१५ जेष्ठ २०७७, बिहीबार १६:१० – Page 5 – Nagarikabhiyan : National News

भारतलाई कालापानी क्षेत्रबाट सेना हटाउन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन भारत सरकारसँग आग्रह गरेका छन् ।

भारतीय पत्रिका द हिन्दूलाई अन्तर्वार्ता दिँदै मन्त्री ज्ञवालीले भारतले कालापानीबाट फिर्ता गर्नुपर्ने बताएका हुन् । कालापानीबाट सेना फिर्ता गरेर त्यो भूभाग नेपाललाई फिर्ता गरे मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्ने पनि परराष्ट्रमन्त्री ज्ञवालीले प्रष्ट पारेका छन् ।

भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन गरेको भन्दै वार्ताबाटै समस्या समाधानमा जोड दिएका छन् ।

मन्त्री ज्ञवालीले भारतले नेपाली भूभागमा एकतर्फी सडक बनाउन नहुने बताए ।

भारतले एकतर्फीरुपमा नेपालको कालापानीलगायतका क्षेत्र समेट्दै नक्सा सार्वजनिक गरेर नेपाललाई दुःखी बनाएको उनको भनाइ छ । भारतले बिगतका सहमतिको ठाडो उल्लंघन गरेको पनि मन्त्री ज्ञवालीले बताए । द नेपालटपबाट

 

प्रिमियर लिग : क्लबका खेलाडीलाई ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न अनुमति

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लबका खेलाडीले ‘कन्ट्याक्ट’ प्रशिक्षणको अनुमति पाएका छन् । बुधबार ‘कन्ट्याक्ट’ प्रशिक्षणका लागि मतदान भएको थियो ।

जसमा ‘कन्ट्याक्ट’ प्रशिक्षण सुरु गर्नेबारे भएको मतदानमा क्लबले शतप्रतिशत मतदान गरेका हुन् । अब क्लबका खेलाडीले ‘कन्ट्याक्ट’ प्रशिक्षण थाल्ने भएका छन् ।

प्रिमियर लिग क्लबले गत साताबाटै सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण भने सुरु गरिसकेका छन् । कोरोनाको कारण स्थगित लिग जुनमा सुचारु गर्ने तयारी गरिएको छ ।

बलात्कार पीडितद्धारा सुरक्षाको माग

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनारमा गत माघ १५ गते चार जनाको सामूहिक बलात्कारको शिकार भएकी एक १५ बर्षीया बालिका र उनकी बहिनीहरुलाई पीडकहरुले ज्यान मार्ने धम्की दिएका छन् । उनिहरु खनार १२ को गाँउबाट असुरक्षित भई गाँउ छाड्न बाध्य भएका छन् ।

खनार १२ मा बस्ने ती किशोरीलाई पटक पटक सामूहिक बलात्कार गर्ने स्थानीय लक्षमण राई सहित ४ जनालाई प्रहरीले बैशाख ९ गते पक्राउ गरेको थियो । पक्राउ परेका ४ जना मध्ये लक्षमण सहित दुई जनालाई अदालतले नाबालक ठहराई छाडिदिएको छ ।

उनिहरुको उमेर १७ र १८ बर्ष भएको भन्दै अदालतको आदेशमा छुटेका मध्ये लक्षमण राईले जहाँ भए पनि मार्ने भन्दै पीडित बालिका र उनका बहिनीहरुलाई खोजी रहेको पीडित बालिकाकी सानी आमाले बताउनुभयो ।

राईले हाम्रो जिन्दगी बर्वाद पार्ने तिमिहरुलाई जहाँ भेटेपनि मार्छु भन्दै निरन्तर धम्की दिइरहेको सानी आमाले बताउनुभयो । उनिहरुको धम्कीका कारण लुकीछिपी हिड्न परेको उनको भनाई छ ।

छुटेर आएकाहरुबाट पटक पटक ज्यान मार्ने धम्की आएको बिषयमा प्रहरी प्रशासनलाई जानकारी गराउँदा वेवास्था गरिएको सानी आमाले बताउनुभयो । कहाँ कति बेला म र मेरा तीन छोरीहरुमाथि हमला हुन्छ केही थाहा नभएको उहाँले गुनासो गर्नुभयो । पीडित बालिकाकी माहिली बहिनीलाई पनि लक्षमणले फोन गरि तेरो दिदि कहाँ छ बोलाएर ल्याउ म मार्छु भनेको बताउनुभयो ।

उनीहरुले आफुहरु बसेको घरमा आएर बाहिरबाट ढुंगा हान्ने काम पनि गरेको बताउनुभयो । बसिरहेको घरमा असुरक्षित भएपछि सानी आमाको सम्पर्कमा आएको उनिहरुले बताएका छन् । सानी आमासंग इटहरी र आसपासमा लुकीछिपी बसिरहेको उनिहरुले बताएका छन् ।

१५ बर्षीया किशोरीको लक्षमणसँग पहिलाबाटै चिनजान भएको थियो । उनिहरुको प्रेम सम्बन्ध पनि रहेको र उनि म भोलि पहाड जाने भन्दै भेट्न आउन भनेपछि उसलाई भेट्न गएको बताउनुभयो । उनलाई भेट्न गएपछि अन्य ३ जना आएर सबैले पालै पालो बलात्कार गरेको पीडित बालिकाले बताउनुभयो । सामूहिक बलात्कारको शिकार भएकी बालिकाले घटनाबारे आफन्त मार्फत प्रहरीलाई खबर गरेकी थिइन् । मोरङ प्रहरीले घटनामा संलग्न पक्राउ गरि मुद्धा चलाएको थियो ।

इटहरी १२ खनारको गाँउमा बसोबास गर्ने उनिहरु असुरिक्षत भएपछि इटहरी चौंकको पश्चिमतर्फ केही समय बसेका थिए । त्यो बेला महिला आधारशिला सुनसरीको सम्पर्कमा आएका थिए । सो संस्थाले इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई घटना बारे जानकारी गराएको थियो ।

उपमेयर गौतमले तत्कालै उनिहरुलाई सम्पर्क गरि भोलिपल्टै सेफहाउसमा ल्याएर सुरक्षा प्रदान गरेकी थिइन् । पिडित बालिकाले स्वास्थ्य उपचार समेत नपाएकाले उपमेयरकै अग्रसरतामा विराटनगरमा लगेर ती बालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार गरिएको थियो । पिडित बालिका सहित उनका अन्य दुई बहिनी र सानी आमा समेत असुरक्षाका कारण संगै बस्नु पर्ने बाध्यता भएपछि उपमहानगरले उनिहरुलाई खानका लागि केही खाद्यन्न सामाग्री र ग्यास सिलिण्डर प्रदान गरेको थियो ।

उपचार र सुरक्षाको माग

सामूहिक बलात्कारको शिकार भएकी १५ बर्षीया बालिकाकी सानी आमाले अहिलेपनि छोरीको ब्रेष्ट चिरिने समस्याले सताएको बताएकी छन् । आर्थिक अभाव भएका कारण उनको उपचारका लागि डाक्टरकोमा जान नसकेको उनले बताइन् ।

कहि कत्तैबाट छोरीको उपचार गर्न पाए मनमा सन्तोष पलाउने उनले बताइन् । उनले आफुहरु छुटेर आएकाहरुको खोजीमा रहेकाले असुरक्षित भएर हिड्नु पर्ने र रातभरी त्रासमा बस्नु पर्ने बाध्यता भएकाले सुरक्षाका लागि सम्बधित निकायले चासो राखिदिन उनले आग्रह गरेकी छन् ।

चौरजहारी घटना: थप एक जनाको शव भेटियो

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ काा १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार सञ्जुको शव छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेका हो । भेरी नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए ।

यसअघि बुधबार भेरी नगरपालिका–११ का अन्दाजी २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । ६ जना मध्ये दुई जनाको शव शनिबार नै फेला परेको थियो भने एक जनाको शव सोमबार फेला परेको थियो । अझै एकै जना भने बेपत्ता छन् ।

एकैदिन १५६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।अनलाइनखबरबाट

 

 

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना पुष्टि भएको हो ।

सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । अनलाइनखबरबाट

 

आज १५ जेठ २०७७ बिहिवार को राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट प्रशस्त फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बनाउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। बलजफ्ती गर्ने बानीले आफैंलाई समस्या निम्त्याउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। लगनशीलताले मात्र लक्ष्यमा पुर्याउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू कमजोर हुनेछन्। करकापमा गरिएको निर्णयले पनि अन्तत: फाइदै हुनेछ। प्रतिस्पर्धीहरूको कमजोरीबाट लाभ उठाउने मौका पाइनेछ। खर्च लागे पनि प्रयत्न गर्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। घरेलु समस्या सुल्झाउन समय लागे पनि सामाजिक कामले लोकप्रियता दिलाउनेछ। पेसा–व्यवसायमा उपलब्धिको स्रोत प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ। सामाजिक जिम्मेवारी पनि बढ्नेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। उपचारमा खर्च हुने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुटाउन सफलता मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कामको मेसो नमिल्दा केही पछि परिएला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

 

          तपाईको दिन शुभ रहोस् ।

नेपालमा सलह आउने सम्भावना तथा रोकथामबारे अध्ययन गरिँदै

काठमाडौं । सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना छ।

यससँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए।

उनले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको बताए।

उनले भने ‘प्राविधिक समितिले अहिले अध्ययन गर्दै छ। भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति होरु आउन सक्ने सम्भावना छ भने त्यसको लागि हामीले गर्ने तयारी के के हुन्, त्यसका लागि विभिन्न विषादीहरुको उपलब्धताको कुरा हुनसक्छ, उपकरणहरुको कुरा हुनसक्छ ती उपलव्धता हामीसँग छन् कि छैनन्।’

समितिले गरेको कामका आधारमा मन्त्रालयले गर्नुपर्ने तयारी गर्दै जाने उनले बताए।

सलह फट्याङ्ग्रा वर्गको कीरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ। सलहको वैज्ञानिक नाम क्अजष्कतयअभचअब न्चभनबचष्ब हो । यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्‍याउँछ।

सलह किरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ। यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ। यो कीरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ। नेपालमा पनि सूदुरपश्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ।

सम्बन्धित मन्त्रालयहरुलाई जानकारी गराइसकेको प्रवक्ता केसीले बताए। उनले सलह कीराको नियन्त्रणका लागि विषादी प्रयोग गर्नुको विकल्प नहुने बताए।

त्यसैले विषादीको उपलब्धता र त्यसको प्रयोग गर्ने उपकरणको उपलब्धताको तयारीको प्रक्रियामा मन्त्रालय लागि सकेको उनको भनाइ छ।

उनले भने ‘यो आइसक्यो भने ठूलो संख्यामा आउँछ, करोडौंको संख्यामा आउँछ। यसले एकैचोटी थुप्रै किलोमिटर क्षति गर्ने हिसाबले आउँछ। हामीसँग आइसकेको अवस्थामा विषादी प्रयोग गर्नु बाहेकको विकल्प हुँदैन।

विषादी पनि ठूलो मात्रामा, ठूलो क्षेत्रमा छर्नुपर्ने हुन्छ। आइहाल्यो भने पनि हामी त्यसको लागि विषादीको उपलब्धता, त्यसका उपकरणहरुको उपलव्धताको बारेमा तयारीको प्रक्रियामा लागिसकेका छौं।’

मन्त्रालयले सलह कीराको आक्रमण र यसको जोखिम तथा रोकथामको बारेमा मिडिया मार्फत किसानहरुलाई जानकारी दिने तयारी समेत थालेको प्रवक्ता केसीले बताए।

यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ। जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन्। सेतोपाटीबाट

अतिक्रमित धरान–२० को सामुदायिक वन क्षेत्र खाली

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकाको तीनकुनेस्थित सेक्टर वन कार्यालयले अतिक्रमित धरान–२० को सामुदायिक वन क्षेत्र बुधबार अपरान्ह खाली गराएको छ ।

धरान–२० स्थित कार्कीछाप कालीखोला सामुदायिक वन क्षेत्र अतिक्रमण गरी चार परिवारले करिब ५ कठ्ठा जग्गा अतिक्रमण गरेर घरटहरा, गाईगोठ र घेराबारा गरेर मकै लगाएका थिए । सेक्टर वन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान र सशस्त्र प्रहरी बलको सहयोगमा अतिक्रमित क्षेत्र पूर्णरूपमा खाली गराइएको हो ।
अतिक्रमण गरिएको क्षेत्र हटाउनका लागि सेक्टर वनले वैशाख २६ गते नै पन्ध्र दिने सूचना जारी गरेको थियो ।

सूचनापछि चारै जना घरधनीले टहरा भत्काए पनि मकैबारी र अन्य सामग्री खाली गराएका थिएनन् । सेक्टर वनका रेञ्जर ईश्वरी बाँस्तोलाका अनुसार टहरा र गाईगोठ भत्काए पनि मकैबारी, परालको कुन्यूलगायत त्यसै छाडिएकाले प्रहरी प्रशासनको सहयोगमा सबै हटाइएको छ ।

वन क्षेत्र अतिक्रमण गरी बुद्धिमान तामाङ र छोरा दर्व्सिंह तामाङ, दिलबहादुर राई र निमा दोर्जे तामाङले घरटहरा बनाउनुभएका थियो । धरान–१६ का स्थायी दिलबहादुरले गाईगोठ नै बनाएका थिए । वर्षौदेखि उहाँले तीन वटा गाईसमेत पालन गर्दै आउनुभएको थियो ।

वन अतिक्रमण गरी छेकवार लगाएर मकैबारी समेत लगाइएको पाइएको थियो । केही समयअघि ब्लाष्ट संवाददाता त्यसक्षेत्रमा पुग्दा बुद्धिमान र दर्व्सिंहले भने घर भत्काउँदै गरेको अवस्थामा भेटेको थियो । तर, अन्यले भने हटाएका थिएनन् । यस विषयमा ब्लाष्ट संवाददाताले सामुदायिक वनका अध्यक्ष सम्फर तामाङलाई जिज्ञासा राख्दा पटकपटक हट्नका लागि आग्रह गर्दा पनि उहिल्यैदेखि भोगचलन गर्दै आएको भन्दै हट्न नमानेको बताएका थिए ।

समुदायले २०७३ सालमा मात्रै जिल्ला वनबाट सामुदायिक वनको रूपमा अधिकार प्राप्त गरेको थियो । अध्यक्ष तामाङले २०५६ सालदेखि नै संरक्षण गर्दै आएको भए पनि धेरै ढिला गरी हस्तान्तरित भएको बताएका थिए । यो क्षेत्र धरानको भानुचौकबाट करिब चार किलोमिटर उत्तर पश्चिममा पर्छ । धरान–१६ को जोरसखुवाभन्दा पारिपट्टिको क्षेत्र हो ।

वन ऐन २०५६ दफा ४९ खण्ड ‘ग’ र वन नियमावली २०५१ नियम ३१ को ‘ख, ग र घ’ अनुसार अतिक्रमित क्षेत्र हटाउन वनले निर्देशन दिएको थियो । त्यो क्षेत्र विष्णुपादुका सव डिभिजन वन कार्यालय अन्तर्गत पर्दछ । डिभिजन वन कार्यालयका प्रमुख समेत रहेका बाँस्तोलाले प्रहरी प्रशासनको सहयोगमा अतिक्रमित क्षेत्र खाली गराइएको बताउनुभयो ।

भन्सार छली अवैध रुपमा ल्याएको सुर्ति जन्य पादार्थ बरामद

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट भन्सार छली अवैध रुपमा ल्याएको सुर्ति जन्य पादार्थ प्रहरीले बरामद गरेको छ । बुधबार विहानको समयमा भारतबाट भन्सार छली अवैध रुपमा सुर्ति जन्य पादार्थ ल्याउदैछ भन्ने प्राप्त सूचनाको आधारमा प्रहरी टोलीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले ईनरुवा नगरपालिका वडा नं.५ स्थित नहरमा चेक जाँच गर्ने क्रममा मोटर साईकलाई रोक्न खोज्दा मोटर साईकल छाडी भागेको को ३१ प १६५७ नंम्बरको मोटरसाईकल तथा सुर्ति ३ बोरा करिव २१ हजार बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।

एता सुनसरीको कोशी गाउँपालिका वडा नं. ८ स्थित कोशी ब्यारेजको पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश ०२ ०३ ००१ ख १०२ नं. को मिनि ट्रकमा अवैध सामग्री बरामद भएको छ ।

टकलाई रोकी चेकजाँच गर्दा ट्रकमा रहेका खाद्यन्न तथा खुद्रा सामानहरुको प्यान बिल काटी आन्तरिक राजश्वको भ्याट बिल नकाटी लैजादै गरेको फेला पारेको हो । उक्त ट्रक तथा सरसामानहरु बरामद गरी चालक ईटहरी उपमहानगरपालिका वडा नं. ९ का ढगेन्द्र पोखरेललाई पक्राउ गरीएको छ । पक्राउ गरिएको पोखरेललाई राजश्व अनुसन्धान कार्यालय ईटहरीमा आवश्यक कार्वाहीको लागि पठाईएको छ ।

त्यसैगरी प्रहरीले सुनसरी हरिनगर गाउँपालिका वडा नं.१ जमुनगाछी स्थितमा पूर्व तर्फबाट आईरहेको को २६ प ५५४७ नम्बरको मोटर साईकललाई शंका लागि चेक जाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको सैनिक खैनी ८० पोका,चिनी ९८ के.जी., बिडी ५८ प्याकेट,बिस्कुट २० के.जी., प्लाष्टिकको डोरी लगायतका सर समानहरु बरामद गरि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको छ ।

एता सोही पालिकामा नेपालबाट भारत तर्फ चोरी निकाशी गरी लैजादै गरेको उमङग र दिलवाले रक्सी ५९ काटुन फेला पारी नियन्त्रणमा लिई भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी अबैध घरेलु मदिरा बेचबिखन गर्नको लागि ओसार पसार गर्दै गरेको अवस्थामा २५ जर्किन (५००लिटर ) प्रहरी टोलीले फेला पारी नष्ट गरिएको शर्माले बताउनुभयो ।

भारत गएर फर्किएका २३ जना मध्ये ९ जनामा आरडिटि टेष्ट पोजेटिभ

इनरुवा । सुनसरीको दुहवीबाट भारत गएर फर्किएका २३ जना मध्ये ९ जनामा आरडिटि टेष्ट पोजेटिभ आएको छ ।

दुहबी नगरपालिकाका स्थानीय मध्ये १५ जनालाई दुहबी २ स्थित रहेको क्वारेन्टाइनमा राखिएको र ८ जनालाई दुहबी ४ स्थित रहेको मदरसामा सेल्फ क्वारेन्टाइनमा राखिएकोमा ९ जनाको आरडिटि टेष्ट रिर्पोट पोजेटिभ आएको हो ।

भारतबाट आएका २३ जनाको कोरोनाको आरडिटि जाँच गर्दा ९ जनामा पोजेटिभ रिर्पोट देखाएको दुहबीका स्वास्थ्य शाखाका उप संयोजक उचित नारायण शाहले जानकारी दिनुभयो । शाहका अनुसार उनिहरु सबैको सामान्य स्वास्थ्य जाँच गर्दा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भएपनि आरडिटि टेष्ट पोजेटिभ आएकोले पीसिआर टेष्टका लागि स्वाव संकलन गर्ने जेठ १५ गते परीक्षणका लागि विराटनगरको कोशी अस्पताल पठाउने भएको छ ।

भारतबाट आएका २३ जना सहित दुहबीको क्वारेन्टाइनमा अहिलेसम्म ३० जना रहेका छन् ।

अभद्र व्यवहार गरेको विरुद्धको उजुरी नलिएको पीडितको गुनासो, न्यायका लागि भन्दै पहलको माग

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका ३ का ३८ वर्षिय विश नारायण मण्डलले आफूलाई अपहरण उद्योग गरेर अभद्र व्यवहार गरेको भन्दै पीडक विरुद्धको उजुरी दिन प्रहरीमा पुग्दा नलिएको गुनासो गर्नुभएको छ ।

पीडित मण्डलले आफूलाई देवानगञ्ज गाउँपालिका ४ कप्तानगञ्जका २७ वर्षिय ओमप्रकाश मेहताले विराटनगर जाने क्रममा अपहरण उद्योग गर्ने उदेश्यले अभद्र व्यववहार गरेको भन्दै पीडक विरुद्धको उजुरी दिन जेठ १४ गते प्रहरीमा पुग्दा उजुरी नलिएको गुनासो गर्नुभएको हो ।

मण्डलले आफूलाई जेठ ११ गते विहान साढे ९ बजेको समयमा मेहताले को २ प ५१३७ नम्बरको मोटरसाईकलमा पच्छाएर आफ्नो मोटरसाईलकको साचो खोल्ने र आक्रमणको प्रयास गरी अभद्र व्यवहार गरेकाले न्यायका लागि भन्दै प्रहरीमा जादाँ उजुरी नलिएकाले मानव अधिकार आयोग प्रदेश कार्यालय र इन्सेकलाई न्यायका लागि पहलको आग्रह गर्दै निवेदन दिनुभएको छ ।

एकै दिन ११४ जनामा कोरोना संक्रमण

काठमाडौं । थप ११४ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

आगामी आर्थिक वर्षको बजेट भोलि ४ बजे

काठमाडौं  । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे सरकारको बजेट पेश गर्ने भएका छन् ।

उनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे उनले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

संयुक्त सदनमा बजेट पेश भएपछि प्रतिनिधि सभाको अर्काे बैठक बिहीवार साँझ ६ बजे बस्ने छ ।

दाङमा १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना पुष्टि

काठमाडौं । दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख भएअनसार, दाङको घोराही उपमहानगरपालिका वडानम्बर १८ मा २४, २५, ४० र ४२ वर्षका व्यक्तिमा कोरोना देखिएको छ ।

यस्तै, लमही नगरपालिका वडानम्बर १, २, ४, ५ र ६ नम्बर वडाका नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनीहरु लमहीकै क्वारेन्टाइनमा छन् ।

यसैगरी पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४मा १५, १८, २३ वर्षका पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख छ । अनलाइनखबरबाट

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये २ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।

संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । बुधबार ४ जना डिस्चार्ज हुँदैछन् ।