कविता : बाल पंथ – Nagarikabhiyan : National News

कविता : बाल पंथ

आउदैँन कहिलै घुमेर यो बालपन्थ उमेर
पढेलेखेर अगाडी बढौँ हेरेर भागछन कालपंथ ।।
राम्रो मानिस बनी देशको बिकाश गराऊ ।
आफ्नो देशको माटोलाई माया गरी शत्रुलाई भगाऊ ।।
कम उमेरमा बिहे नगर झर्छन् पाठेघर
दाईजो लिएर बिहे नगर हुन्छ सबैको आदर।।
हामि आफैँ उठ्छौं  देश बनाउन
जुठ्छु हामी देश सजाउन् ।।
तराईको सन्तती हो नेपालको सान्
हामीलाई नै बढाउनु पर्छ यो देशको मान्।।
जनताको सेवामा उठ्छु हामी आफैँ
सबैको आखामा चरा जस्तै उठ्छु हामी आफैँ।।
ठुल ठुला सागरमाथाहरु छन् हाम्रो देशमा
लालीगुरास फुल फुल्छन हाम्रो देशमा।।
हाम्रो मुल्य सम्पति हो देशको भक्ति
जहिले पनि मान्छौँ जन्ताको ताती।।
आउदैँन कहिले घुमेर यो बालपंथको उमेर
पढेलेखेर अगाडी बढौँ हेरेर भागछन् कालपंथ