१७ जेष्ठ २०७७, शनिबार २०:२९ – Page 2 – Nagarikabhiyan : National News

बाउँद्धारा छोरी बलात्कृत , बाउँ गिरफतार

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका १७ रेल्वेबाट आफ्नै १४ बर्षिय छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवालाई इलाका प्रहरी कार्यालय धरानले गिरफतार गरेको छ ।

छोरीकी आमाले इलाका प्रहरी कार्यालय धरानमा जेठ १६ गते किटानी जाहेरी दिएपछि घट्नामा संलग्नलाई प्रहरीले गिरफतार गरेको हो । पक्राउ परेका अभियुक्तका दुई श्रीमती रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानले यस विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

पीडित बालिकाको जेठ १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वस्थ्य परीक्ष गरिएको प्रहरीले जनाएको छ ।

पर्सा जिल्लामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि

वीरगन्ज ।  पर्सामा थप पाँच जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । पर्साको पर्टेवा सुगौली गाउँपालिकाका २२ बर्षिय २ जना, २५ बर्षिय २ जना र ३६ बर्षिय १ जना गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी गराए ।

भारतको विभन्न प्रदेशबाट नेपाल फर्केका उनीहरुलाई गाउँपालिकाकै क्वारेन्टाईनमा राखी पीसीआर परिक्षणको लागि स्वाबः संकलन गरिएको थियो । नारायणी अस्पतालमा रहेको पीसीआर मेसिनमा संकलन गरिएको स्वाब परिक्षण हुदाँ शनिबार साझ पाँचै जनाको रिपोर्ट पोजेभिट आएको उनले बताए ।

गाउँपालिकाको क्वारेन्टाईनमै बसेका पाँचै जनाको रिपोर्ट पोजेटिभ आएपछि थप उपचारको लागि वीरगन्जका ल्याउँन तयारी भईरहेको सहायक प्रजिअ बस्नेतले बताए ।

उनले भने, रिपोर्ट पोजेटिभ आएको छ, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. मदन कुमार उपाध्याय संग समन्वय गरेर एम्बुलेन्स पठाएर उनीहरुलाई वीरगन्ज गण्डक स्थित रहेको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिने छ ।

यसअघि आज बिहान पनि एक महिला सहित २ जनामा कोरोना संक्रमण भेटिएको थियो । सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ घर भएकी ६० वर्षिया महिला र वडा नम्बर २ का १८ वर्षीय युवकमा कोरोना सक्रमण भेटिएको पुष्टि भएको हो ।

सखुवा प्रसौनी गाँउपालिकाको औराहा पन्चगावास्थित दिपनारायण उच्च माविको क्वारेन्टाइनमा क्वारेन्टाइनमा रहेका ५० जनाको स्वाब संकलन गरि वीरगन्जको प्रयोगशालामा पीसीआर जाँच गरिएको थियो । तीमध्ये शनिबार बिहान २ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरु जेष्ठ १३ गते भारतको मुम्बर र उत्तर प्रदेशबाट आएका थिए ।द नेपालटपबाट

क्वारेन्टिनमै जन्मियो शिशु

मार्तडी । बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन्।

सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन्।

वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए। भारतबाट आएको तीन दिनपछि क्वारेन्टिनमा बसेका बेला २० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएको उनले बताए।

सोही वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वारेन्टिनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको बताइन्। उनका अनुसार क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ।द नेपालटपबाट

 

विदेशबाट नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर ल्याउने

काठमाडौँ। विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर सरकारले ल्याउने भएको छ ।

श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, आफन्तको मृत्यु भई काजक्रियामा बस्नुपर्ने, स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ (कोरोना बाहेक) विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर सरकारले ल्याउन लागेको हो।

मन्त्रिपरिषद्को बैठकले यसअघि नै विदेशमा रहेका नागरिकलाई प्राथमिकताका आधारमा फिर्ता ल्याउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार, तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको हो । सरकारी सेवामा रहि तालिम वा अध्ययनका लागि विदेश गएकाले पनि सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाएर पर्नेछ ।

संसद्बाट पारित नहुन्जेल एमसीसीका कार्यक्रम स्थगन, संसद्ले अनुमोदन गरेपछि मात्र कार्यक्रम अघि बढाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने समझदारी भएको छ ।

नेकपाभित्र एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रिय हितविपरित भएकाले त्यसलाई परिमार्जन गरेर पारित गर्न आवाज उठेपछि झण्डै एक वर्षदेखि उक्त सम्झौता अनुमोदनको विषय प्रतिनिधिसभामा विचाराधीन छ । सम्झौता अनुमोदन हुँदा बाँकी रहेको अवस्थामा सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटमा उक्त परियोजनाअन्तर्गतका कार्यक्रम र बजेट समावेश भएको सन्दर्भमा आज नेकपाको सचिवालय बैठक बसेको हो ।

सचिवालय सदस्यबाहेक स्थायी कमिटी सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा युवराज खतिवडा पनि आमन्त्रित बैठकमा बजेटमा अनुसूचीमा रहेको वैदेशिक सहयोगको स्रोतमा उल्लेखित एमसिसी विचाराधीन विषय रहेको हुनाले संसद्मा हुने निर्णयबमोजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पार्ने सहमति भएको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री एवं पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले दिएको प्रत्युत्तरबमोजिम बजेटमा भाषा स्पष्ट गरिने पनि उनले बताए । बैठकमा हाल परियोजनाका लागि भइरहेका कामको सम्बन्धमा अनुमोदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिने र एमसिसीका बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने पनि निर्णय भएको छ ।

विद्युत्मा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट पछि हट्यो सरकार

काठमाडौं । स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट वर्तमान सरकार पछि हटेको छ। विद्युत्मा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको हो ।

आर्थिक विधेयकमार्फत विद्युतीय गाडी र विद्युतीय उपकरणमा भन्सार महसुल बढाएको छ। यसले विद्युतीय गाडी तथा उपकरण प्रयोगमा उपभोक्तालाई निरुत्साहित पार्ने विज्ञहरू बताउँछन्।

सरकार तथा निजी क्षेत्रबाट हाल निर्माणाधीन जलविद्युत् आयोजनाको स्थिति हेर्ने हो भने आगामी दुई वर्षभित्र नेपालमा ७ हजार मेगावाटभन्दा बढीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

उत्पादित बिजुली विदेश निर्यात गर्ने टुंगो नलागेको अवस्थामा आन्तरिक खपत बढाउनुपर्ने स्थितिमा विद्युतीय सवारी तथा उपकरणमा महसुल बढाएको भन्दै सरकारको आलोचना भएको छ। नेपालपानाबाट

वीपी प्रतिष्ठानमा कोरोना संक्रमित बिरामी नलिनु भनेको लापरवाहिको पराकाष्टा हो :सामाजिक बिकास मन्त्री घिमिरे

इटहरी । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विरामीलाई भर्ना नगर्नु अस्पतालको लापरवाहीको पराकाष्टा भएको टिप्पणी गरेका छन् ।

बिहीबार अस्पताल प्रशासनसँगको छलफलमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले अस्पतालका २०० बेडमध्ये १५० वटा खाली रहेको बताएको बताउँदै उनले भने, ‘समस्या भए मलाई भन्नुपर्छ, यो लापरवाहीको पराकाष्टा हो ।’

संक्रमण बढ्दै गएका कारण बिहीबार मन्त्री घिमिरेले थप तीन सय बेड तयार गर्न निर्देशन दिएका थिए । तर शुक्रबार आएका विरामीलाई प्रवेश गर्न नदिइएको जानकारी पाएपछि मन्त्री घिमिरे शनिबार बिहानै ६ बजे धरान पुगेका थिए । ‘मैलै अँस्ति सबै निर्देशन दिएको थिएँ,’ उनले भने, ‘लापरवाही गरेका कारण म आफैं धरान आएको छु ।’
मन्त्री धरान आइपुगेपछि मात्रै कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ । अहिले प्रतिष्ठानको आइसोलेसन वार्डमा अगाडी भर्ना भएका ६७ जना र आज भर्ना भएका २७ जना गरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या ९४ पुगेको छ भने २ जना कोरोना आशङ्का गरिएका बिरामी आइसोलेसनमा राखिएको छ ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका झापा कचनकवल गाउँपालिकाका २७ जना र भद्रपुर नगरपालिका घर भएका एक ब्यक्तिलाई प्रदेश मन्त्रालयको सहयोगमा उनीहरुलाई राति १० बजे ल्याइएको थियो । तर वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा ठाउँ नभएको भन्दै राख्न नमानेपछि संक्रमित २८ जना रातभर गेट बाहिर गाडिमा भोकै बसेर रात कटाएका थिए । प्रदेश पोर्टलबाट

ट्वीटरमा नयाँ फिचर : शव्द फुरेको बेला लेखेर राख्ने, फुर्सदमा ट्वीट गर्ने

काठमाडौं । कुनैबेला तपाईं फुर्सदमा हुनुहुन्छ र केही कुरा ट्वीट गर्न चाहनुहुन्छ । तर तत्कालै मन फेरिन्छ वा मुड बदलिएर तपाईंलाई ट्वीट गर्ने जाँगर चल्दैन । अनि पछि कुनै बेला ट्वीट गरौँला भनेर पन्छिनुहुन्छ । तर केही समयपछि तपाईंले पहिले ट्वीट गर्न आँटेको कुरा वा फुरेका शव्दहरु बिर्सिनुहुन्छ । जसका कारण तपाईंले ट्वीटमा व्यक्त गर्न चाहेको महत्वपूर्ण विषय समेत फासफुस हुन्छ ।

तर अबचाहिँ यस्तो हुने छैन । किनकी माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताका लागि दुई नयाँ फिचर ल्याएको छ । जसको सहयोगमा अब ट्वीटर प्रयोगकर्ताले आफूलाई विषय फुरेको बेला लेखेर मन लागेको बेला ट्वीट गर्न सक्नेछन् ।

ट्वीटरमा अब प्रयोगकर्ताले आफ्नो ट्वीट आफूलाई इच्छा लागेको बेला पोष्ट गर्नेगरी समय तालिकामा राख्न अर्थात् ‘सेड्युल’ गर्न सक्नेछन् ।

त्यसका अलावा ट्वीटलाई ड्राफ्टमा पनि सेभ गर्न सकिनेछ र पहिले लेखिएको कुनै पनि कुरालाई ट्वीट गर्न सकिनेछ ।

नयाँ फिचर्सका बारेमा जानकारी दिँदै ट्वीटरले भनेको छ, अब वेब भर्सनमा ट्वीटर प्रयोगकर्ताले आफूलाई मन लागेको बेला ट्वीटलाई सेड्युल गर्न सक्नेछन् ।

कसरी गर्ने ?

यसका लागि ट्वीट गर्ने समय कम्पोज विन्डोमा तलपट्टि अन्य आइकन्ससँगै एक क्यालेन्डरको आइकन पनि देखिनेछ । त्यसमा क्लिक गरेपछि ट्वीट सेड्युल गर्न सकिनेछ ।

स्मरण रहोस् ट्वीटरले गत वर्ष नोभेम्बरमै सेड्युल ट्वीट फिचर परीक्षण गरिरहेको जानकारी दिएको थियो । त्यही फिचरलाई उसले आधिकारिक रुपमा लञ्च गरेको हो ।

त्यस्तै आफ्ना ट्वीटलाई ड्राफ्टको रुपमा सुरक्षित राख्ने नयाँ फिचर पनि प्रयोगकर्ताका लागि निकै उपयोगी हुने देखिन्छ । यदि तपाईंले कुनै ट्वीट अहिल्यै नगरी केही समयपछि गर्न चाहनुहुन्छ भने ट्वीट फुरेको बखत लेखिहालेर त्यसलाई ड्राफ्टमा राख्न सक्नुहुन्छ ।

यसका लागि ट्वीट कम्पोज गर्दा लेखिने कम्पोज विन्डोको माथि वायाँपट्टि देखिने क्रस आइकनमा क्लिक गर्नुपर्दछ । त्यसो गरिसकेपछि लेखेका कुरालाई ड्राफ्टमा सेभ गर्ने अप्सन आउनेछ र सोही अप्सनमा क्लिक गरेर आफूले अहिले लेखेका कुरालाई भविष्यमा ट्वीट गर्नका लागि सुरक्षित राख्न सकिन्छ ।

पुरानो ड्राफ्टलाई ट्वीट गर्नका लागि केबल कम्पोज विन्डो खोले पुग्दछ । त्यसपछि माथि दायाँपट्टि रहेको ग्लकभलत त्धभभतक अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि आफूले सेभ गरेका सबै ड्राफ्ट देखा पर्दछन् । तपाईंले ती ड्राफ्टबाट जुनसुकै छानेर सम्पादन समेत गरी ट्वीट गर्न सक्नुहुन्छ ।

ट्वीटरले उपलब्ध गराएका यी दुई फिचर करोडौँ ट्वीटर प्रयोगकर्ताले निकै नै मन पराउने पक्का छ ।

तर दुःखको कुरा यी नयाँ फिचर ट्वीटरको एन्ड्रोइड तथा आइओएस एपमा उपलब्ध छैनन् । तत्कालका लागि ट्वीटरको वेब भर्सनमा मात्र यी फिचरहरु प्रयोग गर्न सकिने ट्वीटरले जनाएको छ ।

–एजेन्सीको सहयोगमा

आयोध्यामा राम मन्दिर बनाउने बिषयमा पाकिस्तानको बिरोध, इमरान खानलाई भारतले दियो कडा जबाफ !

काठमाडौं । भारतले इमरान खान नेतृत्वको पाकिस्तान सरकारको वक्तव्यलाई खारेज गरेको छ ।

अयोध्यामा राम मन्दिर निर्माण पुनः सुरु गरेकोमा बिहीबार इमरान खान नेतृत्वको पाकिस्तान सरकारले कडा प्रतिक्रिया व्यक्त गरेको थियो । पाकिस्तानको विदेश कार्यालयले जनाएको सो प्रतिक्रियालाई भारतका विदेश मामिला मन्त्रालयले खारेज गरेको हो ।

भारतका विदेश मामिला मन्त्रालयले ‘भारतीय संविधान, इस्लामाबाद जस्तो नभई सबै धर्मको समान अधिकारको ग्यारेन्टी’ समेत दिएको छ । ‘पाकिस्तानको विदेश कार्यालयले समय निकाल्न सक्छ र फरक महसुस गर्न आफ्नै संविधान पढ्न सक्छ ।’ विदेश मामिला मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन् ।

श्रीवास्तवले पनि पाकिस्तानले धार्मिक अल्पसंख्यक वर्गको व्यवहार र वर्षौंको संख्यामा आएको गिरावटको आलोचना गरे। “आफ्नो रेकर्डलाई ध्यानमा राख्दै पाकिस्तानले अल्पसंख्यकको समेत उल्लेख गर्न लाजमर्दो हुनुपर्दछ। जे भए पनि, संख्याहरू झूठो हुँदैनन्’ उनले भने।

पाकिस्तानको विदेश कार्यालयले बुधबार राममन्दिरमा काम सुरु भएकोमा निन्दा गरेको थियो र यसलाई सत्तारुढ भारतीय जनता पार्टीको हिन्दुत्व एजेन्डा अगाडि बढाउने प्रयासको एक हिस्साको रूपमा वर्णन गरेको थियो। यसले यो पनि दाबी गर्‍यो कि भारतीय सर्वोच्च अदालतको गत वर्षको फैसला न्यायको मागलाई समर्थन गर्न असफल भएको थियो र यस निर्णयले भारतमा तथाकथित धर्मनिरपेक्षताको पोशाक लाई झकझकाएको थियो।

विदेश कार्यालयको कथन प्रधानमन्त्री इमरान खानले खाडी देशहरूलाई लक्षित गरी एउटा कथा निर्माण गर्ने निरन्तर प्रयासको हिस्सा हो जुन भारतमा अल्पसंख्यकहरू सुरक्षित थिएनन्। गत केही महिनामा भारतीय सुरक्षा एजेन्सीहरूले पाकिस्तानमा रहेका हजारौं ह्यान्डलहरू पहिचान गरे जुन सोशल मिडियामा यस लाइनलाई धक्का दिन खोजिरहेका थिए। गत महिना सरकारलाई पेश गरिएको एउटा रिपोर्टले ७००० त्यस्ता ह्यान्डलहरूको सूचीमा पठाएको थियो।

पाकिस्तान र प्रधानमन्त्री इमरान खान जस्ता यी ह्यान्डलहरूले कोविड-१९ महामारीको दौरान खाडी देशहरूसँगको भारतको सम्बन्धलाई प्रभाव पार्ने उद्देश्यले एउटा अभियान चलाउन अल्पसंख्यकहरुलाई उत्पीडन गर्ने कार्यमा बढाइचढाइ गरिएको थियो।

सर्वोच्च अदालतको ९ नोभेम्बरको फैसलालाई आक्रमण गर्न इस्लामाबादको निन्दाको प्रयासले श्री रामजन्मभूमि तीरथ क्षेत्र ट्रस्टको स्थापना भएको थियो, बाह्य मामिलाका प्रवक्ताले इस्लामाबाद कुनै विश्वसनीय न्यायपालिकासँग स्पष्टसँग परिचित नभएको सुझाव दिए।

मजदुरलाई घर पुर्याउन १८ घन्टासम्म काम गर्छन् सोनु

बलिउडमा खलपात्रको रुपमा चित्रित भएपनि कलाकार सोनु सुद रियल लाइफमा भने हजारौ मानिसका लागि नायक बनेका छन् ।

लक डाउनका कारण घरसम्म पुग्न नपाएका मानिसहरुलाई गाडीको माध्यमबाट घर पुर्याउने जिम्मा लिएपछि उनी यतिबेला सबैत्र चर्चामा छन् । सुरुवातमा ३५० जना मजदुरलाई आफ्नो घरसम्म पुर्याउने जिम्मा उठाएका सोनुले अहिलेसम्म १२ हजार भन्दा बढी मजदुरलाई यो सहयोग गरिसकेका छन् ।

अब, सोनुलाई दिनभर फोन र मेसेज आउन थालेको छ । उनी, यो कामका लागि दैनिक १८ घन्टासम्म खटिने गरेका छन् ।

सुरुवातमा यो कामका लागि एक्लै भएपनि अहिले उनको टिम बनिसकेको छ । ३ टिमले यो कामको व्यवस्थापन गरिरहेको छ ।

सोनुले हालै मात्र एक सय बढी महिलाहरुलाई प्लेनमार्फत घर पुर्याउने काम गरेका छन् । सोनुकी पत्नी सोनालीका अनुसार, उनी व्यस्त रहेपनि आफ्नो फिटेनश रुटिङलाई भने छाडेका छैनन् । उनी बिहान ५ बजे नै उठिसक्छन् । दैनिक ४ देखि ५ घन्टासम्म सुत्ने सोनुले केही दिन अगाडि आफूलाई दैनिक रुपमा आउने गरेका फोन र मेसेज सार्वजनिक पनि गरेका थिए ।

सुरुवाती दिनमा पैदल नै आफ्नो गाउँ जान थालेका मजदुरलाई देखेपछि सोनुले यो कदम उठाएका हुन् । उनले, गाडीको माध्यमबाट स्थानिय सरकारसँग अनुमती लिएर यो काम गरिरहेका छन् । सोनुको यो कामको सामाजिक संजाल र मिडियामा प्रशंसा भैरहेको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने बताइएको छ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ ।

जापानी लिग जुलाई ४ बाट सुरु हुने

एजेन्सी । जापानको ब्यवसायीक फुटबल जुलाई ४ बाट सुरु हुने भएको छ । शीर्ष डिभिजनको जे लिग सहित जापानी लिग फुटबल जुलाई ४ बाट सुरु गर्ने घोषणा गरिएको हो ।

कोरोनाका कारण सथगित खेल सम्पूर्ण खेल बन्द रंगशालामा खेलाइनेछ ।

संसार कोरोनामुक्त बनाउने भन्दै देवी मन्दिरमा मानव बलि

नयाँदिल्ली । भारतको कट्टकमा रहेको ब्राह्मणी देवी मन्दिरमा पुजारीले ५२ वर्षीय एक पुरुषको टाउको काटेर बलि दिएका छन् ।

हत्यामा संलग्न संसारी ओझाले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि यो वीभत्स घटना उजागर भएको हो । बलि दिइएका मानिस सरोज कुमार प्रधान भएको र उनी बन्धाहुदा गाउँका निवासी भएको प्रहरीले पत्ता लगाएको छ ।

ती मृतक मन्दिरमा मालीको काम गर्थे र ओझासँग एउटै कोठामा बस्ने गरेको बताइएको छ । कोरोना भाइरस महाव्याधिका विषयमा प्रधानसँग विवाद परेपछि ओझाले शुक्रवार बिहान १ बजे हत्या गरेको प्रहरी उपरीक्षक राधाविनोद पाणिग्रहीले बताए ।

ओझाले साबिती बयान दिने क्रममा कोरोनाभाइरसबाट संसारलाई मुक्त गराउन आफूलाई देवीले प्रधानको बलि दिन भनेको बताए । पुजारीले हँसिया प्रयोग गरेर प्रधानको टाउको छिनालेको प्रहरीको भनाइ छ ।

प्रहरी उपरीक्षकले भने,‘ती दुवै व्यक्तिले राति गाँजा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ,’ प्रहरीको टोली घटनास्थलमा पठाइएको र उनीहरूले घटनास्थलबाट अवश्यक नमूनाहरू संकलन गरेको उनको भनाइ छ ।

मृत शरीरलाई पोस्टमोर्टमका लागि पठाइएको छ । ओझालाई पक्राउ गरिएको छ र उनको स्वास्थ्य परीक्षण गरिएको छ । लकडाउनका कारण लामो समयदेखि मन्दिरमा कोही पनि गएका छैनन् । त्यहाँ ओझा र प्रधान मात्र बस्ने गरेको एक गाउँलेको भनाइ छ । द नेपालटपबाट

 

 

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतबार प्रस्तुत गर्ने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले आइतबार दिउँसो ३ः०० बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने छन् । सरकारले आगामी वर्ष स्वास्थ्य तथा कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेटको तयारी भइरहेको जनाएको छ ।

कोभिड-१९ का कारणले सिर्जित असहज अवस्थाबाट संकटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउने, स्वास्थ्य उपचार र पूर्वाधार निर्माणमा जोड दिने, कृषि क्षेत्रको यान्त्रीकरण र आधुनिकीकरणका माध्यमबाट रोजगारी सिर्जना तथा उत्पादकत्व वृद्धिको योजनालाई मुख्य गरी आगामी वर्षको नीति कार्यक्रममा समेटिने बताइएको छ ।

दैलेखमा भारतबाट आएका थप १४ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमित ६० पुगे

सुर्खेत । कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ९शिक्षण अस्पताल० जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका हुन् । सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो ।

थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं‍ २ का एकजना, ३ एकजना, ४ का तीनजना, ६ का एकजना, ८ का दुईजना, ९ का दुईजना, १० का दुईजना र ११ का दुई जना रहेका छन् ।

उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् । संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए ।

योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ । हालसम्म कर्णालीका सुर्खेत र दैलेखमा मात्रै संक्रमित भेटिएका छन् । अनलाइनखबरबाट

 

सप्तरीमा एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि

राजविराज । सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार ९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

शनिबार थपिएकामध्ये सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए । शनिबार बिहानसम्म जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । तर जिल्लामा संक्रमितलाई राख्न आइसोलेसन कक्षको भने अभाव देखिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जनालाई राखिएको छ । बाँकी संक्रमितलाई समबन्धित पालिकाकै क्वारेन्टाइनमै राखिँदा अन्यमा पनि कोरोना संक्रमण फैलिने हो कि भन्ने चुनौती थपिएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख यादवले शनिबार साँझसम्म नयाँ ठाउँमा आइसोलेसन कक्ष बनाउने गरी तयारी भइरहेको बताए ।