स्रोत नखुलेको भारतीय रुपैयाँसहित युवक पक्राउ – Nagarikabhiyan : National News

स्रोत नखुलेको भारतीय रुपैयाँसहित युवक पक्राउ

राजविराज । स्रोत नखुलेको भारतीय रुपैयाँसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरियाघाटबाट हिजो साँझ (आइतवार) एक युवकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका ५ बस्ने उमेश मण्डलको २० बर्षिय छोरा दिपक कुमार मण्डल रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिनुभयो ।
उनलाई सशस्त्र प्रहरी बल बिओपी तिलाठीबाट सहायक प्रहरी निरिक्षक सुशिल केसीको नेतृत्वमा खटिएको गस्ती टोलीले पक्राउ गरेको जनाएको छ ।
भारतबाट स्र्रोत नखुलेको रु १ लाख २९ हजार ५ सय भारतीय रुपैया बोकेर नेपालतर्फ आइरहेको मंडललाई दशगज्जा क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरियाघाटबाट पक्राउ गरिएको हो ।
भारतबाट लुकीछिपी नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ५ सयको २५९ वटा बरामद गरिएको इलाका प्रहरी कार्यालय हनुमााननगरले जनाएको छ ।
यता रकमसहित पक्राउ परेका मंडललाई आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाएको छ भने उनीमाथि अुसन्धानसहित कारवाही प्रक्रिया अगाडी समेत बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । –––