अपाङ्गता भएका ब्याक्ती पहिचानको लागी ३ दिने कम्प्युटर तालिम सम्पन्न
२१ फाल्गुन २०८०, सोमबार १६:५९
देवानगन्ज । अपाङ्गता भएका ब्याक्ती पहिचानको लागी ३ दिने कम्प्युटर तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी फागुन १९ गते सुरु भएको तालिम २१ गते सम्पन्न भएको हो ।
शिक्षा शाखा देवङन्ज ले अपाङ्गता भएका व्यक्तिहरु लाई पहिचान गरि नेपाल सरकार ले उपलब्ध गराएका सेवा सुबिधा बाट बन्चित हुनु नपरोस भन्ने उधेश्य लागि कम्प्युटर तालिम आयोजना गरेको थियो ।
सो कम्प्युटर तालिममा पालिका भरिका १२ पुरुष र ४ जना महिला गरी १६ जनाको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मान, जीविकोपार्जन र स्वरोजगारका लागि यस्ता तालिमहरु महत्वपूर्ण हुने बताए । अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र हितमा परिचालन गर्न सक्ने बनाउन पालिकले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गरी उनीहरुलाई समेत आय आर्जनका क्रियाकलापमा संलग्न गर्ने कार्यमा सहजीकरण गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे । साथै मेहताले अपाङ्गमैत्री प्रविधि र शैक्षिक सामाग्रीहरु प्रयोग गरी सीप विकासका कार्यक्रमहरु अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा पुर्याउन आफू सरोकारवालाहरुसँग मिलेर अघि बढ्न चाहेको बताए ।
देवानगन्ज गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल ले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न परामर्श र प्राविधिक सहयोग समेत आवश्यक भएकाले पालिकाले त्यसतर्फ समेत ध्यान दिनुपर्ने कुरामा जोड दिइए ।
तालिम समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख राजकुमार मेहता र तालिमका सहभागिहरु लगायतले आफ्ना भनाई राखेका थिए ।
तालिममा शिक्षा शाखा को तर्फबाट सहभागीहरुका लागि ब्याग लापटोप लगायत का समान हरु सहयोग उपलब्ध गराईएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया