स्वास्थ्य चौकी संचालनको लागि टेन्ट हस्तान्तरण – Nagarikabhiyan : National News

स्वास्थ्य चौकी संचालनको लागि टेन्ट हस्तान्तरण

राजविराज । बिश्व भरी फैलिएको कोरोना भाइरस महामारीलाई मध्य नजर गरि स्वास्थ्य चौकी संचालनको लागि आज यहाँ टेन्ट हस्तान्तरण गरेको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको समन्वयमा छिन्नमस्ता गाउँपालिका वडा नं. ३ स्थित सखडामा रहेको स्वास्थ्य चौकीलाई नियमित संचालनका लागि रु १ लाख १६ हजार १०८ रुपैयाको १ थान टेन्ट र रु १७ हजार ७९६ रुपैयाको पिपिई प्रदान गरिएको सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिनुभयो ।

सो कार्यक्रममा छिन्नमस्ता गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल ,स्वास्थ्य चौकी सखडाको इन्चार्ज अजय कुमार झा, स्वास्थ्य संयोजक मध्नेश्वर चौधरी, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव , कार्यक्रम संयोजक गौपाल प्रसाद चौधरी, समुदायिक परिचालक रुभा मण्डल , सेभ द चिल्ड्रेनका संयोजक देवकृष्ण भगत लगायतका उपस्थित रहेको थियो ।