एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिने – Nagarikabhiyan : National News

एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिने

काठमाडौं ।बुधबारदेखि पाकिस्तानको मुल्तानमा सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छन् ।

समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि उद्घाटन खेल सुरु हुने तालिका छ । खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ ।

पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्दैछ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक विश्व नम्बर एक टिमसँग खेल्न लागेको हो ।