देवानगञ्जमा बृहत स्वास्थ्य शिविर सम्पन्न – Nagarikabhiyan : National News

देवानगञ्जमा बृहत स्वास्थ्य शिविर सम्पन्न

देवानगञ्ज । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ राजगञ्ज सिनुवारीमा एक दिवशीय बृहत निशुल्क स्वास्थ्य सेवा शिविर सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीको प्राविधिक सहयोग र देवानगञ्ज गाउँपालिका तथा देवानगञ्ज वडा नम्बर ६ को वडा कार्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको बृहत स्वास्थ्य शिविरमा एक हजार बढी स्थानीयले सेवा लिएको जनाएको छ । सम्पन्न भएको शिविरमा स्वास्थ्य परीक्षण सहित नाक, कान, घाटी, मुटु, छाला, आखाँ, मुख तथा अनुहार, योन , प्रसुती तथा स्त्रि विषेशज्ञ सहितको सेवा र त्यस विषयमा परामर्श र ल्याव सेवा गरि सात सय बढीले स्वास्थ्य सेवाको लाभ लिएको आयोजक मध्येका एक देवानगञ्ज ६ का वडा अध्यक्ष हरिनन्दन मेहताले जानकारी दिनुभयो ।
शिविरमा आर्थिक विपन्नता र सीमावर्ती नागरिकहरु भएकाले अस्पतालको सेवा तथा विषेशज्ञ चिकित्सकिय सेवा नपाएको अवस्थामा गाउँमै सबै सेवा आएकाले लाभ लिएको मेहताले बताउनुभयो ।

शिविरमा जनरल फिजिसन सहित हाडजोर्नी विषेशज्ञ, नाक, कान, घाटी विषेशज्ञ, मुटु, छाला, आखाँ, मुख तथा अनुहार, स्त्रि रोग विषेशज्ञ सहितको सेवा र चेक जाच गरेको थियो भने परामर्श र ल्याव सेवा सहित निशुल्क औषधी समेत वितरण गरेको मेहताले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यलाय सुनसरीका प्रहरी नायव उपरिकक्ष नविनकृष्ण भण्डारी, देवानगञ्ज ६ का वडा अध्यक्ष हरिनन्दन मेहता लगायतको उपस्थिती रहेको थियो ।

शिविरको उद्घाटन गर्नुहुदै प्रमुख अथिति मेहताले गाउँपालिका भित्र स्वास्थय सेवा नागरिकले सहज पाउन भनेर शिविर सार्थक भएको बताउनुहुदै थप गुस्तरिय सेवा बनाउन स्थानीय तहकै अधारभुत अस्पतालको केही दिनमै संचालनमा ल्याउने तयारीमा जुटेको बताउनुभयो । उहाँले सामान्य विरामीहरु बाहिर जाने समस्या अन्त्य गर्ने गरी अस्पातलको सञ्चालन तयारी भएको बताउनुभयो । वहाँले भन्नुभयो “यसरी नै स्वास्थ्य शिविरबाट बिषेशज्ञ डाक्टरको सेवा स्थानीय जनताले सहज रुपमा पाओस भनेर सवै वडामा शिविर संचालन हुनेछ,।”