आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि
१४ श्रावण २०७७, बुधबार १६:२९
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
यसैगरी संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १४ हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट ४९ जनाले ज्यान गुमाइसकेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया