सर्लाहीमा डुबेर दुई जनाको मृत्यु, दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगियो – Nagarikabhiyan : National News

सर्लाहीमा डुबेर दुई जनाको मृत्यु, दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगियो

सर्लाही । बरहथवा नगरपालिकामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार आज बिहान बरहथवा नगरपालिका ३ हरजरियाका नविनकुमार महतोकी ३ वर्षीया छोरी पुनमकुमारी र बरहथवा नगरपालिका-९ मुर्तियाका रामबाबु महतोकी १७ वर्षीया छोरी पुनमकुमारीको ज्यान गएको हो ।

प्रहरीका अनुसार हजरियाकी तीन वर्षकी बालिका घर नजिकै गाडेको कलको खाल्डोमा डुबेर ज्यान गएको हो भने, मुर्तियाकी किशोरीको पोखरीमा कमलको फुल टिप्न जाँदा डुबेर ज्यान गएको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।