लोसपाका कार्यकारिणी सदस्य राजकुमार लेखीद्वारा राजीनामा – Nagarikabhiyan : National News

लोसपाका कार्यकारिणी सदस्य राजकुमार लेखीद्वारा राजीनामा

काठमाडौँ ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् । उनले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।

राजपा नेपालमा आवद्ध रहेर पार्टी एकीकरणपछि जसपा नेपालमा सामेल भएका उनी राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि लोसपा नेपालमा आवद्ध भएका थिए ।

उनले नयाँ दल खोल्ने आफ्नो योजना नरहेको प्रस्ट पारे । अहिले क्रियाशील रहेकै दलमध्ये कुनै दलमा आफू आवद्ध हुने र आजैबाट यसबारे छलफल थाल्ने उनको भनाइ छ ।