पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो
११ भाद्र २०८०, सोमबार २१:५०
कास्की –पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका–४ की २० वर्षीया वर्षा कुमालको ज्यान गएको प्रहरीले जनाएको छ । आज सोमवार पृथ्वी चोकबाट सृजना चोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया