासन कार्यालय महाभारत देवीटारका कार्यालय प्रमुख रामप्रसाद शर्माले आफूले पाएको कार्यालय प्रमुखको म्याद समाप्त भएपछि नागरिकका लागि सूचना जारी गरेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा रोकिएको बताए ।

गत कात्तिक १२ गते कार्यालयमा सूचना जारी गरिएको थियो । “नागरिकता प्रमाणपत्र जारी गर्ने र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिने कार्य २०७८ कात्तिक १३ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ”, उक्त सूचनामा उल्लेख छ । कार्यालय प्रमुखविहीन भएपछि अहिले इलाका प्रशासन कार्यालयमा कम्प्युटर अपरेटर र कार्यालय सहायकले कार्यालय खोलेर नागरिकता बनाउने र प्रतिलिपि बनाउन आउनेको आवश्यक कागजात सङ्कलन गरेर राख्ने र आवश्यक परामर्श दिने काम मात्रै भइरहेको छ ।कार्यालयका प्रमुख रामप्रसाद शर्मालाई कायममुकायम अधिकार दिएर तोकिएको ६ महिनाभन्दा बढी भएको र त्यो समय सकेर अर्को कार्यालय प्रमुखको व्यवस्थापन नभएपछि त्यहाँबाट प्रवाह हुने सेवा रोकिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । “नियमले ६ महिनाभन्दा बढी कामु दिन नमिल्ने भएको र अरुलाई पठाउन पनि समस्या भएका कारण प्राविधिक हिसाबले समस्या देखिएपछि कार्यालय प्रमुखविहीन भएको हो”, उनले भने ।

मतदान सकियो, २ हजार ८० भन्दा बढी मत खस्यो

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले भने ।

निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।

चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।

पार्टीका प्रतिनिधिहरुलाई भीम रावल लगायतका उम्मेदवारलाई भोट नदिनू भन्दै ओली पक्षले पर्चा वितरण गरेपछि रावल पक्षले त्यसलाई आचार संहिता विपरीत भएको जनाएको छ ।

नेमार चोटका कारण ८ साता मैदान बाहिर रहने

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।

घुँडाको चोटका कारण २९ वर्षीय ब्राजिलियन फरवार्ड नेमार ८ हप्ता मैदान बाहिर रहने क्लबले जनाएको छ । पीएसजीका अनुसार नेमारको देब्रे घुँडाको लिगामेन्टमा चोट लागेको छ ।

फ्रेन्च लिग अन्तर्गत सेन्ट इटिएनविरुद्ध ३-१ को जित हात पारेको खेलमा नेमार घाइते भएका थिए ।

नेयमारले अब फ्रेन्च लिग वानका ७ खेल गुमाउने छन् । यस्तै च्याम्पियन्स लिगको एक खेल पनि खेल गुमाउने छन् ।

फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पीएसजीले दोस्रो स्थानको रेन्समाथि १२ अंकको अग्रता बनाएको छ ।

पीएसजीले डिसेम्बर ७ मा च्याम्पियन लिग अन्तर्गत क्लब ब्रगसँग खेल्ने तालिका छ ।

एमालेको मतदान सकियो

चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।

चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।

पार्टीका प्रतिनिधिहरुलाई भीम रावल लगायतका उम्मेदवारलाई भोट नदिनू भन्दै ओली पक्षले पर्चा वितरण गरेपछि रावल पक्षले त्यसलाई आचार संहिता विपरीत भएको जनाएको छ ।

यस्ता छन् एनसेलका परिवर्तन भएका नयाँ कोडहरु!

का

पहिले एसएमएस सेवा, नाेटिफिकेसन लगायतका विभिन्न सेवाको लागि प्रयोग हुँदै आएको चार अङ्कको शर्टकट कोडलाई परिवर्तन गरेर कम्पनीले पाँच अङ्कको नयाँ कोड लागू गरेको छ ।

अब एनसेल प्रयोगकर्ताले विभिन्न जानकारी अथवा सेवाको लागि पुरानो चार अङ्कको कोड नभई पाँच अङ्कको नयाँ कोड प्रयोग गर्नुपर्नेछ ।

गत वर्षको भदौ महिनामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै चार अंङ्कको शर्ट कोड हटाएर नयाँ कोड राख्नुपर्ने व्यवस्था लागू गरेको थियो ।

यस्ता छन् परिवर्तन भएका एनसेलका नयाँ कोडः

पुरानो कोड नयाँ कोड सेवा
९०० १७२०१ सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००५ १७२०२ सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००७ १७२०३ पोस्टपेड प्रयोगकर्ताको सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००८ १७२०४ वायरलेस अथवा होम नेट प्रयोगकर्ताको केयर तथा ग्राहक सेवाको लागि
९५९५ १७२०५ इन्टरनेट सेवाको लागि
९००६ १७२०६ रिटेलरहरूले सब्स्क्राइबरको विवरण हेर्नको लागि
९९६६ १७२०७ आफूले प्रयोग गरिरहेको सिम कसको नाममा छ भनेर हेर्नको लागि
९८९१ १७२०८ रिटेलरहरूले सब्स्क्राइबरलाई रिक्वेस्ट पठाउनको लागि
७८९९ १७२०९ ग्राहक सेवामा कुरा गरिसकेपछि छोटो जानकारी पठाउनको लागि
९८९३ १७२१० ग्राहकको सर्वेक्षण गर्नको लागि
७७२४ ३११२४ प्रयोगकर्ताले डिजिटल भ्यालु एडेट सर्भिस हटाउनको लागि

ठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवामा प्रयोग हुने शर्टकट कोड परिवर्तन गरेको छ ।

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै ग

उनीहरूले सर्वसम्मतिमा केन्द्रीय सदस्यको नाम आउँदा आफूहरू पर्ने सोच बनाएका थिए। तर, केन्द्रीय सदस्यको सूचीमा नअटाएपछि उनीहरू अलमलमा परेका हुन्। एमाले महाधिवेशनमा सहमतिका नाममा विशाल भट्टराई, सुरेन्द्र मानन्धर, शिव गुरुङ,बुद्धिकुमार राजभण्डारी, मानवीर राई, सोनाम ग्याल्जेन शेर्पा, कृपाशुर शेर्पा केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ जनाको केन्द्रीय सदस्य सूचीमा अट्न सकेनन्।

प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईलाई ओलीसहितका नेताहरूले प्रदेश अध्यक्ष बनाउन तयार भएको बताइएको छ। पदाधिकारीमा आकांक्षा देखाएका भट्टराईले उम्मेदवारी पनि दिएका छैनन्। नेताहरूसँगको कुराकानीपछि उनी प्रदेश अध्यक्ष बस्न तयार भएको एक नेताले बताए। उनी ओलीका समर्थक हुन्। राजभण्डारी सोलुमा एमालेको चर्चित नेता हुन्। कांग्रेस नेता बलबहादुर केसीसँग प्रतिस्पर्धा गर्न सक्ने एक मात्र नेताका रूपमा उनी परिचित छन्। पाँचवटा महाधिवेशनमा लगातार उम्मेदवार भए पनि केन्द्रीय सदस्य हुनबाट उनी वञ्चित हुँदै आएका छन्।

र्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए।

शिव गुरुङ योगेश भट्टराईका समकालीन हुन्। लामो समय विद्यार्थी राजनीति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका उनी अझै केन्द्रीय कमिटीमा पर्न सकेका छैनन्। योगेन्द्र शाही एमाले वृत्तमा बौद्धिक नेताका रूपमा परिचित छन्। विदेश मामिलामा दखल राख्ने शाही विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। विकास लम्साल, धनञ्जय दवाडी, पदम गिरी एमाले वृत्तमा निकै जुझारु नेता मानिछन्न्।

उनीहरू पार्टी राजनीतिमा प्रखर युवा नेताका रूपमा परिचित छन्। स्याङ्जाका नारायण मरासिनी पनि ओलीको सूचीमा परेनन्। प्रेस चौतारीका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल पनि सूचीमा समेटिएनन्। उनीहरूले पार्टी राजनीतिमा प्रवेश गरेर विभिन्न विभागमा काम गर्दै आएका छन्।

विद्यार्थी आन्दोलनका चर्चित नेता टेकराज पछाई पनि सूचीमा छुटे। निर्माण बुढा, सुवास कर्माचार्य पनि केन्द्रीय सदस्यको सूचीमा अटाएनन्। चीनबाट हालै पिचडी गरेर आएका कल्याण रोका,युवराज खतिवडा पनि केन्द्रीय सदस्यको लाइनमा थिए। तर, उनीहरू पनि सूचीमा परेनन्। सुबोध प्याकुरेल,अरविन्द सिंह र उषाकिरण तिमिल्सिना पनि ओलीको सूचीमा नपर्दा उम्मेदवारी दर्ता गर्नुपर्ने स्थिति बन्यो।निर्वाचन हुने अपेक्षाका साथ दसौं महाधिवेशनमा चितवन आइपुगेपछि एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेका थिए। प्रदेशप्रदेशका प्रतिनिधिहरूमाझ उनीहरूले केन्द्रीय सदस्यका लागि लबिङ पनि गरिरहेका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

न्युयोर्क ।   विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको  विश्वव्यापी जोखिम बढेकोले जनाएको छ । डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहरुले खोप लगाउनुपर्ने ‌‌‍आवश्यकता औल्याए । ‘कोभिड हामीबाट भागेको छैन्, बरु हाम्रैनजिक छ’ उनले भने ।

ओमिक्रोन भाइरस यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा देखिएको थियो । यो भेरियन्ट कोभिडको यसअधि खतरा मानिएको डेल्टा भेरियन्टभन्दा बढी जोखिम भएको डब्लूएचओले जनाउँदै अ‍ाएको छ । भेरियन्टबारे तत्कालै जानाकारी गराएको भन्दै दक्षिण अफ्रिकाको प्रश‌ंसा भएको छ । ‘ओमिक्रोनको म्युटेसन दर उच्च छ । तसर्थ महामारीबारे  विश्व समुदायले बेलैमा सचेत हुनुपर्छ,’ उनले भने ।

नयाँ भरियन्टको जोखिम, यसको संक्रमण क्षमता र खोपसँग यसले कस्तो प्रतिकृया जनाउँछ भन्ने बारेमा  विश्वभरका वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । ‘हामीममध्ये धरैले कोभिडको प्रभाव घटेको लागे जस्तो भए पनि वास्तवमा झनै जोखिम बढेको छ,’ उनले भने ।  । तर, नयाँ भेरियन्टबाट अहिलेसम्म कसैको मृत्यु नभएको उनले जानाकारी  दिए ।

क्यानडा, बेलायत, पोर्चुगल, बेल्जियम, नेदरल्यान्ड्स, भारत र हङकङमा नयाँ भेरियन्ट देखिएको छ । भेरियन्ट देखिएसँगै बेलायत, अमेरिका र युरोपेली युनियनका केही देशहरुले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएका छन् ।

त्यस्तै, जापानले पनि मंगलबारदेखि छिमेकी मुलुकहरुसँगको सीमा बन्द गरेको जनाएको छ ।

जाजरकोटका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

जाजरकोट । जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सर्कुलरअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकै साथ भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गरेसँगै यहाँका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको हो ।

नलगाड,भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सम्पन्न भएको माओवादी केन्द्र जाजरकोटले जनाएको छ । नलगाड नगर कमिटी अध्यक्षमा गणेश सिंह, जसको उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेज बहादुर परियार सर्वसहमत निर्वाचित भएका छन् ।

६५ जना सदस्सीयको नगर कमिटी बनाइएको छ । बारेकोट गाउँ कमिटी अध्यक्षमा हरीबहादुर थापा चयन भएका छन् । माओवादी केन्द्रको बारेकोटमा भएको गाउँ कमिटीको अध्यक्षमा थापा चयन भएका हुन् । उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा बसन्त शाही, सह सचिवमा प्रेम बोहरा र रमा रावत चयन भएको बारेकोट गाउँ कमिटीले जनाएको छ ।

संघीयता पछिको पहिलो गाउँ अधिवेशन निकै उत्साहजनक तवरले सम्पन्न भएको बारेकोट गाउँ कमिटीका अध्यक्ष हरिबहादुर थापाले बताए । गाउँ कमिटी ६५ सदस्सीय बनाईएको छ ।

भेरी नगर कमिटी अध्यक्षमा दिपक बस्नेत सर्वसहमत निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मिना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भिमहादुर खत्री चयन भएका छन् ।

कुशे गाउँपालिकामा अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, निरज कुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही, सहसचिवमा बविता चनारा लगायतको नेतृत्व चयन भएको नेकपा कुशे गाउँ कमिटीले जनाएको छ ।

लोकसेवाको तयारी कक्षा नलिई एकै पटकमा नाम निकालेका अधिकृतले लोकसेवा पास गर्न दिए यस्ता सूत्र

शाखा अधिकृत,नेपाल सरकार

मेरो जन्म पर्वत जिल्ला, रानीपानी गाविस बिहादीमा भएको हो । म जन्मेर घरमा सबैभन्दा पहिला हिँड्ने सन्तति हुँ रे ! तर अफसोच ! एक वर्षको हुँदा दुवै खुट्टामा पोलियो रोग लाग्यो । आफ्नै खुट्टाको सहाराले हिँड्ने रहर त्यही २–३ महिनामा सीमित हुन पुग्यो ।

त्यसयता कि त अरूको सहारामा, कि त बैसाखीको सहारामा, कि त ह्विलचियरको सहायतामा हिँडिरहेको छु । एसएलसीसम्मको पढाइ नवलपरासीको गैँडाकोटबाट गरेँ । कक्षा ११ र १२ विज्ञान विषयमा नेसनल इन्टिग्रेटेड कलेज, डिल्लीबजारबाट पास गरेँ । मेरो रुचि कम्प्युटर साइन्स पढ्ने वा मेडिकल डाक्टर बन्ने थियो । तर, घरबाट समर्थन भएन ।

रसायन शास्त्र प्रमुख विषय लिई स्नातक तथा स्नातकोत्तर (केन्द्रीय रसायन शास्त्र विभाग) उच्च डिभिजनमा उत्तीर्ण गरेँ । म जीवनमा धेरै कम पटक दोस्रो भएको छु । पढाइमा मात्र होइन, स्कुलमा हुने विभिन्न बौद्धिक क्रियाकलापमा पनि म प्रायः प्रथम हुन्थेँ ।

– लोकसेवाप्रतिको आकर्षण

ठूलो दाजु लोकसेवा पास गरेर स्वास्थ्य सेवातर्फ उप–स्वास्थ्यचौकीमा अहेव इन्चार्ज हुनुभयो । त्यही वेला हो, मैले पहिलोपटक लोकसेवा भन्ने सुनेको । स्नातकोत्तर पढ्न दिदी–भिनाजुसँग कीर्तिपुर बस्थेँ । दिदी–भिनाजुको नयाँबजारमा पुस्तक तथा स्टेसनरी पसल थियो । फुर्सदको समयमा त्यो पसलमा बस्थेँ । सबैले लोकसेवाको पुस्तक किन्ने, पढ्ने गरेको देख्दा मलाई लोकसेवाप्रति आकर्षण बढेको हो ।

– लोकसेवाको तयारी

मेरो लोकसेवाको तयारी निकै छोटो भयो । मुस्किलले पाँच महिना तयारी गरेँ । आजसम्म मैले ट्युसन पढेको छैन । त्यसकारण लोकसेवाका तयारी कक्षा त जाँदै गइनँ । स्नातकोत्तरको शोधकार्य चल्दै गर्दा मैले सहायक रसायनविद् (प्राविधिक नासु)को जाँच दिएको थिएँ ।

जम्मा ५० पूर्णांकको परीक्षामा मैले बल्लतल्ल ४२ वटा प्रश्नको उत्तर मिलाएको थिएँ । तर, धेरै जनाले सम्पूर्ण ५० प्रश्नकै सही उत्तर दिएको भन्दै थिए । मैले आशा मारेको थिएँ । त्यसपछि लगातार पाँच महिनाबीच नासु (अप्राविधिक) र शाखा अधिकृतको परीक्षा दिएँ । सबैभन्दा पहिले सहायक रसायनविद्को नतिजा आयो ।

मेरो नाम दुई नम्बरमा सिफारिस भई पुरातत्व विभागमा नियुक्ति दिइएको थियो । मैले प्रशासनतर्फ शाखा अधिकृतका लागि पनि लोकसेवा परीक्षा दिएको थिएँ । मंसिरमा अधिकृतको नतिजा प्रकाशित भयो । म ८९ नम्बरमा सिफारिस भएँ । त्यो दिन मेरो जीवनको सबैभन्दा खुसीको दिन हो ।

आजसम्मको जागिरे अनुभव ज्यादै सुखद छ । मैले निजामती सेवामा प्रवेश गरेपछि धेरै खालको स्वतन्त्रताको अनुभव गरेको छु । धेरै नयाँ साथीहरू, नौलो ज्ञान हासिल गर्ने मौका पाएको छु ।

– मेरो पढ्ने शैली

मेरो पढ्ने शैली त्यस्तो भिन्न छैन । सुरुमा एकचोटि आद्योपान्त पढ्ने गर्छु, जसले गर्दा किताबमाथिको एक प्रकारको विहंगम दृष्टिकोण प्राप्ति हुन्छ । त्यसपछि प्रत्येक पेज, प्रत्येक अनुच्छेद, प्रत्येक हरफ गहिरिएर पढ्छु । महत्वपूर्ण कुरा टिपोट गर्छु । प्रत्येक कुरा इन्टरनेट, जानकार वा अन्यसँगसमेत पुनर्पुष्टि गर्छु । मैले जम्मा एउटा प्रथम पत्रको किताब, एउटा द्वितीय, एउटा तृतीय अनि एउटा चतुर्थ पत्रको किताब किनेको थिएँ ।

धेरै किताब थुपारेर धेरै जानिन्छ भन्ने लाग्दैन । म थोरै पढ्छु, तर गहिरिएर पढ्छु । बुँदागत टिपोट गर्छु । र, नहेरी ती बुँदा लेख्न कोसिस गर्छु । म हरफ–हरफ घोक्न सक्दिनँ । हरेक अनुच्छेदका महत्वपूर्ण शब्द मात्रै घोकेर बाँकी आफ्नै शैलीमा लेख्ने मेरो बानी छ ।

– जागिरे अनुभव

आजसम्मको जागिरे अनुभव ज्यादै सुखद छ । मैले निजामती सेवामा प्रवेश गरेपछि धेरै खालको स्वतन्त्रताको अनुभव गरेको छु । धेरै नयाँ साथीहरू, नौलो ज्ञान हासिल गर्ने मौका पाएको छु । अवसरका विकल्प अनि त्यसका आयाममा हुने बढोत्तरीले जीवनलाई बुझ्ने छुट्टै धरातल उपलब्ध गराउँदो रहेछ । निजामती सेवा प्रवेशले जीवनको महत्वपूर्ण अस्तित्वको ज्ञान हुँदै गर्दा सामाजिक पहिचान वृद्धि भएको महसुस गरेको छु ।