१६ जेष्ठ २०७७, शुक्रबार ११:२६ – Page 4 – Nagarikabhiyan : National News

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए अनुसार आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको हो ।

बैठबकमा समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल हुने पनि उनले जानकारी दिए । संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कोरोना अपडेटः क्वारेन्टाइनमा रहेका दुई जनामा संक्रमण देखियो

काठमाडौं । नेपालामा थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।

नवलपुरमा आज थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २१ वर्षका दुईजना युवामा कोरोना पुष्टि भएको हो ।

नक्सा जारी गर्ने राष्ट्रवादी सरकारले सुदुरपश्चिमलाई बजेटमै हेप्यो, दार्चुलाका सांसदले गरे कडा विरोध

काठमाडौं । लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रलाई समेटेर नक्सा जारी गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमा भने कालापानी क्षेत्रलाई वेवास्ता गरेको छ।

बजेटमा यो क्षेत्रका लागि विशेष प्याकेज आउने अपेक्षा गरिए पनि ओली सरकारले निराशमात्रै दिएको छ। यो क्षेत्रको महाकाली करिडोर बाहेक अन्य कुनै कुरा अर्थमन्त्री युवराज खतिवडाले वाचन गरेको बजेट भाषणमा सुनिएन्। कालापानी क्षेत्रमात्रै होइन यसपालि पुरै सुदूरपश्चिम नै बजेटमा ठगिएको छ। धेरै योजनाहरु रद्ध गरिएका छन्।

तर, अहिले राष्ट्रवादका नाममा चर्को रुपमा उठिरहेको कालापानी क्षेत्रमै चर्चा गरौं। कालापानी क्षेत्रलाई लामो समयदेखि उचालेर तत्कालिन एमाले र अहिले नेकपा राष्ट्रवादी देखिँदै सत्तामा पुगेको छ। सत्तामा पुगेपछि केही सकारात्मक संकेतहरु देखायो। जस्तो कि नक्सा जारी गर्ने, सशस्त्रको बीओपी स्थापना गर्ने। तर, यो भूमिको स्वामित्वसँग जोडिने कुरा भयो। तर त्यहाँका जनताको स्वामित्व भने यो सरकारले चटक्कै बिर्सिएको छ। हजारौं दुख कष्ट सहेर त्यहाँका जनताले सीमा रक्षा गरिरहेका छन्। अहिले सरकारले केही गर्ला कि भन्ने आशमा रहेका उनीहरु फेरि एकपटक निराश भएका छन्।

उनीहरुले सरकारबाट प्याकेज पाउने आश राखेका थिए। तर सरकारले बजेटमा सो क्षेत्रको नामै उच्चारण समेत नगरेपछि त्यहाँका स्थानीय आक्रोशित बनेका छन्। भन्ने बेलामा कालापानी भूमि फिर्ता ल्याएर छाड्छु भन्ने तर सो क्षेत्रका जनतालाई नहेर्ने दोहोरो चरित्र यो सरकारमा देखिएको छ। त्यहाँका जनतालाई रुवाएर भूमि फिर्ता ल्याउन जटिल हुनेछ। पहिला आफ्नो देशका जनता खुसी पार्नुपर्छ।

भारतले नेपाली भूमिमा रहेका तीन गाउँका नागरिकलाई भूमि कब्जा गरेर विशेष सुविधा दिएर आफ्नो बनाइसक्यो। तर हामी आफ्नै जनतालाई रुवाउँदैछौं। यसरी नयाँ नक्सा राजनीति गर्ने विषयमात्रै बन्ने र भूमि फिर्ता पनि नआउने दार्चुलाका सांसद बताउँछन्। अहिले सामाजिक सञ्जालमा पनि सरकारले प्याकेज नल्याएको भन्दै विरोध सुरु भएको छ।

नेपाली कांग्रेसका नेता तथा दार्चुलाका सांसद दिलेन्द्र बडुले राज्यले कालापानी क्षेत्रलाई हेला गरेको बताए। उनले नयाँ राजनीतिक विषय बन्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे। कालापानी क्षेत्र राज्यको प्राथमिकतामै पर्न नसके र प्याकेज नआउँदा त्यहाँका जनता निराश भएको उनको भनाई छ। उनले बजेट किनका छरेजसरी आएको भन्दै असन्त्ष्टि व्यक्त गरे। जहाँ चाहिने हो त्यहाँ बजेट र योजनाहरु नदिएको उनको आरोप छ। नेपालपाना 

मोदीसँग सम्बन्ध विग्रने डरले प्रधानमन्त्री ओलीले यसरी रोके संविधान संशोधन, देउवा भए ‘कलंकित’

वीरगञ्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्ध टुट्ने डरले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव रोकेको खुलेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले मोदीसँगको सम्बन्ध टुट्ने डरले प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रस्ताव रोकेको गरेका छन् । रेडियो सान्भीको कार्यक्रम “सवाल जवाफ” मा कुराकानी गर्दै नेता पौडेलले मोदीसँगको डरले प्रधानमन्त्री केपी शर्मा ओली नै हिजो संविधान संशोधनको कार्यसूची नल्याएको बताए ।

संविधान संशोधनका काँग्रेसले किन छलफलका लागि समय मागेर ढिलाई गरेको भन्ने सवालमा नेता पौडेलले “नेपालको संविधान संशोधन गर्न नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक बस्नुपर्छ भनेर कहाँ लेखेको छ, के सरकारका मन्त्री काँग्रेसका प्रवक्ता हुन् ?” भन्दै प्रतिप्रश्न गरेका छन् ।

उनले भने “बरु भएको के हो भने, प्रधानमन्त्री आफैले मेरो मोदी जी सँग संवाद हुने परिस्थिती बन्दैछ, त्यसैले संसदबाट यो तत्काल पास ग¥यौ भने मोदीसँगको संवाद टुट्छ, त्यसैले मलाई केही समय चाहिएको छ भनेर उहाँले हाम्रो सभापतिलाई भन्नु भएको हो, हामीसँग सूचना छ ।” द नेपालटपबाट

 

‘लकडाउन अवधिलाई शून्य समयको मान्यता’

काठमाडौं । सर्वोच्च अदालतले जारी लकडाउनको अवधिभरलाई शून्य समयको मान्यता दिने भएको छ ।

सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारको गरेको लकडाउनको अवधिभरलाई शून्य समयको मान्यता दिने र सो अवधि न्यायिक कार्यमा गणना नगर्ने फैसला गरेको हो ।

नेपालको न्यायिक इतिहासमै पहिलो पटक प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सबै १९ न्यायाधीशको उपस्थिति भएर बृहत् पूर्ण इजलासले लकडाउन अवधिलाई शून्य समयको मान्यता दिने र लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा दिने फैसला सुनाएको हो ।

जटही र खजुरी नाका बन्द

धनुषा । भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो ।

नेपाल–भारत सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखे पनि धनुषाको नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिए । भारतबाट नेपाल भित्रिने नेपालीको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टिनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका सञ्चालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

सहायक प्रजिअ पोखेरलले सङ्घीय सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको स्पष्ट पार्नुभयो । सीमानाका बन्द भएपछि अब धनुषावासीले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन भनेका छन् । द नेपालटपबाट

 

एउटै गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित

झापा । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना सङ्क्रमित पुष्टि भएको छ । यसअघि ४८ सङ्क्रमित पुष्टि भई उनीहरुलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो । पालिकाका अध्यक्ष अञ्जार आलमले बिहीबार पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको बताए ।

उहाँले सङ्क्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएका छन् । “जति पनि सङ्क्रमित पुष्टि भएका छन्, उनीहरु सबै क्वारेन्टिनमा बसेका हुन्”, उनले भने, “सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टिनमा राख्दा थप समुदाय सङ्क्रमित हुनबाट जोगियो ।”

उनका अनुसार पालिकाभित्रका छ क्वारेन्टिनमा राखिएकामध्ये २७६ को स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो । जसमध्ये ७३ को रिर्पोट सङ्क्रमित पुष्टि भइसकेको छ भने ३५ जनाको रिर्पोट आउन बाँकी रहेको उनको भनाइ छ ।

पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टिन निर्माण गरिएको उनले बताए । क्वारेन्टिनमा बसेकामध्ये १०० जनाको स्वाब परीक्षण गर्न अझै बाँकी रहेको उनको भनाइ छ ।

अध्यक्ष आलमले भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएका र अध्ययनका लागि गएकामध्ये ४०० बढी आइसकेको बताए । झापामा यसअघि बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका दुई–दुई, दमकका एक र झापा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये दमक र बाह्रदशीका एक–एक निको भएर फर्किसकेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वर पौडेलले बताए । पौडलले प्रदेश नं १ मा मात्र सङ्क्रमितको सङ्ख्या १२९ पुगेको र सबैभन्दा बढी झापाको रहेको जानकारी दिए ।

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या उच्च

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा त्यहाँ संक्रमणबाट १ हजार ६७ जनाको मृत्यु भएको छ । जुन संख्या ब्राजिलमा एकैदिन कोरोनाबाट ज्यान गुमाउनेमा उच्च रहेको सरकारी तथ्यांकले देखाउँछ ।यो समाचार तयार पार्दासम्म ।

हालसम्म ब्राजिलमा कोरोना भाइरसबाट ४ लाख ३८ हजार संक्रमित छन् २६ हजार ७ सय ६४ जनाको मृत्यु भएको छ । २४ हजार नयाँ संक्रमित थपिएका छन् भने एकैदिन २६ हजार उपचारपछि निको भएका छन् ।

ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित ल्याटिन अमेरिकी देश हो ।

आज शुक्रबार: यसरी गर्नुहोस् सन्तोषी माताको पूजा, हुनेछ सुख प्राप्ति

एजेन्सी । हिन्दु धार्मिक मान्यता अनुसार बार नै पिच्छे फरक फरक देवी देवताको पुजा गरी व्रत बसिन्छ । ती सबै व्रतका विधि र मान्यताहरु पनि फरक फरक हुन्छन् । त्यसैगरी शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रुपमा व्रत बस्ने चलन रहिआएको छ । खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् ।

माताको व्रतले भौतिक सुख प्राप्तिको तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माता भगवान गणेशकी पुत्री हुन् भने माताको नाम रिद्धि–सिद्धि हो । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख-सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । सन्तोषी माता लक्ष्मीको अवतार हुन् ।

यस्तो छ सन्तोषी माताको व्रत र पूजा विधिः

सन्तोषी माताको ब्रतको लागी बिहान सुर्योदय अगाडी नै उठेर घर सरसफाई गर्दै,घरमा गंगाजल छर्केर शुद्ध पार्नपर्छ । पूजाको लागी आवश्यक सामग्रीहरुमा एक कलश,पानको पात,फुल,आरतीको लागी कपूर,अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मुर्ति, ब्रत कथा पुस्तक।

शुक्रबार बिहान स्नान गरेर मन्दिर या घरमै पूजा गर्न सकिन्छ । पूजाको लागी फुलले सजाएको कलश,प्रसाद हुनु आवश्यक छ भने घिउको दियो बाल्नुपर्छ। पूजा गरिसकेपछि माताको कथा आरम्भ गर्ने,र भजन गाउने।

नियमित रुपले सोर्ह शुक्रबार सम्म ब्रत बसिसकेपछि अन्तिम शुक्रबार विधिबिधान अनुसार देवी सन्तोषीको पूजा गर्ने र पुरी र केराको प्रसाद दान गर्ने। साथैं आठ कन्याहरुलाई खिरको प्रसाद खुवाउने ।

सन्तोषी माताको ब्रत बस्दा ध्यान दिनपर्ने सबैभन्दा मुख्य कुरा ब्रतको दिन अमिलो छुन र खानु हुँदैन ।

आज १६ जेठ २०७७ शुक्रवार को राशिफल

आज २०७७ जेठ १६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

तपाईको दिन शुभ रहोस् ।

भारतबाट फर्किँदा अर्घाखाँचीका एक युवककाे सीमामै ज्यान गयो, जाँच गर्दा कोरोना पुष्टि

अर्घाखाँची । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरे ।

प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी विजय विकले बताए ।

घर फर्कने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।

उनीसँगै आएका मानिसहरुको तथ्याकं संकलन सुरु भइसकेको प्रजिअ पौडेलले बताए ।अनलाइनखबरबाट

 

साना व्यवसायीलाई आयकरमा ७५ प्रतिशतसम्म छुट !

काठमाडौं । सरकारले साना तथा लघुउद्यमीलाई आयकरमा छुट दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले साना व्यवसायीलाई आगामी बजेटमा राहत प्याकेज ल्याएको बताए ।

उनले लघु घरेलु र साना उद्योगीलाई लाग्ने आयकरमा वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीलाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको बताए

कोरोना संक्रमितको शव लैजाँदा शवदाह गृहका कर्मचारी भागे

काठमाडौं । काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा कर्मचारी भागेका छन् ।

बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउने बेलामा शव दाह गृहमा ताल्चा लगाएर भागेका हुन् ।

ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार साँझ मृत्यु भएका बुङ्मतीका एक पुरुषलाई दाह संस्कारका लागि शव लैजाँदा शवदाह गृह बन्द थियो ।

अस्पतालबाट मृतक पुरुषको शवलाई विश्व स्वास्थ्य संगठनको नियम पालना गरेरै लगिएको थियो ।

तर शव दाह गृहमा कर्मचारी नभएपछि अर्को घाटबाट कर्मचारी ल्याई उनीहरुलाई प्रहरीले व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० दिएपछि शव जलाउने प्रक्रिया सुरु भएको थियो ।

यद्यपि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भने शव दाहगृह बन्द नभएको बताए । उनले ६ बजे नियमित शवदाह गृह बन्द हुने गरेकोले शवदाह गृहमा ताल्चा लगाएको देखिए पनि केहीबेरमा नै शवदाह गृह खुला गरेर मृतकको अन्त्येष्टि सुरु गरिएको अनलाइनखबरलाई बताए ।

यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी महिलाको पनि शव दाहगृहमै शव अन्त्येष्टि गरिएको थियो ।अनलाइनखबरबाट

बजेटको आकार घट्यो, आगामी वर्ष १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा। युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६र७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए । अनलाइनखबरबाट

क्वारेन्टिन निर्माणको विषयमा रौतहटमा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ ।

कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएर झडप भएको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन राख्न नदिने भन्दै स्थानीयले ढुङ्गामुढासमेत गरेका थिए ।

झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुटको छ । प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा ल्याइएको छ ।

स्थानीयसँगको विवादले उग्र रुप लिएर झडपमा परिणत भए पछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खड्काले बताए ।

कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एकमात्र क्वारेन्टिनमा दुई सय भन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा समेत क्वारेन्टिन निर्माण गर्न खोजेको हो । अनलाइनखबरबाट

 

सतैरझोरामा महिनाबारी दिवश मनाईयो

इनरुवा । सुनसरीको गढी गाउँपालिका ५ र ६ नम्बर वडा सतैरझोरामा महिनाबारी दिवश मनाईएको छ ।

गढी गाउपालिकाको दुई वटा वर्डाको प्रतिनिधि सहयोग तथा वास चम्पियन फोकल प्रसनको संयोजनमा सतैरझोरामा महिनाबारी दिवश मनाईएको हो ।

कार्यक्रममा वडा अध्यक्ष बन्दुलाल सरबरीया, सुगना झागड , वडा सदस्य सूर्य नारायाण साह, तेजनारायाण यादव लागयत विभिन्न क्षेत्रका महिलाहरुको सहभागितामा विश्व महिनावारी दिवस सामजिक दुरि कायम गरी मनाएको हो ।