१३ आश्विन २०७८, बुधबार १३:१८ – Page 2 – Nagarikabhiyan : National News

व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप

बैतडी । सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदालतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया–५ का रामबहादुर मडै, सुर्नया–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले पक्राउ गरी यही असोज ८ गते सार्वजनिक गरेको थियोे ।

उनीहरुमाथि मङ्गलबार जिल्ला अदालतबाट थप आठ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । हत्यामा संलग्न रहेको आशंकामा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर असोज ८ गते पहिलोपटक अदालतबाट पाँच दिनको म्याद थप गरिएको थियो । अनुसन्धानको काम नसकिएकाले दोस्रोपटक अदालतबाट म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

सुर्नया–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा असोज ७ गते बिहान सन्सेरीमाडौँमै मृत फेला परेका थिए । मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो । घटनापश्चात अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख शाही नेतृत्वको टोलीले उनीहरुलाई घटना भएको २४ घण्टा नबित्दै पक्राउ गरेको थियो ।

असोज ६ गते मदिरा सेवन गरी फलामको रड प्रयोग गरी कमलसिंहको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । आरोपितमध्येका एकजनाले आफूले रड प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष बयानसमेत दिएको प्रहरीले जनाएको छ । घटनामा एकै जनाको संलग्नता हो कि अरुको पनि संलग्नता थियो भन्नेबारे प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको हो । पक्राउ परेका चारै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् ।

मुटुलाई स्वस्थ राख्न नियमित व्यायाम गर्न आवश्यक छ : डा. विष्ट

आज विश्व मुटु दिवस । हरेक वर्ष सेप्टेम्बर २९ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । विश्व मुटु दिवसको अवसरमा राष्ट्रिय डेली डटकमले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर माधव विष्टसँग भलाकुसारी गरेको छ । डा. विष्ट विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा आवद्ध छन् । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा मुटुको जटिल उपचार विधिमध्यको एक मानिने एनजियोप्लास्टीमाको समेत सफल उपचार उनले गरिसकेका छन् ।

विराट मेडिकल कलेजमा उनी कार्यरत भएसंगै मुटु रोग सम्बन्धि सेवा लिन आउने धेरै मुटु रोगिहरुको सफल उपचार गरिसकेका डा. माधव बिष्टले सुपर स्पेसियालिटी सेवा समेत शुरु गरेका छन् । पछिल्लो समय नेपालमा मुटु रोगीको संख्या पनि बढिरहेको छ । यसै सन्दर्भमा विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर माधव विष्टसँग मुटु रोगसँग सम्बन्धित रहेर राष्ट्रिय डेलीका लागि कटवाल दीपकले गरेको कुराकानीको संम्पादित अंश प्रस्तुत गरेका छौँ ।

१. मानिसको पछिल्लो जीवनशैलीले भावि दिनमा पार्नसक्ने स्वास्थ्य समस्याहरू केके हुन सक्लान् ?
पछिल्लो जीवनशैलीले त मानिसको स्वास्थ्यमा धेरै हानी पुर्याइरहेको छ । पहिला मान्छेहरू स्वस्थकर खाना खाने गर्थे । तर पछिल्लो समय मान्छेले खानपिनमा ध्यान दिएको पाईँदैन । अस्वस्थकर खानपिन बढी खानाले भावि दिनमा स्वास्थ्यमा गम्भिर असर पुर्याउने संकेत देखिन्छ ।

२.मुटु रोगबाट बच्न अपनाउनुपर्ने उपायहरू के हुनसक्छन् ?
मुख्य कुरा त दैनिक व्यायाम गर्नुपर्छ । हतार गर्न भएन । मादक पदार्थ, धुम्रपान जस्ता स्वास्थ्यलाई हानी गर्ने चिजहरूको प्रयोग गर्न भएन । जगंफुड्स, तारेको खाना खाने बानी हटाउन पर्यो । सन्तुलित खाना खानुपर्यो । बिहान बेलुका नियमित हिड्न पर्छ ।

३. पछिल्लो समय मुटु रोगीहरूको संख्या घट्दो क्रममा छ की बढिरहेको छ ?
विगतका वर्षको तुलनामा पछिल्लो समय मुटु रोगीको संख्यामा बृद्धि भइरहेको छ । पहिला चेकजाँच गराउनेको संख्या कम मात्रामा थियो । तर पछिल्लो समय नियमित चेकजाँच गराउनेको संख्यामा बृद्धि भएसँगै मुटु रोगीको सँख्या पनि बढीरहेको छ ।
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुरा, तनावपूर्ण जीवनशैलीका कारण मुटुरोगीहरूको संख्या बढीरहेको छ ।

४. हृदयघात कस्तो समस्या हो र यसबाट बच्न के गर्नु पर्छ ?
मुटुलाई रक्तसञ्चार गर्ने नलीहरूमा कुनै अवरोध आएको खण्डमा मुटुको कुनै पनि भागलाई हानी पुर्याउन सक्छ । मानिको जीवन शैलीमा आएको परिवर्तनसँगै सहरी क्षेत्रमा बढी हृदयघातको समस्या दृखिएको छ । नियमीत शारीरिक व्यायाम गर्ने, सन्तुलित खाना खाने, धूमपान, मध्यपान छाड्नाले यसलाई कम गर्न सकिन्छ । यस्तै तनावलाई कम गर्ने, प्रदुषणबाट जोगिनाले पनि यसको जोखिम कम गर्न सकिन्छ ।

इन्टर्नसिप बाँकी रहेका विद्यार्थीलाई आवेदन दिन आह्वान

काठमाडौँ । सरकारले कोरोना महामारी कारण विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप पूरा नगरेका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई इन्टर्न सिपका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।

सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास पूरा गर्नका लागि आवेदन दिन सक्ने छन् । मन्त्रालयद्वारा जारी सूचनामा असोज २२ गतेसम्म विद्यार्थीलाई आवेदन दिन आग्रह गरिएको छ ।

लामो समयदेखि विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले इन्टर्नसिपको माग गर्दै आन्दोलन गर्दै आइरहेका थिए । उनीहरुले इन्र्टसिपका लागि आफूले अध्ययन गरेको मुलुकमा फर्कन पाउनुपर्ने नभए यहीँ इन्र्टसिप गर्ने व्यवस्था मिलाइदिन सरकारलाई दाबाब दिँदै आएका थिए ।

प्रदेश दुईको प्रदेशसभा अधिवेशन असोज २० गतेका लागि आवहान

जनकपुरधाम । प्रदेश २ प्रदेशसभा अधिवेशन असोज २० गतेका लागि आवहान गरिएको छ । करिव अढाई महिनादेखि नबसेको बैठक असोज २० गते डाकिएको हो । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले बैठक डाकिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रदेशसभामा अहिले सात दलको प्रतिनिधित्व छ । जसमा लोकतानित्रक समाजवादी पार्टी नेपाल (लोसपा) १६ सांसदसहित प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने छन् ।

मंगलबार लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले सभामुख सरोज कुमार यादवलाई प्रतिपक्षमा बस्ने जानकारी गराइसकेका छन् । एकीकृत समाजवादी सरकारमा जाने तयारी गरिरहेको छ । बाँकी नेपाली कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टी नेपाल (जसपा)को नेतृत्वमा सरकारमा छन् ।

चट्याङ लागेर एक जनाको मृत्यु

बर्दिया । यहाँस्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ ।

मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनुभयो ।

नेपाली काँग्रेसबाट को-को छन् मन्त्रीको लाइनमा ?

काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदै गर्दा मन्त्री बन्ने चर्चामा रहेका सांसद गगनकुमार थापा मन्त्री नबन्ने निश्चित जस्तै भएको छ ।

पछिल्लो समय नेपाली काँग्रेसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा रहेका नेता थापा मन्त्री बन्ने चर्चा थियो । तर पौडेलले पहिल्यौ मन्त्री भइसकेकालाई मन्त्रीमा नपठाउने नीति लिएपछि नेता थापा यो पटकको मन्त्रिमण्डलमा नपर्ने सम्भावना भएको हो ।

यसअघि कृष्णप्रसाद सिटौला समूहमा रहनुभएका नेता थापा पछिल्लो समय पौडेल समूहमा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले सुरुमै आफू निकट नेताहरु बालकृष्ण खाडलाई गृह, ज्ञानेन्द्रबहादु कार्कीलाई अर्थ, डा नारायण खड्कालाई परराष्ट्र र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइसक्नु भएको छ ।

यो सँगै उहाँको भागमा पर्ने मन्त्रीको कोटा पूरा भएको छ । उहाँले वरिष्ठ अब नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुलाई मन्त्री बनाउनु पर्नेछ । जबकी काँग्रेसले सरकारमा प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाउने गठबन्धन भित्र सहमति भएको बताइन्छ ।

सो अनुसार अब काँग्रेसको भागमा ३ मन्त्री छन् । पौडेल समूहले मन्त्रीका लागि २ जना भागमा पर्ने बताइएको छ । जसमा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसी मध्येबाट २ मन्त्री बनाइने स्रोतले बताएको छ ।

प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार बुधबार बेलुकासम्ममा मन्त्रिमण्डल बिस्तार हुने सम्बभावना रहेको छ । सिटौला पक्षबाट पनि एक मन्त्री बन्ने निश्चित छ । जसमा उमाकान्त चौधरी र भीमसेनदास मध्येबाट एक मन्त्री बन्ने सम्भावना रहेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेसका कारण लामो समयससम्म मन्त्रीमण्डल बिस्तार हुन सकेको थिएन । तर राष्ट्रपति भण्डारीले केही दिनअघि उक्त अध्यादेश खारेजी गरिदिएपछि मन्त्रिमण्डल बिस्तारको बाटो खुलेको छ ।

दरबार हाई स्कुललाई सनराइज बैंकको आर्थिक सहयोग

काठमाडौं । सन्राइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ ।

कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न प्रयाप्त सोत्र, साधान र प्रविधिको अभाव रहेको छ । यसैकुरालाई मध्यनजर गदै सन्राइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागी ल्यापटप खरिद गरी आवश्यक तालिम संचालन गर्न जोन्ता क्लब काठमाडौलाई दुई लाख रुपैंया सहयोग गरेको छ ।

सन्राइज बैंकले यस अघि पनि दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई तीन लाख रुपैंया सहयोग गरेको थियो ।

मंगलबार दरबार हाई स्कूल, रानी पोखरीमा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानअध्यापक श्री शिव राज अधिकारीको उपस्थितीमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष श्रीमती सीमा गोल्छालाई चेक हस्तान्तरण गर्नु भएको थियो ।

सन्राइज बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अगाडी बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्देश्यका साथ बैकले उक्त सहयोग गरेको बैकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले बताउनु भयो । जोन्ता क्लब काठमाडौंका अध्यक्ष श्रीमती सीमा गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताउनु भएको छ ।

उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् ।उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् ।

माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् अर्थ विभाग प्रमुख पुनका प्रेस संयोजक दयानिधि भट्टले भने, ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान रहेछ, त्यही जहाजमा उहाँ पनि जानु भएको छ ।’

नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ ।

उनी जण्डिस बिगि्रएपछि देखिने एक प्रकारको समस्याबाट लामो समयदेखि पीडित छन् । यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए ।

पुन दम्पतीलाई बिदाइ गर्न माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

सभामुख सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।द्वन्द्वकालीन मुद्दा भएको हुँदा यो मुद्दाको टुंगो सोहीअनुसार लाग्नुपर्ने माओवादी तर्क रहेको छ ।

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा र दाहालबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार भेट केहीबेर अघि सुरु भएको हो ।

भेटमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ । राजनीतिक अध्यादेश खारेज भएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

भारतको महाराष्ट्रमा भीषण वर्षा हुँदा १३ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित मराठवाला इलाकामा मुसलधारे वर्षा भएको छ। वर्षाका कारण आएको बाढी तथा चट्याङका कारण अहिलेसम्म १३ जनाको ज्यान गएको भास्कर अनलाइनले जनाएको छ।

त्यहाँका प्रहरीले उद्धार कार्य जारी राखेको बताइएको छ। ५६० बढी मानिसहरुलाई उद्धार गरिसकिएको छ। वर्षाका कारण कैयन घरहरु क्षतिग्रस्त भएका छन् भने पशुचौपाया बगाएका छन्।

भारतीय मौसम विज्ञान विभागले मराठवाडा, मुम्बई क्षेत्रमा २४ घण्टा वर्षा जारी रहने पूर्वानुमान गरेको छ।

एनएमबिको मुद्धती निक्षेपमा ९.५२प्रतिशतको आकर्षक योजना

काठमाडौं । हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ । नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई  मुद्धतीमा ९.५२प्रतिशत बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्नेछ ।

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी (VKYC), एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । VKYC मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

VKYC  को लागी डिजिटल लिन्क यस प्रकार रहेको छः 5M  https://vcc.nmb.com.np  बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

आज २०७८ असाेज १३ गते बुधबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुनेछ । तरल पदार्थ जस्तै हाईड्रो, पानि जस्ता उद्योग ब्याबसायमा लगानि गर्दा उचित प्रतिफल पाईनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपाईले गरेको मेहनेत खेर जाने छैन ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढार्ई लेखाईमा ध्यान केन्द्रित हुनेछ भने मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बलियो पकड रहने हुनालेकामहरु सजिलै सम्पादन हुँनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाईनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

काम गर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानि गरे पनि आम्दानि नहुने हुनाले दैनिक गुजार ऋणलिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् । पढाई लेखाई अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरि काम गर्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि वस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काबिच नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाई लेखाई प्रगति पथमा लगाडि बढ्ने हुदा मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई परास्त गर्दै नतिजा आफुतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनिति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाईनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुँदा आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्त सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानि गरि आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानि हुँने हुनालेदैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समाजमा बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

सूचना लिने र दिने दुवै जागरुक हुनुपर्छ – अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका हरेक निकायलाई सूचनाको हक प्रदान गर्ने सन्दर्भमा कहीँकतै कमजोरी भए त्यसलाई सच्याउन सुझाव दिएका छन् । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सूचनाको हक कार्यान्वयनको विषय लोकतन्त्र र सुशासनसँग जोडिएकाले लिने र दिने दुवै जागरुक हुन आवश्यक रहेको बताए ।

उनले भने, “राज्यबाट सम्पादन हुने काम कारबाहीलाई पारदर्शी तुल्याउन जनता र सबै तहका सरकार सचेत हुनुपर्छ, भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम र लोकतन्त्रलाई सुदृढ तुल्याउन सूचनाको हक कार्यान्वयनले ठूलो योगदान पु¥याउँछ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले जनताले सही सूचना प्राप्त गर्न नसकेमा राज्यद्वारा प्रदान गरिने सेवासुविधा दुरुपयोग हुन सक्छ भने ।

उनले भने, “सूचनाको हक सुशासनका लागि चाहिने आवश्यक तत्व हो । राज्यको स्रोत साधनको सही सदुपयोग भए÷नभएको विषय जनताले सूचनाको हक कार्यान्वयनबाटै थाहा पाउने हुँदा यसको भूमिका र महत्व धेरै छ ।”

राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार घटाउन र नागरिकलाई बलियो तुल्याउन राज्यका निकायले जनतालाई सूचना प्रवाह गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताए । उनले भने, “स्थानीय तहका कामकारबाहीसँग जोडिएको थुप्रै उजुरीको सङ्ख्या बढ्ने क्रमले लोकतान्त्रिक पद्धति सुदृढ मात्र होइन, नागरिक पनि सचेत भइसकेको सङ्केत गरेको छ । सूचनाको हक कार्यान्वयनले राज्यलाई जिम्मेवार र उत्तरदायी बनाउँछ ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सूचनाको हक सम्पूर्ण रुपमा स्थापित गराउन आयोगले अझ बढी घनिभूत र क्रियाशीलरुपमा लाग्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उनले भने, “सूचनाको हकलाई कार्यान्वयन गर्न र प्रत्येक सूचना सरोकालवालासँग छिटोछरितो र सरल ढङ्गबाट पु¥याउन मन्त्रालयले केही गृहकार्य गरिरहेको छ ।

नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोख्रेलले लोकतन्त्रसँग अन्योन्याश्रित सम्बन्ध रहेको सूचनाको हक कार्यान्वयन गर्ने सन्दर्भमा सूचना लिने र दिने संस्कृतिलाई व्यवस्थित तुल्याउन आवश्यक रहेको धारणा राखे ।

“सूचनाले पारदर्शी समाज निर्माण गर्छ, पारदर्शी समाजले मात्र लोकतन्त्रलाई बलियो बनाउन सक्छ । सूचना लिने र दिने प्रक्रिया लोकतन्त्रलाई बलियो बनाउने आयामसँग जोडिएको विषय हो ।”

सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सूचना अधिकारी दयाराम तिवारी (मुस्लिम आयोग), सुरजकुमार भुजेल (थाहा नगरपालिका), राजेश चौधरी (जिल्ला हुलाक कार्यालय ताप्लेजुङ) र सरोज खतिवडा जिल्ला हुलाक कार्यालय खोटाङलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

सूचना हकका अभियन्ता अजयकुमार साह (उदयपुर), डा मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार पर्सालाई आयोग स्थापना दिवसका अवसरमा गत वैशाख २२ गते घोषणा गरिएको ‘विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार’ प्रदान गरियो ।

सम्पर्क विहीन एनएमवि लघुवित्तका कर्मचारीको खोजीका लागी डिएसपीको टोली परीचालन

सोलुखुम्बु ।  ४ दिन देखि वाकुबाट सम्पर्क विहीन कर्मचारीको खोजीका लागी जिल्लाबाट डिएसपीको टोली परीचालन भएको छ । एनएमबी माइक्रोफाइनान्स लिमिटेड सोताङमा कार्यरत २५ वर्षीया मनकुमारी कार्की खोजीको लागी जिल्लाप्रहरी कार्यालय सोलुखुम्बु प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कट्वालको टोली परिचालन भएको हो । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी कार्की शुक्रबार अपराह्न ४ः२५ देखि सम्पर्क विहीन बन्नुभएको छ ।

मासिक बैठक सञ्चालनका लागि माप्यदुधकोशी–६ र ७ मा दुइ जना कर्मचारी संगै गएको भएपनि सोलाबनबाट हाकुला जानेक्रममा छुट्टिएपछिको अवस्था अज्ञात बनेको हो अहिले त्यस क्षेत्रमा डिसपी सहित प्रहरी चौकी वाकु, इलाका प्रहरी कार्यालय सोताङ, स्थानीयवासी तथा पावैबाट आएका घरपरिवारले खोजी कार्य जारी राखेको भएपनि पत्ता लाग्न नसकेको प्रनाउ कटवालले बताउँनुभयो ।

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको भनाई

टोकीयो । उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो । यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्पे्रषण गरेका छन् । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ ।

जापान सरकारका एक अधिकारीले भनेका छन् कि उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पानीमा खसेको अनुमान गरिएको छ । जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा सो क्षेप्यास्त्र खसेको अनुमान गरिएको छ । तर पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

यस क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तरले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको छैन । कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टी गरेको थिएन ।उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो । -सिन्ह्वा