ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या उच्च – Nagarikabhiyan : National News

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या उच्च

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा त्यहाँ संक्रमणबाट १ हजार ६७ जनाको मृत्यु भएको छ । जुन संख्या ब्राजिलमा एकैदिन कोरोनाबाट ज्यान गुमाउनेमा उच्च रहेको सरकारी तथ्यांकले देखाउँछ ।यो समाचार तयार पार्दासम्म ।

हालसम्म ब्राजिलमा कोरोना भाइरसबाट ४ लाख ३८ हजार संक्रमित छन् २६ हजार ७ सय ६४ जनाको मृत्यु भएको छ । २४ हजार नयाँ संक्रमित थपिएका छन् भने एकैदिन २६ हजार उपचारपछि निको भएका छन् ।

ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित ल्याटिन अमेरिकी देश हो ।