निषेधाज्ञा उलंघन गर्ने आठ जना पक्राउ
१७ जेष्ठ २०७८, सोमबार १५:५२
संक्रामक रोग कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निशेधाज्ञा कार्यन्वयनको क्रममा सुनसरीबाट आठ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयवाट खटीएको प्रहरी टोलीले जिल्लाको ईटहरी उपमहानगरपालिका ९ मा होटल संचालन गरेको तथा होटलमा ग्राहक भेला जम्मा भई भिडभाड गरी निषेधाज्ञाको उलंघन गरेको अवस्थामा आठ जनालाई फेला पारी कार्वाही गरेको हो । उनीहरुलाई “कोभिड १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८” को परिच्छेद ५ को दफा २१ (१.क) वमोजिम कारवाहीको लागी तालुक निकाय जिल्ला प्रशासन कार्यालय ईनरुवा सुनसरी पठाईएको छ । त्यहा होटल संचालकलाई जनही सात हजार रुपियाँ र होटलमा मादक पदार्थ सेवन गर्ने मानिसहरुलाई जनही तीन हजार रुपियाँका दरले जरीवाना तिराएको छ । प्रहरीले होटल संचालक ईटहरी ९ का ३१ वर्षिय ओम प्रकाश थापा र ५१ वर्षिय बाबु घिमीरेलाई सात सात हजार जरिवाना तिर्न लगाएको छ । त्यसैगरी ग्राहाक २५ वर्षिय राहुल चौधरी, रोहन साह, समय वाक , सुनिल दुलही, मनोज सिंह लालटु दासलाई तीन।तीन हजार जरिवाना गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया