कोशी गाउँपालिकामा सात दिने योग बिज्ञान शिविर सम्पन्न – Nagarikabhiyan : National News

कोशी गाउँपालिकामा सात दिने योग बिज्ञान शिविर सम्पन्न

देवानगञ्ज । सात दिने योग शिविरको आज एक कार्यक्रमका विच समापन गरिएको छ । योग प्रशिक्षक सिताराम शाह को अध्यक्षता तथा कोशि गाउपालिका ६नम्बर वडा का वडा अध्यक्ष जुडिलाल कोडगिया को प्रमुख आतिथ्य एंव कोशी प्रदेश योग गुरु देव नारायण शाह को विशिष्ट आथित्यमा सम्पन्न ७दिने योग शिविर कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोडगिया ले योगले मानिसलाई निरोगी,स्वस्थ्य र फुर्तिलो बनाउने हुदा हरेक ब्यक्तिले आज योग सिक्न जरुरी रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शाहले योगले मानिसको जिवनमा सकारात्मक सोचको बिकासका साथै स्वस्थ्य समाजको पनि निर्माण गर्न सकिने हुदा समाज समृद्धिको दिशातिर बढ्ने बताउनुभयो।

यसैगरी कार्यक्रममा बोल्दै अतिथि पुर्व सभासद एवम योग महामन्त्री सबिता यादब ले योग हरेक रोगको निवारणको औषधि भएकालेपनि योग साधना अपरिहार्य रहेको बताउनुभयो । यहि फल्गुन ६ गतेबाट सुरुभएको ७दिने योगशिविरमा १५० जना योग साधक साधिकाहरुको सहभागिता रहेको थियो ।

आज योग शिविर समापन कार्यक्रममा अनिरुद्ध प्रसाद यादब, अनिल महत्मान, अनिक कुसियेत लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण योग प्रशिक्षक सिताराम शाहले गर्नुभएको थियो । समापन कार्यक्रममायोग प्रशिक्षक सिताराम शाह , सागर पन्डित योग शिक्षक अनिरुद्ध प्रसाद यादब ,सकलदेब यादब र सञ्चारकर्मी धर्मेन्द्र मेहता लगायतका लाई अतिथिको रुपमा वडा अध्यक्ष कोडगिया ले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गरो योग रहो निरोग मुल नारा को साथ कोशी गाउँपलिका रोग मुक्त गाउँ पालिका योग युक्त गाउपालिका को अभियान जारी रहने अध्यक्ष सिताराम शाह ले बताए ।