सुनसरीका किसानहरुले लगाएको धान बालीमा रोग किराको प्रकोप – Nagarikabhiyan : National News

सुनसरीका किसानहरुले लगाएको धान बालीमा रोग किराको प्रकोप

इनरुवा । धानबालीमा एक पछि अर्को समस्या देखिएकाले सुनसरीका किसान धानको उपचार गर्न र विषाधी छर्न व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवा सहित विभिन्न स्थानीय तहमा धानमा अत्याधीक घास पलाएको देखी रोगकिरासम्मको समस्याले गर्दा विषाधी छर्न किसानहरु व्यस्त भएका हुन् ।
असार महिनाभरी नै बर्षा भएको र साउनमा फाट्टफुट मात्रै वर्षा भएकाले विगतको भन्दा यसपाली धानमा विभिन्न किसिमको झार तथा घास पलाएकाले सुरुदेखी नै किसानले झार मार्ने औषधीदेखी पछि अन्य पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेकोले किसान विषधी छर्न बाध्य भएको कृषि प्राविधिक भुवनेशवर यादवले जानकारी दिनुभयो । यादवका अनुसार गढी, बर्जु र हरिनगर गाउँपालिका र इनरुवा नगरपालिकाका विभिन्न स्थानका धान बालीमा रोग किराको प्रकोप बढेको छ । रोगकिराको प्रकोप बढेकाले किसानले विषाधी गर्न लागेका यादवको भनाई छ । गत वर्षझै यसवर्ष पनि सिथ ब्लाईगर, ग्वारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको इनरुवा ९ का किसान दिपेन्द्र यादवले गुनासो गर्नुभयो । धान बालीको जरामा किरा बसेको , केहीमा पात सुकेको, केहीमा पात गल्ने , केहीमा हल्का खैरो रङका पुतलीजस्तो कीरा लागेको र केही धानको पात सुकाइदिएकाले विषाधी हाल्नुपर्ने अवस्था आएको किसानको गुनासो छ । रोपोको पहिलो महिना राम्रो रहेको भएपनि अहिले आएर धानमा समस्या देखिएको कोसी गाउँपालिका ६ का किसान वीरेन्द्र यादवले गुनासो गर्नुभयो । धानमा कीराको आक्रमण पश्चात् पातलाई बेरेर भित्र बस्ने र पातको हरियो पदार्थ खाइदिने भएकाले सुक्ने गरेको यादवको भनाई छ । यसैका कारण धानको पात सुक्ने समस्या देखापरेकाले किसान चिन्तित बनेको अर्का किसान मनटुन कुमार यादवले बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख नीनकमल सिंहले प्रत्येक वर्ष केही न केही नयाँ प्रकोप र केही पुरानै रोग किराले किसान समस्या परेको बेलाबखत गुनासो आएको भएपनि विगतको जस्तो समस्या नभएको बताउनुभयो ।
किसान रामदेव मेहताका अनुसार धानमा लाग्ने कीरा हरियो, सेतो खैरो पिठ्युँ भएका र फुत्त फुत्त उफ्रने किसिमका मसिना कीरा भएको र त्यसले आक्रमण गर्दा धानका बिरुवा सुकेर मर्ने गरेको छ ।। यदुवशि बहुउदेश्य कृषक समूहका अध्यक्ष जसलाल यादवका अनुसार गाउँका धेरै किसानहरुको धानबालीमा रोग किराको प्रकोप बढेकाले दैनिकजसो विषधी छर्न बाध्य भएका छन् । किसानले हजारौको लगानी गरी मल, विउँ, जनमजदुर , गोडमेल गरेको तर रोग किराले थप विषाधी छर्न बाध्य भएकाल