सरकारले आन्तरिक ऋणको सीमा राख्नुपर्छ स् वर्षमान पुन – Nagarikabhiyan : National News

सरकारले आन्तरिक ऋणको सीमा राख्नुपर्छ स् वर्षमान पुन

काठमाडौं‌ । नेकपा ९माओवादी केन्द्र० का नेता वर्षमान पुनले सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि छलफलमा बोल्दै पछिल्लो समय आन्तरिक ऋण अत्यधिक बढेकोले सीमा राख्नुपर्ने बताएका हुन् । उनले विगतमा मुलुकको कुल गार्हस्थ उत्पादनको २।५ रहेकोमा अहिले ५ प्रतिशतभन्दा बढी पुगेको बताए ।

आन्तरिक ऋण वृद्धि भएकै कारण पछिल्लो समय बजारमा बैंकिङ तरलता भएर निजी क्षेत्रले ऋण पाउन नसकेको बताउँदै उनले वैदेशिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा र पुँजी निर्माणको क्षेत्रमा खर्च गर्नुपर्ने सरकारको नीतिको समर्थन गरे ।