चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाऊन राजनीतिक दलहरुको माग
१५ श्रावण २०७७, बिहीबार १८:३२
वीरगञ्ज । पर्साका क्रियाशिल राजनीतिक दलले चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन अत्याधिक बढ्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै दलले संक्रमण नियन्त्रण गर्न चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका हुन् ।
उनीहरुले विज्ञ टोलीमार्फत संक्रमण नियन्त्रण र संक्रमितको व्यवस्थापन गरी दिन स्वास्थ्य मन्त्रालयसँग आग्रह समेत गरेका छन् । बिहीबार जिल्लाका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लगायत प्रदेश सांसद, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष र सामाजिक अभियन्तासहितको सर्वपक्षीय बैठकले ५ बुँदे निर्णय गरेको छ ।
निर्णयको पहिलो बुँदामै कोरोना महामारी नियन्त्रण गर्नका लागि विज्ञ टोली वीरगञ्ज पठाउन माग गरिएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया