देशभरको मौसम सुधार पर्सिसम्म ठूलो पानी नपर्ने, बिस्तारै तापक्रम बढ्ने – Nagarikabhiyan : National News

देशभरको मौसम सुधार पर्सिसम्म ठूलो पानी नपर्ने, बिस्तारै तापक्रम बढ्ने

काठमाण्डौ –देशभरको मौसममा सुधार भएको छ ।
अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

हिजो पनि काठमाण्डौमा घाम लागेको थियो ।
भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार भएसँगै अब बिस्तारै तापक्रम बढ्नेछ ।
तराईमा तापक्रम बढेपछि हावाहुरीको जोखिम हुन्छ ।

कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एकरदुई ठाउँमा हावारहुरीको सम्भावना छ ।
आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले कोशी प्रदेशमा मौसम सामान्य बदली छ । अरु ठाउँमा पनि आशिंकदेखि सामान्य बदली छ ।
दिउँसो काठमाण्डौ उपत्यकासहित केही ठाउँमा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ । देशभरको मौसममा सुधार भएको छ ।

अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
हिजो पनि काठमाण्डौमा घाम लागेको थियो ।

भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार भएसँगै अब बिस्तारै तापक्रम बढ्नेछ ।

तराईमा तापक्रम बढेपछि हावाहुरीको जोखिम हुन्छ ।
कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एकरदुई ठाउँमा हावारहुरीको सम्भावना छ ।

आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अहिले कोशी प्रदेशमा मौसम सामान्य बदली छ । अरु ठाउँमा पनि आशिंकदेखि सामान्य बदली छ ।
दिउँसो काठमाण्डौ उपत्यकासहित केही ठाउँमा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ ।