विदेशबाट नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर ल्याउने – Nagarikabhiyan : National News

विदेशबाट नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर ल्याउने

काठमाडौँ। विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर सरकारले ल्याउने भएको छ ।

श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, आफन्तको मृत्यु भई काजक्रियामा बस्नुपर्ने, स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ (कोरोना बाहेक) विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर सरकारले ल्याउन लागेको हो।

मन्त्रिपरिषद्को बैठकले यसअघि नै विदेशमा रहेका नागरिकलाई प्राथमिकताका आधारमा फिर्ता ल्याउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार, तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको हो । सरकारी सेवामा रहि तालिम वा अध्ययनका लागि विदेश गएकाले पनि सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाएर पर्नेछ ।