राजपुत समाजमा राजेश – Nagarikabhiyan : National News

राजपुत समाजमा राजेश

विराटनगर । नेपालको तराईमधेशमा बसोबास गर्दै आएका राजपुत समुदाय संगठित हुन थालेका छन । जिल्लाभरी छरिएर रहेका राजपुत समुदायको तथ्याग संकलन गरेर संगठित हुन थालेको हो । जातिय एवंम समुसदायिक एकता कायम गरेर राजपुत समुदायका समस्या समाधान गरी हरेक प्रकारका सहयोग गर्न संगठित हुन थालेका हुन ।

उनीहरुले राजपुत समुदायका समस्या समाधान गरी हरेक प्रकारका सहयोग गर्न संगठित हुन थालेको बताएका छन् ।  उनीहरुले विराटनगरका राजेश कुमार सिंहको अध्यक्षतामा राजपुत समाज नेपाल विराटनगर समेत गठन गरेका छन।

अध्यक्ष सहित ९ सदस्य समितिको सचिवमा श्याम सिंह, कोषाध्यक्षमा रजनीस कुमार सिंहरहेका छन। त्यस्तै सदस्यहरुमा क्रमश ः केदार प्रसाद सिंह, विनिता सिंह, रामवरण सिंह, डा रुपेश सिंह, सुमन सिंह रहेका छन् ।समितिको सल्लाहकारमा सञ्जय कुमार सिंह ,ज्ञानेन्द्र प्रसाद सिंह, नागेन्द्र सिंह लगायतका रहेका छन् ।
भेलामा सुनसरी , जनकपुर , राजबिराज लगायतका स्थान वाट राजुपुतको सहभागिता रहेको थियो ।

नेपाल भारतमा गहलौत ,सिसोदिया ,राठौर ,चौहान ,परमार,परिहार (प्रतिहार) जडेजा ,सिंह ,तोमर,भाटी ,चन्देल,बुन्देला,बैंस ,कटोच,कछवाहा,जदौ्ं,सोलंकी,जम्मवाल (डोग्रा)राणा,बडगूजर,पुन्धीर,सिकरवार,बाघेल,देवडा,हाडा,भदौरिया ,दहिया, मोरी लगायतका थरले परिचित छन।राजपूतहरूको एक हजारौं वर्षको अवधिमा गौरवशाली भूतकाल छ। राजपूतहरूले स्वतन्त्रता नहोउन्जेलसम्म भारतीय उपमहाद्वीपमा धेरै राज्यहरू शासन गर्थे।