सम्पर्क विहीन एनएमवि लघुवित्तका कर्मचारीको खोजीका लागी डिएसपीको टोली परीचालन
१२ आश्विन २०७८, मंगलवार १५:४९
सोलुखुम्बु । ४ दिन देखि वाकुबाट सम्पर्क विहीन कर्मचारीको खोजीका लागी जिल्लाबाट डिएसपीको टोली परीचालन भएको छ । एनएमबी माइक्रोफाइनान्स लिमिटेड सोताङमा कार्यरत २५ वर्षीया मनकुमारी कार्की खोजीको लागी जिल्लाप्रहरी कार्यालय सोलुखुम्बु प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कट्वालको टोली परिचालन भएको हो । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी कार्की शुक्रबार अपराह्न ४ः२५ देखि सम्पर्क विहीन बन्नुभएको छ ।
मासिक बैठक सञ्चालनका लागि माप्यदुधकोशी–६ र ७ मा दुइ जना कर्मचारी संगै गएको भएपनि सोलाबनबाट हाकुला जानेक्रममा छुट्टिएपछिको अवस्था अज्ञात बनेको हो अहिले त्यस क्षेत्रमा डिसपी सहित प्रहरी चौकी वाकु, इलाका प्रहरी कार्यालय सोताङ, स्थानीयवासी तथा पावैबाट आएका घरपरिवारले खोजी कार्य जारी राखेको भएपनि पत्ता लाग्न नसकेको प्रनाउ कटवालले बताउँनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया