देवानगञ्जका दुई जना यूवा तेह्रथुममा ठगी आरोपमा पक्राउ
२८ फाल्गुन २०८०, सोमबार ०७:३०
तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले ठगी आरोपमा दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवान गञ्ज गाँउपालिका वडा नंवर १ का २२ वर्षिया अजय कुमार झा र सोहि गाँउपालिका वडा नंवर २ का २० वर्षिया श्याम कुमार मेहता रहेका छन् ।
उनीहरुलाइ शुक्रबार मोरङ जिल्ला बाट तेह्रथुम बाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजन चापागाईले बताउनुभयो । मेन्छ्यायेम गाँउपालिका मोराहाङका एक महिलालाइ थाइल्याण्डको फ्रेन्क मार्क आइ डि नामको वाट्स एप बाट फोन आएको र सामान पठाई दिने सामानको लागि भन्सारमा रकम तिर्नुपर्ने भन्दै रकम पठाइदिन माग गरेको थियो ।
जसमा महिलाले सामान आउने आसमा अजय कुमार झा नामको एनआइसि एसिया बैङ्कमा रहेको खातामा ४२ हजार ५ सय रकम जम्मा गर्न लगाएपछि जम्मा गरेका थिए । ति महिलाले रकम जम्मा गरिसकेपछि सामान आइनसकेको र फेरी सामानको लागि १ लाख २५ हजार रकम उक्त नंवरबाट फोन गरेर पुन माग गरेपछि भने आफू ठगीमा परेको महसुस गरी प्रहरी चौकी मोराहाङमा उजुरी उजुरी दिनुभएको थियो । सोहि उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दा महिलाले जम्मा गरेको खाता नंवरबाट अर्को श्याम कुमार मेहताको नाममा रहेको एनआइसि एसिया बैङ्कमा रहेको खातामा पैसा ट्रान्सफर भएको थियो ।
सामान्य पलम्बरको काम गर्ने श्याम कुमार मेहताको नामबाट विभिन्न ४ वटा वैङ्कहरुबाट १ महिनामा ६५ लाखको कारोबार भएको देखेपछि उनिहरु दुईजनालाई प्रहरीले ठगी मुद्धामा पक्राउ गरेको हो ।
जिल्लाका अन्य व्यक्तिहरुलाई चिठ्ठा परेको वा सामान पठाइदिन्छु भनि उक्त श्याम कुमार मेहता र अजय कुमार झाको वैङ्क खातामा कसैले पैसा पठाइएको भए उजुरी गरिदिन सम्पुर्ण जिल्लाबासीलाई जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ । पक्राउ परेका उनिहरुलाइ जिल्ला अदालत तेह्रथुमबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजन चाँपागाईले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया