महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट मलेसियासँग नेपालको खराब शुरुवात – Nagarikabhiyan : National News

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट मलेसियासँग नेपालको खराब शुरुवात

काठमाण्डाै – नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको पहिलो खेलमा अहिले घरेलु टोली मलेसियासँग खेलिरहेको छ । यो खेलमा नेपालले खराब शुरुवात गरेको छ ।

बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ९ ओभरमा ५ विकेट गुमाएर ३३ रन बनाएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन हङकङ, थाइल्यान्ड कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।