आशा लघुवित्तको आयोजनामा बैंकिङ्ग साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

आशा लघुवित्तको आयोजनामा बैंकिङ्ग साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न

देवानगञ्ज । आशा लघुवित्त संस्था लिमिटेड लोकही सुनसरीको आयोजनामा बैंकिङ्ग साक्षरतासम्बन्धी कार्यक्रम शुक्रबार कोशी गाउँपालिकाको लोकही मा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोभित लाल यादवले कार्यक्रम उद्घाटन मा बोल्नुहुदै ऋणी हरुले ऋण लियेर सहि रुपमा सदुपयोग गरि सफल उद्यमी बन्ने लक्ष्य लिनुपर्ने तथा यस प्रकारको साक्षरता शिक्षाबाट भविष्यमा बैंकसँग कारोबार गर्दा सहज हुने बताए । उनले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा आशा लघुबित सन्था लिमिटेड लोकही सुनसरी को शाखा प्रबन्धक लाई धन्यवाद दिए ।
आशा लघुबित सन्था लिमिटेड लोकही शाखा का साहयक प्रबन्धक श्री लाल मेहता ले प्रमुख अतिथि विशिष्ट अतिथि केन्द्र प्रमुख हरु लगायत का लाई स्वागत सम्मान गरेका थिए ,भने जिल्ला अनुगमन अधिकृत नन्दु महतो ले उक्त कार्यक्रम सहजीकरण गरेका थिए १
पछिल्लो समय संस्थाले सदस्य तथा अभिभावकसँग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम गर्दै आइरहेको छ । संस्था का लोकही शाखा कार्यालय अन्तर्गतका उद्यमी सदस्यहरुलाई लक्षीत गरी आयोजना गरिएको कार्यक्रममा सहभागिहरुको तर्फबाट वित्त बजार, पुँजी बजार, बैंक तथा वित्तीय संस्था, विमा र वित्तीय साक्षरता सम्वन्धमा जिज्ञाँसा राखेका थिए । त्यसे गरि स्थानीय कलाकार र सन्चार कर्मी को समेत प्रतिनिधित्व गरेका अतिथि वक्ता का रुपमा बोल्नु हुँदै पवन रोनियार ले आर्थिक असमानता हटाउन, विपन्नलाई सम्पन्न बनाउन, गरिबी निवारण गर्न, स्थानीय विकासलगायतमा लघुवित्तले खेलेको भूमिका निकै महत्त्वपूर्ण छ, हामी सबैले यसको प्रशंसा गर्नुपर्छ, रोनियारले भन्नुभयो, आयआर्जन तथा रोजगारीको सृजनामा लघुवित्तले गरिब बिपन्न लाई ठूलो गुण लगाएको बताए ।

उक्त कार्यक्रम मा लोकही शाखा प्रबन्धक रामप्रकाश यादव ले भन्नू भयो यो बीचमा लघुवित्तमा केही समस्या देखिएता पनि हाल यस शाखा मा कुल ८६२ सदस्य संख्या रहेको छ ,भने ८२ ओटा केन्द्र मा ४२० जना ऋणी हरु लाई जम्मा ४,७८,१२,३७२ रुपैया लगानी रहेको र २६ जना लाई सुत्केरी सुबिधा वितरण गर्नु को साथै २ जना लाई बिमा सुबिधा र ६ जना लाइ कृया खर्च रकम सुबिधा समेत उपलब्ध गरेको यादब ले जानकारी दिनु भयो । साथै उक्त कार्यक्रम मा विभिन्न केन्द्र प्रमुख हरु गरि एक सय भन्दा बैसी सदस्य हरु को सहभागीता रहेको कर्मचारी श्री कुमार पण्डितले बताए ।