१७ जेष्ठ २०७७, शनिबार १०:३४ – Page 3 – Nagarikabhiyan : National News

झापाका २७ संक्रमित रातभर अस्पतालको गेट बाहिर

बिर्तामोड । शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ ।

अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु शुक्रबार रातभर अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । पुष्टिलगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका हुन् ।

उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । ‘संक्रमण पुष्टि भएकाहरुलाई धरान नै पठाइरहेका थियौं । मन्त्रालयको समन्वयमा उनीहरुलाई पनि धरान पठाएका हौं’ चम्लागाईले भने,‘तर, अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएको छैन । संक्रमतिहरु रातिदेखि अस्पतालको गेट बाहिर बसिरहेका छन् ।’

जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ५ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ जना उपचार पछि घर फर्किएका छन् भने अन्य सबै उपचाररत छन् ।

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।

सचिवालय बैठकअघि शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए । त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

सरकारले आर्थिक वर्ष २०७७र०७८ का लागि बिहीबार संसदमा सार्वजनिक गरेको बजेटमा बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने उल्लेख छ । त्यसका लागि अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा एमसीसी नभनिए पनि यति धेरै रकम विनियोजन गरिएकाले एमसीसीको अनुदान रकम स्वीकार गरेर योजना अघि बढाउने दाउमा सरकार रहेको भनेर नेकपाका कतिपय नेताहरुले विरोध गर्दै आएका छन् ।

आज १७ जेठ २०७७ शनिवार को राशिफल

आज २०७७ जेठ १७ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।

देशभर १ लाख जना क्वारेन्टिनमा

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिममा रहेका झण्डै १ लाख जनालाई क्वारेन्टिनमा राखिएका छन् ।

कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३ सय ७३ जना, सुदूरपश्चिम प्रदेशमा २५ हजार ७ सय ६५ जना, कर्णाली प्रदेशमा १७ हजार ५ जना क्वारेन्टिनमा छन् ।

त्यस्तै प्रदेश २ मा १६ हजार ६ सय ७८, प्रदेश १ मा २७ सय ४७, बागमती प्रदेशमा १९ सय ५४ र गण्डकी प्रदेशमा २८ सय १४ क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो समय भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर क्वारेन्टिनमा बस्नेहरुको संख्या बढेको हो ।

त्यस्तै देशभरका अस्पतालको आइसोलेसनमा उपचार गर्नेको संख्या पनि बढ्दै गएको छ । हाल एक हजार जना आइसोलेसनमा उपचाररत रहेको उनले बताए ।

प्रदेश १ मा १२३, प्रदेश २ मा ३८७, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा १८, प्रदेश ५ मा ३ सय ८३, कर्णालीमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा रहेका छन् ।

हालसम्म २ सय ६ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु

अर्घाखाँची । नेपालमा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।

घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।

आज थपिए १७० जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गणतन्त्र दिवशमा १८ जना रिहा

इनरुवा । गणतन्त्र दिवशको अवसरमा क्षेत्रिय कारागार झुम्कामा रहेका १८ जना रिहा भएको छ ।

दिवशको अवसरमा सुनसरीको क्षेत्रिय कारागार झुम्कामा रहेका विभिन्न मुद्धामा कारागार जिवन विताई रहेका १८ जना रिहा भएको हो ।

कारागारबाट सवारी ज्याजमा पाँच जना, डाका ३ जना, हातहतियार एक, कतव्र्य एक, कतव्र्य ज्यान एक, जल्यान खुन ढाडा एक, सरकारी कागजात किर्ते एक सहित १८ जनालाई रिहा गरेको कारागारले जनाएको छ । कारागारमा हाल एक हजार ६ सय ६२ जना रहेका छन् ।

झापामा थपिए २८ कोरोना संक्रमित, २७ जना कचनकवलका

विराटनगर । शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोा संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन ।विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा भद्रपुरका एक पुरुषमा संक्रमण देखिएको हो ।

शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ । कचनकवलमा मात्र एकसयजनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार मात्र कचनकवलमा २५ जनामा संक्रमण पुष्टि भएको थियो । भद्रपुरमा भने पहिलो संक्रमण देखिएको हो ।

शुक्रबार नै रौतहटमा पनि ५६ जनामा कोरोना पुष्टि भएको छ । अनलाइनखबरबाट

 

भारतसँग वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उनले भने ‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं ।’

भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने पनि मन्त्री ज्ञवालीले बताए ।

नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रको भूभाग समेटेर भारतले आफ्नो नक्सा जारी गरेपछि र हालै त्यस क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले कुटनीतिकम माध्यमबाट विरोध जनाई वार्ताको प्रस्ताव गरेको थियो । तर भारतले तत्काल वार्ताको प्रस्ताव अस्वीकार गरेको छ ।

मन्त्री ज्ञवालीले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको काममा मात्र खटाउने तयारी भइरहेको पनि जानकारी दिए ।अनलाइनखबरबाट

 

काठमाडौंमा बढ्दै कोरोना संक्रमण तर, अहिलेसम्म एउटै क्वारेन्टिन छैन

काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको संख्या बढ्दै गइरहेको छ । तर, उपत्यकामै अहिलेसम्म एउटा पनि क्वारेन्टाइन छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा अहिलेसम्म १६ जनामा कोरोना देखिएको बताएको छ । काठमाडौंबाहिरका भनिएका थप १४ जना पनि यहिँ बस्ने गरेको पाइएको छ ।

तर, संक्रमितसँग सम्पर्क भएकाहरुलाई पहिचान गरी राख्नका लागि काठमाडौंमा अहिलेसम्म एउटा पनि क्वारेन्टाइन छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमा १ लाख २ हजार ७ सय जनालाई राख्ने क्षमता छ । तर, देशकै राजधानी काठमाडौंमै अहिलेसम्म एउटै क्वारेन्टाइन छैन । यसरी काठमाडौंमै कोरोना संक्रमित बढ्दै जानु र उनीहरुको सम्पर्कमा आएकालाई राख्ने क्वारेन्टाइन नहुनुले गम्भीर प्रश्न उठेको छ ।

काठमाडौंका विभिन्न स्थानमा बस्ने ३० जनामा संक्रमण भए पनि उनीहरुसँग सम्पर्क भएकाहरु आफैं अलग्गै बस्दै आएका छन् । महामारी फैलिएका जिल्लाबाट काठमाडौं आएकाहरुलाई पनि बिना परीक्षण घर–घरमा जान दिइएको छ ।

त्यसरी आएका र संक्रमितसँग सम्पर्क भएकालाई राख्ने क्वारेन्टाइनको व्यवस्था गर्न महानगरले ध्यान दिएको देखिदैन ।

स्थान र स्वास्थ्यकर्मीको अभाव देखाएर महानगरले क्वारेन्टाइन निर्माणको जिम्मेवारीलाई बेवास्ता गर्दै आएको छ ।

महानगरपालिका प्रमुख हरिप्रभा खड्गीले काठमाडौं महानगरपालिमा क्वारेन्टाइनको व्यवस्था नगरेको बताएकी छन् ।‘क्वारेन्टाइन राख्ने वातावरण काठमाडौंमा मिलाएका छैनौं । मिलाएको भए पो त्यहाँ राखै भन्ने कुरा हुन्छ । यो नहुँदा काठमाडौं महानगपालिकामा क्वारेन्टाइन राख्न गाह्रो भयो ।’सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख खड्कीले भेन–‘३१ जना सफाइ कर्मचारीमा कोरोना संक्रमण देखा पर्यो । उनीहरुलाई राख्न क्वारेन्टाइन भएन । र वातारणमै ४–५ वटा कोठा तयार परेर त्यहाँ राख्नु पर्ने भयो ।’

एक साताअघि महानगरकै ३१ कर्मचारीमा द्रूत परीक्षण गर्दा संक्रमणको संकेत देखिएको थियो । क्वारेन्टाइन नभएका कारण पीसीआर परीक्षणको नतिजा नआएसम्म उनीहरुलाई वातावरण विभागको भवनमा राखेर व्यवस्थापन गरिएको थियो । यसबाट पनि महानगरले पाठ सिकेको छैन ।

जबकि उपत्यका बाहिरका स्थानीय तहले अन्यत्रबाट आउनेलाई गाउँ बस्तीमा पस्न नदिइ क्वारेन्टाइनमा राख्ने गरेका छन् । तेस्रो मुलुकमा अप्ठेरोमा परेका २५ हजारभन्दा बढी नेपालीलाई सरकारले सक्दो चाँडो स्वदेश ल्याउने भनिरहेका बेला काठमाडौं उपत्यकामै क्वारेन्टाइन नहुनुलाई मन्त्रालयले पनि स्वाभाविक ठानेको छैन ।

बाहिरबाट आउनेलाई नाकामै परीक्षणको माग गर्ने उपत्यकाका स्थानीय तहले क्वारेन्टाएइन निर्माणमा बेवास्ता गरेका छन् । यसलाई महामारी रोकथामप्रतिको उदासीनता नभनेर के भन्ने ? द नेपालटपबाट

 

कालापानी विवाद– के भारतले नेपाललाई टाढा धकेल्दै छ ?

भारतले चाँडै छिमेकमा रहेका आफ्ना मित्रहरु गुमाउँदैछ । मोदी सरकारले हिन्दू तिर्थयात्रीलाई भर्खरै दिएको उपहारका कारण अहिले समस्या सुरु भएको छ, तिब्बतको कैलाश मानसरोवरसम्म जाने सडक । यो योजना प्रधानमन्त्रीको प्रमुख प्राथमिकता थियो । यो सडक नेपालले दाबी गरेको भूभाग हुँदै जान्छ । त्यसैले, यस भूमिमा आफ्नो दाबी पेश गर्न नेपाल सरकारले देशको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ, जहाँ कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको भूभाग भनिएको छ । नेपालले यस भूमिमा भारतको दाबीलाई अस्वीकार गरेको  छ ।

नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपालकी भूमिसुधार मन्त्री पद्मकुमारी अर्यालले प्रधभानमन्त्री केपी शर्मा ओली देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ता रक्षा गर्न प्रतिबद्ध रहेको बताइन् ।

२० मेमा नेपालले जारी गरेको नयाँ नक्साले उत्तर प्रदेशको गोरखपुरस्थित सुस्ता आसपासको ठूलो भूभागमा पनि दाबी गर्छ, नेपालले भारतलाई यस क्षेत्रबाट आफ्ना संरचना हटाउन भनेको छ ।
कैलाश जोड्ने सडकको उद्घाटन भारतले गरेयता नेपालले चीनको आडमा विरोध जनाएको भारतीय सेनाप्रमुख एमएम नर्भाणेको आरोप दुग्भार्यपूर्ण छ । र, यो यस्तो अवस्थामा आएको छ जब विपक्षी राजनीतिक पार्टीसहित नेपाली समाजका सबै तप्काले सडक निर्माणबारे आपत्ति जनाएका छन् ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै भारतीय विदेश मन्त्रालयले नेपालको संशोधित नक्सामा ‘भारतको भूभाग समेटिएको’ र ‘यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको’ जनाएको थियो । उसले ‘भारतको सार्वभौमिकता र भौगोलिक यर्थाथलाई’ सम्मान गर्न काठमाडौंसँग माग ग-यो ।

यद्यपी, लिपुलेक पासमा अझै भारतको सार्वभौमिकता स्थापना हुन बाँकी छ किनकी यो विवादित क्षेत्र हो ।

भारतको दाबीले यो तथ्यलाई ध्यान दिएको छैन– पछिल्ला २६ वर्षसम्मको संवादमा  नेपाल–भारत संयुक्त सीमा समितिले झन्डै ९७ प्रतिशत समस्या समाधान गरेको थियो, तर कालापानी र सुस्तामा विवादका कारण समाधान निस्किएन । सन् २००९ मा तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीले नेपाल भ्रमणका बेला भनेका थिए, ‘कालापानी र सुस्तासहित दुई देशबीच धेरै स्थानमा देखिएको लामो समयदेखिको सीमा विवादको समाधान थप छलफलमार्फत खोज्ने सहमति भएको छ ।’
भारतले लिपुलेकमा सडक उद्घाटन गरेपछि नेपालमा दुई सातायता देखिएको विरोध प्रदर्शन पुरानै कथाको पुनरावृत्ति हो ।  १७ वर्षे नेपाल बसाई (१९९७–२०१४) अवधिमा मैले नेपाली राजनीतिक पार्टी र नेपालका झन्डै सबै क्षेत्रका जनताले भारतले कालापानी र सुस्तामा भूमि मिचेको भन्दै धेरैपटक यसरी प्रदर्शन गरेको देखेँ । यस्ता विरोधका समाचारलाई भारतीय सञ्चारमाध्यमले धेरै हदसम्म बेवास्ता गरे वा यदी समाचार बनाइहाले पनि विमतिहरुलाई गलत ढङ्गले देखाइयो ।

अहिले विवादको केन्द्रमा रहेको लिपुलेक पास ५ हजार मिटरको उचाईमा छ । सन् १९६२ को भारत–चीन युद्धयता भारतीय सेनाले कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूभाग मिचेको नेपालको दाबी छ । त्यतिबेला नेपालले असल छिमेकीका रुपमा भारतीय सेनालाई यस क्षेत्रमा क्याम्प खडा गर्न अनुमति दिएको थियो ।

त्यसयता नेपालका प्रधानमन्त्री किर्तिनिधि विष्टले पटक–पटक क्याम्प हटाउन आग्रह गर्दा पनि भारतीय सेनाले मानेन । दुई देशबीचको असन्तुलित शक्ति सम्बन्धका कारण, नेपालले यस क्षेत्रबाट भारतीय सेनालाई हटाउन पनि सकेन ।

आधुनिक भारत र नेपालबीच सीमारेखा कोर्ने काम ४ मार्च, १८१६ मा सुरु भएको थियो, जतिबेला ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपाल अधिराज्यबीच सुगौली सन्धीमा हस्ताक्षर भयोे । महाकाली नदीलाई दुई देशबीचको सिमाना मानेको यस सम्झौताले समस्या समाधान गर्ने अपेक्षा गरिएको थियो । तर त्यस्तो हुन सकेन । पछिल्ला ६ दशकमा सीमा र नो म्यान्स ल्यान्डलाई लिएर बेला–बेला विवाद चलिरहन्छ ।

यो मननयोग्य छ कि सुगौली सन्धीको झन्डै सय वर्ष पुग्नै लाग्दा अर्थात् १९११ मा अल्मोरा गाजेट्टरले लेखेका छन्, ‘दुई प्रमुख धाराको मिलनपछि काली नदी बन्दछ । लिपुलेकपास मुनीबाट निस्किएको कालापानी नदी र लिम्पियाधुराको शिरमुनीबाट निस्किएको कुटी यान्कित नदी ।’

यी दुबै जलधारालाई विभिन्न अवसरमा ‘काली नदी’ भनिएको छ । काली नदीले लिम्पियाधुराबाट भारतको उत्तराखण्डस्थित (कुमाउ क्षेत्र) र नेपालबीचको सीमाना निर्धारण गर्छ । लिपुलेक पाससँगै लिम्पियाधुरा पास नेपाल र तिब्बतबीचको सीमामा छ ।

पश्चिममा महाकालीबोहक दक्षिणमा गण्डकी र पूर्वमा मेची अन्य दुई नदी हुन् जसले नेपाल र भारतबीच सीमा छुट्टयाउँछन् । नेपाल र भारतबचि झन्डै ६ सय किलोमिटर सीमा क्षेत्र नदीले छुट्टयाएको छ । पूर्वमा मेची, पश्चिममा महाकाली र सुस्ता क्षेत्रमा नारायणी (गण्डकी) ।
दशकौँको अवधिमा यी नदीहरुले धेरैपटक धार परिवर्तन गरे, जसले जमिनमा विवाद तथा दाबी र प्रतिदाबी बढाएको छ ।

नेपालले आफ्नो सीमाको निगरानीमा ध्यान पु¥याउन नसक्दाको कमजोरीको फाइदा उठाउँदै भारतले सीमा मिचेको नेपाल सरकारको दाबी छ । नेपालको दाबीअनुसार नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र बिहारका ७५ वटा जिल्लामध्ये २३ जिल्लामा भारतीयहरुले ६० हजार रेक्टरभन्दा धेरै जमिन मिचेका छन् । यस्तो बलमिच्चाईप्रति नेपालमा ठूलो आक्रोश व्यक्त हुँदै गएको छ, दुग्भार्यवस् यो भारतले सुन्दैन ।

सर्भे अफ नेपालका पूर्व महानिर्देशकको दाबीअनुसार १८५० देखि १८५६ सर्भे अफ इन्डियाले नेपाली पक्षसमेतको सहभागितामा तयार गरेको नक्साले स्पष्ट रुपमा कालापानीदेखि १६ किलोमिटर उत्तरपश्चिमको लिम्पियाधुरा नै कालिनदीको मुहान रहेको देखाउँछ, यसले स्वत स् कालापानी नेपालको हो भन्ने प्रमाणित गर्छ ।

यद्यपी, भारतले यी नक्सालाई प्रमाणका रुपमा स्वीकार्न निरन्तर अस्विकार गरिरहेको छ । बरु, भारतीय अधिकारीहरुले ब्रिटिस उपनिवेशकालमा तत्कालीन सरकारले १८७५ मा जारी गरेको नक्सालाई आधार मान्नुपर्ने बताउँदै आएका छन् । यस नक्साले महाकाली नदीको मुहान कालापानीबाट पूर्वतर्फ देखाउँछ ।

सन् १८५० र १८५६ का नक्साजस्तो १८७५ को नक्सालाई नेपाली पक्षले मानेको छैन । अहिलेको अस्थिर अवस्थाबारे नेपाली जनता पूर्णरुपमा सचेत छन् ।

नेपाल एकीकरणकर्ता र शाह वंशका संस्थापक पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ भनेका थिए ।
नेपाल पाइला–पाइलामा सचेत भएर हिँडिरहेको छ, दुई शक्तिशाली छिमेकीसँगको मैत्रिपूर्ण सम्बन्धलाई व्यवस्थापन गर्दै, अन्य देशसम्म पुगेर र संयुक्त राष्ट्रसंघमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आफ्नो स्वतन्त्र हैसियत सुरक्षित गरिरहेको छ ।

सार्कको सचिवालय काठमाडौँमा छ । अन्तर्राष्ट्रिय कानूनमा भूपरिवेष्ठित राष्ट्रको अधिकार सुरक्षित गर्न पनि नेपालले अग्रस्थानमा रहेर प्रयास गरिरहेको छ ।

शृंखलाबद्ध राजनीतिक र सामाजिक संकटबाट गुज्रनुका बाबजुद यस हिमाली राज्यले दुई शक्तिशाली छिमेकी भारत र चीनबाट आफ्नो स्वतन्त्रताको रक्षा र सम्बद्र्धन गर्न खेलेको भूमिका तारिफयोग्य छ ।

चीनको आडमा नेपालले कालापानीमा आफ्नो दाबी प्रस्तुत गरेको भन्ने भारतीय सेनाका प्रमुखको टिप्पणीले स्पष्टै रुपमा नेपाली राष्ट्रिय भावनामा ठेस पु¥याएको छ । नेपाली प्रधानमन्त्रीले भर्खरै नेपालको संसद्मा भारतविरुद्ध गरेको कडा टिप्पणी तिक्तता थप गहिरिने संकेत हो, यसलाई सहजै पचाउन भारतलाई गाह्रो पर्छ ।

बाहिरी सम्बन्धमा आर्मी प्रमुखको अनावश्यक हमला र चीनलाई यस विवादमा तान्ने उनको प्रयासले थप समस्या निम्ताउनसक्छ ।
—Rato Pati —
(तपन बोस लेखक तथा मानवअधिकारवादी अभियन्ता हुन् । उनी काठमाडौंस्थित मानवअधिकारका लागि दक्षिण एशिया मञ्चमा महासचिव थिए । यो लेख भारतीय सञ्चारमाध्यम द वायरबाट अन्वेषण अधिकारीले अनुवाद गरेका हुन् ।)

मेयर सरावगीको अडियो सार्वजनिक, पैसा नदिए विरामी लैजानुस

पर्सा। नेपालकै आर्थिक नगरिको उपमा पाएको बीरगञ्ज महानगरपालिका साधन स्रोतको हिसावले देशकै ठूलो महानगर हो। संकटको बेला र अप्ठ्यारोमा अरुलाई सहयोग समेत गर्न सक्ने हैसियतको यो महानगरपालिका कोरोना संक्रमणको उपचारका क्रममा आफ्नो त्यो हैसियतलाई विर्सेर आफ्ना छिमेकी पालिकाहरुसँग मोलमोलाईमा समेत लागेको पाइएको छ।

मानविय संवेदना देखाउने समयमा समेत महानगरपालिकाका मेयर विजय सरावगी नाफाघाटाको हिसाव गर्दै हिडेका छन्। उनले स्थानिय अन्य पालिकाका अध्यक्ष र मेयरहरुसँग कोरोना संकमित विरामीको उपचारका लागि रकम मागेको र नदिनेहरुका हकमा उनीहरुको विरामी सम्वन्धित पालिकामै लैजान भनेको अडियो सार्वजनिक भएको हो।

सरावगीले छिमेकी पालिकाका मेयरहरुसँग रकम मात्र मागेका छैनन उनले कोरोना संक्रमित उपचार गराइरहेको नारायणी अस्थायी कोभीड अस्पतालका प्रमुख डा उदय नारायण सिंहलाई फोन गरि बिरगञ्ज बाहेकका अन्य पालिकाका नागरिकलाई उपचार गर्न नसक्ने जानकारी सम्वन्धित पालिकाका प्रमुखहरुलाई गराउन निर्देशन समेत दिएका छन्।

मेयर सरावगीले पोखरीया वडा नं ९ र ६ का भारतबाट फर्किएका ४ जना संक्रमितलाई अस्पतालमा नराख्न दवाव दिएको नारायणी अस्थायी कोभीड अस्पतालका प्रमुख डा उदय नारायण सिंहले हाम्राकुरालाई जानकारी दिए।

पोखरिया नगरपालिकाबाट पैसा नआएको भन्दै उनले सम्वन्धित नगरपालिकाको मेयरलाई फोन गरेर आफ्नो पालिकाको विरामी लैजान भनेको सिंहले बताए।

जवाफमा सिंहले जुम्लाका संक्रमित समेत उपचार भइरहेको छ । अब यसरी क कसलाई कता कता पठाउने यो सम्भव छैन भनेर जानकारी दिएको सिंहले बताए। मानविय संवेदना देखाउने वेलामा विभेदपूर्ण व्यवहार गर्न सक्दैनौ भनेर मेयर सावलाई जानकारी दिएको उनले बताए ।

यसअघी मेयर विजय सरावगीले पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार मन्टुलाई फोन गरेर अबदेखि नारायणी अस्थायी कोभीड अस्पतालमा महानगरपालिकाका नागरिकलाई मात्र राख्ने जानकारी गराएका थिए। उनले आफूलाई संघीय र प्रदेश सरकारले सहयोग नगरेको अवस्थामा सबैलाई पाल्न नसक्ने भन्दै सुनाएका थिए ।

सरावगीले फोनमा भनेका थिए, “ गण्डक अस्पतालको सम्पूर्ण खर्च मैले महानगरपालिकाबाट मात्रै व्यहोरेको छु । सिदार्थ स्कूलको क्वारेन्टाइनको सम्पूर्ण खर्च मैले नै व्यहोरेको छु। ७५ जना डाक्टर नर्सको खाने बस्ने व्यवस्था मैले नै गरेको छु । उनीहरुको खाने बस्नेमै दैनिक डेढ लाख खर्च भइरहेको छ। ४५ लाख खानामा २५ लाख अस्पतालमा र हावीजावीमा २० लाख गरि मासिक ९० लाख खर्च भइरहेको छ।”

आफूले भीख मागरेर अस्पताल सधै चलाउन नसक्ने बताएका थिए। उनले भने, “ सधै म भीख मागेर अस्पताल चलाउन सक्दिन। सिपरमाई र जगन्नाथपुर सहितका ५ पालिकाका मान्छेलाई पालेर पठाएकै हुँ।”

पोखरीयाका मेयरलाई उनले भने, “ तपाइको मान्छेलाई लिन आफ्नो एम्वुलेन्स पठाउनुहोला नत्र म सेनाको एम्वुलेन्समा राखेर पठाइदिन्छु। मैले पहिला पनि टाउनहलमा वैठक गरि तपाइहरुलाई भनेकै थिए। चिठी पनि पठाए फोन पनि गरे। मेरो दुईवटा गाउँबाट २५ लाखका दरले रकम पाउने मेरो मान्छे गोविन्द देवकोटा मार्फत जानकारी पाएको छु। अब जस्को गाउँबाट पैसा आएको छ उसलाई राख्छु अरुलाई राख्दिन।”

बिक्री भएन लिची

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन । केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको छ ।

सूचनामा केन्द्रले ठेक्का मूल्य करिब आधाले घटाएको छ । यसपटक ठेक्का मूल्य रु सात लाख ९२ हजार ८१८ मात्र कायम गरेको केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिनुभयो । गत वर्ष करिब रु २२ लाखमा ठेक्का लागेको थियो । सवारी साधनको आवतजावतमा रोक तथा बजार बन्द रहेका कारण आवेदन पर्ने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ ।

बजार तथा यातायातका साधन नखुल्ने भएपछि लिची बिक्री–वितरण गर्न नसकिने भएकाले पनि ठेक्का आवेदन नपरेको हुनसक्ने केन्द्रका प्रमुख उनले बताए । “ठेक्का लिएर पनि लकडाउनले गर्दा व्यापारीलाई बिक्री गर्न समस्या छ, समयमै बिक्री गर्न सकिएन भने ठेक्का डुब्ने डरले पनि कसैले ठेक्का नहालेको हुनसक्छन्”, उनले भने ।

बगैँचामा लिची पाक्न शुरु भएको दुई हप्ताभित्रमा ठेक्का र बिक्री सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ । “पाकेको लिची बोटमा धेरै दिन राख्न सकिँदैन । समयमै टिप्न भ्याइएन भने कुहिएर झर्छ, ठेक्का आह्वान गरेको पनि दोस्रोपटक भइसक्यो, कुनै ठेकेदारले ठेक्का हालेका छैनन्”, उनले भने । पन्ध्र बिघा क्षेत्रफल बगैँचामा १६ देखि २० लाख दाना लिची फलेको केन्द्रको अनुमान छ ।

त्यसैगरी केन्द्रले बगैँचामा रहेको आँपको ठेक्काका लागि १५ दिने बोलपत्र आह्वान गरेको छ । आँपमा पनि केन्द्रले गत वर्षभन्दा आधाले मूल्य घटाएर ठेक्का आह्वान गरेको हो । आँपको उत्पादन वृद्धि भए पनि लकडाउनका कारण बिक्री नहुने देखिएकाले केन्द्रले गत वर्षको भन्दा आधाले मूल्य कम गरेको जनाएको छ ।

यस वर्ष आँपको न्यूनतम ठेक्का मूल्य रु १० लाख ११ हजार ५६० तोकिएको उनले बताए । केन्द्रले १२० बिघा क्षेत्रफलमा आँप उत्पादन गर्दै आएको छ । यो बागवानी दक्षिण एशियाकै ठूलो बागवानी केन्द्रका रूपमा परिचित रहेको छ । तर यस वर्ष गत वर्षको तुलनामा लिची तथा आँप कम फलेको केन्द्रले बताएको छ ।

रौतहटमा संक्रमितलाई लिएर तनाव, १२ राउण्ड हवाई फायर

रौतहट । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।

इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको हो ।

दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।

प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए । सो क्रममा प्रहरीले अवस्थालाई काबुमा राख्न झण्डै १ दर्जन हवाई फायर गरेको थियो ।

चिनीयाँहरुले यसरी तिब्बतीहरुलाई धार्मिक कार्यक्रममा समेत सहभागी हुन दिएन

काठमाडौं । चिनियाँ अधिकारीहरूले तिब्बतका विद्यार्थीहरूलाई धार्मिक कार्यक्रममा भाग लिन नदिएको तिब्बतका मिडीयाले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले विद्यार्थीहरू, सरकारी कर्मचारीहरू, र राज्य पेन्सन लिने व्यक्तिहरूलाई धार्मिक कार्यक्रममा (बौद्ध पवित्र माला सागा दावामा) भाग लिने अनुमतिमा रोक लगाएको हो ।

तिब्बतका स्रोतका अनुसार चिनियाँ अधिकारीहरूले बौद्ध पवित्र माला सागा डावा, जुन तिब्बती चन्द्र क्यालेन्डरको चौथो महिनामा पर्दछ र यस वर्ष मे २२ मा शुरू भएको थियो । यस दिन बुद्धको जन्म, मृत्यु, र ज्ञानको सम्झना गर्दछ । र परम्परागत रूपमा बौद्ध देशहरूमा मनाइन्छ।

‘ल्हासाको प्रसिद्ध जोखांग मन्दिर र अन्य धार्मिक साइटहरू अब जनताको लागि खुला भए पनि विद्यार्थीहरू, सरकारी कर्मचारीहरू, र राज्य पेन्सन लिने व्यक्तिहरूलाई धार्मिक कार्यक्रमहरूमा भाग लिन अनुमति छैन ।’ आरएफएले जनाएको छ ।

तिब्बती स्कूली बच्चाहरूको अभिभावकलाई त्यस्तै चिनियाँ अधिकारीहरूसँग उनीहरूको बच्चाहरूलाई सागा डावामा धार्मिक समारोहमा भाग लिन नदिन चेतावनी दिइएको छ ।

अधिकारीहरूले चेतावनी दिएका छन् कि कम्युनिष्ट पार्टीका सदस्यहरू, सरकारी कार्यकर्ताहरू र धार्मिक समारोहमा भाग लिने विद्यार्थीहरूले गम्भीर परिणाम भोग्नुपर्नेछ । अहिले ल्हासामा प्रहरी गतिविधि पनि बढिरहेको छ।

ल्हासामा कोरोनाभाइरसको प्रारम्भिक प्रकोपको बेला तिब्बतमा सबै विद्यालय पर्याप्त समयका लागि बन्द भएका थिए। यसैबीच, नगरमा कोरोनाभाइरस फैलिने डरले लास क्षेत्र क्षेत्रका स्कूलहरू लामो समयसम्म बन्द भएपछि खोलेका छन्।

ल्हासामा कोरोनाभाइरसको प्रारम्भिक प्रकोपको क्रममा तिब्बतका विद्यालयहरू पर्याप्त समयका लागि बन्द भएका थिए । बिस्तारै, विद्यालय फेरि खोलियो, तर बालवाडी र डे केयर केन्द्रहरू प्रायः बन्द रहन्छन्।

चीनका तिब्बती जनसंख्या भएका क्षेत्रका अधिकारीहरूले लामो समयदेखि तिब्बती बौद्ध धर्मका बच्चाहरूमा पर्ने प्रभावलाई रोक्न खोजेका छन्, जुन परम्परागत रूपमा तिब्बती सांस्कृतिक र राष्ट्रिय पहिचानको केन्द्रबिन्दु रहेको यस क्षेत्रका स्रोतहरूले बताएका छन्।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३९९ पुग्यो

बुटवल । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु कपिलवस्तु नगरपालिका(१० का २४ वर्षका पुरुष र वडाम्बर ११ का २३, २५ र २६ वर्षका तीनजना पुरुष हुन् । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३६ पुगेको छ ।

कपिलवस्तु नगरपालिकाको बुद्धपद्म मावि, निग्लिहवा र वडानम्बर ११ को जहदीका क्वारेन्टाइनबाट १७० जनाको स्वाबको परीक्षण गर्दा चारजनामा कोरोना पोजेटिभ देखिएको हो ।

जेठ १२ गते स्वाबको नमूना संकलन गरी भरतपुर अस्पताल चितवनमा परीक्षणका लागि पठाइएकामा ४ जनामा कोरोना पोजेटिभ र बाँकी १६६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

योसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३९९ जना पुगेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार बाँकेमा १७१ जना, कपिलवसतुमा १३६ जना, रुपन्देहीमा ४५ जना, दाङमा २२ जना,बर्दियामा १० जना, नवलपरासी पश्चिममा ५ जना, गुल्मीमा ४ जना, अर्घाखाँचीमा ३ जना र रुकुमपूर्वमा ३ जना संक्रमित भेटिएका छन् । गुल्मीमा भेटिएका एकजना भने दाङका स्थायी बासिन्दा हुन् ।

प्रदेश ५ मा भेटिएका कोरोना संक्रमितमध्ये गुल्मीका एक, अर्घाखाँचीका एक र बाँकेका एक गरी तीनजनाको मृत्यु भएको छ ।

प्रदेश ५ मा ३७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । शुक्रबार (आज) पनि दाङको कोरोना विशेष अस्पतालबाट चार जना निको भएर डिस्चार्ज हुने प्रकृयामा रहेका तथ्यांक अधिकृत वलीले अनलाइनखबरलाई जानकारी दिए ।अनलाइनखबरबाट