काेशि गाउँपालिकामा अध्यक्षकै सेटिङ्गमा ब्रहमलुट, शिक्षा शाखामा लाखौं रकम हिनामिना !
१२ भाद्र २०८१, बुधबार १८:२७
देवानगञ्ज । सुनसरीकाे काेशि गाउँपालिकामा पालिका अध्यक्ष ऐयूव अंसारीकै समरक्षणमा ब्रहमलुट भई रहेकाे पाएकाे छ ।
गाउँपालिकाकाे ठेक्का देखि लिएर विभिन्न याेजना कार्यक्रमहरू गाउँपालिका अध्यक्ष ऐयूव अंसारीकै सेटिङ्गमा दिने गरेकाे समाचर स्राेतकाे दावि रहेकाे छ ।
केही दिन अगाडि कोशि गाउँपालिकाका शिक्षा शाखा प्रमुख बेदराज अधिकारीले कोशि गाउँपालिका ६ मा रहेको राष्ट्रिय मा.बी श्रीपुरजब्दीको खातामा कक्षा ८ को परिक्षा व्यवस्थापन गरे बापतको ६ लाख ५४ हजार रकम पठाएको र कामै नगरि, कसैलाई पनि कक्षा ८ को परिक्षा व्यवस्थापन खर्च नदिइ एक्लौटी आफ्नो निजी खातामा रकम लिएको खुलासा भएकाे छ ।
यसरी शिक्षा शाखा प्रमुखले खुलेआम रकम असुलि गरि रहेकाे कुरा बाहिर आउदाँ समेत गाउँपालिका अध्यक्षले कुनै चासाे नलिदा गाउँपालिकामा अध्यक्षकै सेटिङ्गमा यस्ताे कामहरू हुने गरेकाे एक स्थानियले नाम उल्लेख नगर्ने सर्तमा नागरिक अभिया लाई जानकारी दिएका छन ।
यसरी लाखाैं रकम हिनामिना हुदाँ समेत गाउँपालिका अध्यक्षले चासाे नलिदाँ पालिका अध्यक्षले ब्रहमलुट मचाएकाे प्रष्ट देखिन्छ ।
यसै बिषयमा बुझनका लागि शिक्षा शाखा प्रमुख अधिकारी र गाउँपालिका अध्यक्ष ऐयूव अंसारी संग फाेन सम्पर्क गर्दा फाेन सम्पर्क हुन सकेन्न ।
फेसबुकबाट तपाईको प्रतिक्रिया