भोक्राहामा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
१४ भाद्र २०७७, आईतवार २०:२२
इनरुवा । सुनसरीको भोक्राहा नर्शिङ्ग गाउँ पालिका वार्ड न ४ चिरोली चोक नजिकै मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
आज आइतबार दिउँसो अन्दाजी ३ बजेको समयमा पश्चिम दिसा बाट को ३८ प ३४६६ नम्बरको मोटरसाइकल लाई विपरीत दिसा बाट बा २१ च ५६९४ नम्बरको पिकप भ्यानले ठोक्कर दिदा मोटरसाइकल चालक स्थानीय नर्शिङ्गका अन्दाजी २५ बर्सिय जगदेब मेहताको उपचारको लागि जिल्ला तर्फ लैजाँदै गर्दा बाटो मा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
ठोक्कर दिने पिकप भ्यान र चालक ईलाका प्रहरी कार्यलय लोकहीको जिम्मा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया