लागुऔषध सहित धरानबाट १ जना पक्राउ – Nagarikabhiyan : National News

लागुऔषध सहित धरानबाट १ जना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगर पालिका वडा नंं. १३ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ परेको छ ।

धरान वडा नं. १३ को बिजय शेर्पाले आफ्नै कोठामा लागुऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बिहिवार दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

शेर्पाको साथवाट ३ ग्राम ३०० मिलिग्राम लागुऔषध खैरो हेरोईन फेला परेकोले शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।