चिनियाँ खोप लिन नेपाल वायुसेवाको विमान आज बेइजिङ उड्दै
१७ जेष्ठ २०७८, सोमबार ०८:३४
काठमाडौं । चिनियाँ खोप लिन सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगस्वरुप दिने घोषणा गरेका कोरोना विरुद्धको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ ।
नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिएको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए । उनका अनुसार तौल कम भएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।
विमानस्थलको उडान तालिका अनुसार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया