१३ श्रावण २०७७, मंगलवार १९:५९ – Page 2 – Nagarikabhiyan : National News

राप्रपा त्याग गरेका थापा कांग्रेसमा प्रवेश, सभापति देउवाले दिए सदस्यता

काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका थापा आज कांग्रेसमा प्रवेश गरेका हुन् । थापालाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरेका हुन् । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार पनि सहभागी थिए ।

अयोध्यामा राम मन्दिरको शिलान्यास: मोदीले २२.६ किलो चाँदीको ईंटाले जग राख्ने

काठमाडौं । अयोध्यामा राम मन्दिर निमार्णका लागि आउँदो अगस्ट ५ मा भुमी पूजा हुने भएको छ ।

भगवान रामको मन्दिर निर्माण हुने ठाउंमा आउँदो अगस्ट ५ मा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिले भुमी पूजा गर्ने भएका छन् । भुमी पूजाका लागि अगस्ट ५ को दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको छ ।

प्रधानमन्त्री मोदीले भुमी पुजामा २२.६ किलोग्राम शुद्ध चाँदीको ईंटाले मन्दिरको जग राख्ने तयारी रहेको छ । भुमी पूजामा २०० जनाको सहभागिता हुने आयोजकले जनाएको छ । सामाजिक दूरीसहितका सबै नियम पालन गरिने जनाएको छ ।

नेकपापछि कांग्रेसमा पस्यो चीन, उत्तरको गोटी बन्न रामचन्द्र पौडेल तयार, राजदूत यान्छीले यसरी फकाइन् !

काठमाडौं । उत्तरी छिमेकी चीनले पछिल्लो समय नेपाली राजनीतिमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको घरझगडा समेत मिलाउनेगरी हस्तक्षेपकारी भूमिकामा प्रस्तुत भइरहेको चीन अब प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा घुसेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बचाउन क्रियाशील चीन अब कांग्रेसभित्र घुसेर आफ्नो बचर्श्व स्थापित गर्न सक्रिय भएको हो।  कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा आज भएको भेटलाई सभापति शेरबहादुर देउवाबिरुद्ध चिनियाँ चलखेलका रुपमा अर्थायाइएको छ ।

भेटका क्रममा यान्छीले पौडेललाई बेइजिङको सन्देश सुनाएकी थिइन् । ‘पौडेलसँग भेट गर्न चिनियाँ राजदूत यान्छी आज बिहानै निवास आएकी थिइन् ।’ पौडेल निकट एक नेताले भने । ‘ यान्छी र पौडेल बीच आसन्न महाधिवेशन केन्द्रित कुराकानी भएको छ ।’

राजदूत यान्छीले भेटका क्रममा नेता पौडेललाई आउँदो महाधिवेशनमा सहयोग गर्ने बताएकी छन् । साथै पौडेललाई चीनको समर्थनमा काम गरिदिन आग्रह गरेकी श्रोतले जनाएको छ ।

यान्छीले आग्रह गरेअनुसार ‘पौडेलले चीनको समर्थनमा काम गर्नुपर्ने, विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरोध गर्नुका साथै सभापति देउवा बिरुद्ध खुलेर लाग्न र वर्तमान ओली नेतृत्वको सरकारलाई सर्मथन गर्नु पर्ने हुन्छ’ ।

एमसीसी सँगको सम्झौता अनुमोदनको विषयमा अहिले देशका नेताहरु पक्ष विपक्षमा बाँडिएका छन् । यसैसँग एमसीसी सँगको सम्झौता अनुमोदन गर्नका लागि मतदान हुने सम्भावना बढेको छ । र मतदान भएमा पौडेल समुहले एमसीसी विरुद्ध मतदान गर्न यान्छीले आग्रह गरेकी श्रोतको दाबी रहेको छ ।

आउँदो महाधिवेशनमा पौडेललाई सभापति बनाउन चीनको समर्थन हुनेमा विश्वस्त हुन आग्रह गर्दै राजदूत यान्छीले आफू समर्थित नेता कार्यकर्तालाई चीनबिरुद्ध कार्य नगर्न/नगराउन निर्देशन दिन पौडेललाई आग्रह पनि गरेकी छिन् । चिनियाँ राजदूतसँगको भेटपछि पौडेल मख्ख परेका छन् । पार्टीभित्र उनको रवाफ बढ्ने अनुमान गरिएको छ । नेपालपानाबाट

काठमाडौं उपत्यकामै छन् ३०६ जना सक्रिय संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको छ। मंगलबार ५३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ सय नाघेको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उपत्यकामा एकैदिन पुष्टि भएको यो अहिलेसम्मकै धेरै संख्या हो। ३ सय ६ जना संक्रमितमध्ये २७ जना नेपाल प्रहरी मुख्यालयका सुरक्षाकर्मी छन्। काठमाडौं जिल्लामा मात्र संक्रमित संख्या २ सय २८ छ। त्यस्तै ललिपुरमा ५८ र भक्तपुरमा २० जना छन्।

संक्रमित सबैको उपत्यकाका कोरोना अस्पतालमा उपचार भइरहेको छ। केहीलाई भने आइसोलेसन सेन्टरमा राखिएको छ। सरकारले उपत्यकाको तीन वटा ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरेको छ। जसमा खरिपाटी, कीर्तिपुर र गणेसमानसिंह अस्पताल रहेका छन्।

उपत्यकामा देखिएका संक्रमितहरू कस्ता हुन् भन्ने बारे मन्त्रालयले विवरण खुलाएको छैन। यद्यपी संक्रमितहरू धेरै विदेशबाट आएका रहेको बताइएको छ। यस्तै बाहिरी जिल्लाहरूबाट उपत्यका प्रवेश गरेका व्यक्तिहरूमा पनि संक्रमण देखिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ।

केही संक्रमित भने उपत्यकाका स्थानीय ट्राभल हिस्ट्रीु नभएका पनि छन्। तर ती कति संख्यामा छन् भन्ने मन्त्रालयले विवरण सार्वजनिक गरेको छैन। लकडाउनलाई पहिलो चरणमा खुकुलो पार्ने निर्णय भएसँगै स्वास्थ्य मन्त्रालयले संक्रमण नियन्त्रणको लागि एउटा मापदण्ड जारी गरेको थियो। उक्त मापदण्डमा जिल्लामा २ सय बढी ुएक्टिभ केसु भएको अवस्थामा पूर्ण लकडाउन गर्न सकिने भनिएको छ।

अहिले काठमाडौंमा कोरोनाको ुएक्टिभ केसु २ सय नाघेको छ। तर मन्त्रालयका प्रवक्ता गौतमले अहिले उपत्यकामा पुनः लकडाउन गर्ने कुनै योजना नभएको स्पष्ट पारे।

मापदण्डमा गर्न सकिने भनिएको हो। त्यो पनि अवस्था हेरेर हुन्छु उनले भने, अहिले उपत्यकामा संक्रमितहरूलाई व्यवस्थापन गर्न सकिएको छ। त्यसैले लकडाउन गर्ने कुनै योजना छैन।

पछिल्लो समय उपत्यकामा पनि संक्रमित संख्या बढ्दै गएपछि यसले थप जोखिम निम्त्याएको विज्ञहरूले औंलाएका छन्। उनीहरुले संक्रमण नियन्त्रण बाहिर जान नदिन परीक्षणलाई व्यापक बनाउनुपर्ने सरकारले सुझाव दिँदै आएका छन्।

मन्त्रालयका विज्ञ सल्लाकारहरूले पनि परीक्षण बढाउन सुझाव दिएका छन्। उपत्यकामा दैनिक संक्रमण बढ्न थालेपछि अहिले मन्त्रालयले मास टेस्टिङु को नीति अघि सारेको छ। जसमा उपत्यकामा मात्र दुई सातामा ४५ हजार जनाको परीक्षण गर्ने भनिएको छ।

यस्तै अहिले उपत्यका प्रवेश गर्ने मुख्य तीन नाकाहरूमा पनि मानिसहरूको स्वाब संकलन गर्ने कार्य भइरहेको छ। प्रवक्ता गौतमले मंगलबार मात्रै तीन वटा नाकाबाट ४८ सय जनाको स्वाब संकलन गरिएको जानकारी दिए।

ती नाकाहरू थानकोट, फर्पिङ र साँगा रहेका छन्। यी नाकाबाट उपत्यका प्रवेश गर्ने बाहिरी जिल्लाका व्यक्तिहरूको स्वाब संकलन गरिएको हो।

यस्तै स्वेच्छाले शुल्क तिरेर परीक्षण गर्ने व्यक्तिहरूमा पनि संक्रमण पुष्टि भएको छ। मंगलबार मात्र स्टार अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ।

सरकारले स्टार अस्पताल र काठमाडौं मेडिकल कलेज गरी दुई वटा निजी अस्पताललाई शुल्क लिएर परीक्षण गर्न पाउने अनुमति दिएको छ। योसँगै उपत्यकामा तीन वटा सरकारी अस्पताललाई पनि सशुल्क परीक्षण गर्ने अनुमति दिइएको छ। जसमा वीर, टिचिङ र पाटन अस्पताल छन्।सेतोपाटीबाट

सप्तकोशी नदिमा एक महिलाको शव फेला

इनरुवा । सुनसरी बराहक्षेत्र नगर पालिका वार्ड न ८ भक्ति चोक नजिक सप्तकोशी नदिमा आज एक महिलाको शव फेला परेका छन ।

स्थानीयहरुले कोशी नदिमा दाउरा तानीरहेको बेला नदिले बगाएर नदि किनारामा अडकिएको अवस्थामा महिला शव फेलापरेको हो ।

स्थानीयका अनुसार अन्दाजी ४० बर्षको महिलाको रहेको र कोशीमा दाउरा तान्न नै आएको हुन सक्नै अनुमान गरिएको हो । शव फेला पर्नका साथ स्थानीयहरुले प्रहरीलाई खबर गरेर जानकारी गराएका थिए ।

शव कसको हो ,कहाँको हो , भन्ने विषयमा  पहिचान हुन नसकेको स्थानीयहरुले बताएका छन । घटना बारेमा स्थानीय प्रहरीले अनुसन्धान भइरहेको प्रकाशपुर चौकीका इन्चार्ज आसाल राजवन्शीले बताएका छन।

काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद

काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भएरनभएको परीक्षणका लागि पठाइएको छ ।

प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ । यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।

आज २०७७ साउन १३ गते मंगलबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेकोछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादि हावि हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । नोकरीमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययनमा सफलता मिल्नेछ । गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुँनेछ ।

नगरप्रमुखका कारण जनकपुरधाम उपमहानगरको क्वारेन्टाइनमा तिन हप्तादेखि स्वाब संकलन बन्द

जनकपुरधाम । आफुहरुको पीसीआर परिक्षण नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ स्थित गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टाईनमा बसेका व्यक्तिहरु आन्दोलित भएका छन् ।

क्वारेन्टाइनमा बसेको दुई साताभन्दा बढी समय बितीसक्दापनि आफुहरुको पीसीआर परिक्षण नगरिएको भन्दै क्वारेन्टाईन बाहिर निस्केर उनीहरुले विरोध जनाएका हुन् ।

स्वाब संकलनका लागि ताकेता गर्दागर्दै यहाँ बसेको १५ दिन भईसक्यो, भारतको हरियाण राज्य कुरुक्षेत्रबाट आएका इन्जिनीयरिङ अध्ययनरत जनकपुरधाम-२१ कुर्थाका जिलाजितकुमार साहले भने,‘तर आफुहरुको स्वाब संकलन अझै नगरिएकोले संक्रमणको खतरा बढेको छ ।’

उनले भने,‘कोरोना परीक्षण गराएर घर जाँदा ठीक हुन्छ भनेर म यहाँ आएर बसे, यहाँ बसेको १५ दिन भइसक्यो तर हालसम्म स्वाब संकलन गरिएको छैन । प्रत्येक दिन क्वारेन्टाइनमा आउने शंकास्पदहरुको सख्या बढदै गएकोले संक्रमणको खतरा झन बढदै गएकोले परिक्षणका लागि पटक पटक ताकेता गर्दा पनि कुनै चासो नलिएपछि बाध्य भएर बाहिर निस्की आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

सो क्वारेन्टाइनमा ३ जना बालबालिका, १५ जना पुरुष र ८ महिला गरी २३ जना बस्दै आएका छन् । ती मध्ये करिव ९ जनाको १४ दिनभन बढी समय क्वारेन्टाईनमा भइसकेको छ । नियमतः क्वारेन्टाईनमा बसेको एक हप्ता भित्रै परीक्षणका लागि स्वाब संकलन गरिसक्नुपर्ने हुन्छ । तर, जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण विगत तिन हप्तादेखि सो क्वारेन्टाईनमा कसैको स्वाब संकलन हुन सकेको छैन ।

यता, क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी चन्द्रदेव शर्माले पीसीआर परीक्षणका लागि स्वाब संकलनमा ढिलाई भएको स्वीकार गर्दै आफूले उपमहानगरपालिका प्रमुखलाई गुहार लगाउँदा पनि उनले कुनै चासो नलिएको बताए । समयमा पीसीआर परीक्षण हुन नसकेपछि क्वारेन्टाइनभित्र थप जोखिम बढेको उनको भनाइ छ ।

कर्मचारीहरु समयमा नआउदा सेवाग्राहीलाई सास्ती

विराटनगर ।  विराटनगर महानगरपालिका वडा नम्बर १८ का कर्मचारीहरु मस्तीमा काम गरिरहँदा जनताहरु भने सास्ती भोग्न बाध्य भएका छन् ।  महानगरपालिका अन्तर्गत रहेको १८ नम्बर वडा कार्यालयका कर्मचारीहरु गैह्रजिम्मेवार तरिकाले कार्य गर्दा त्यहाँ सेवालिन आउने सेवाग्राहीलाई दुःख झेल्नु परेको छ । वडाका कर्मचारीहरु समयमा कार्यालय नआउँदा सानो काम गराउन आएका सेवाग्राहीहरु पनि हप्तौ सम्म धाउनु परेको गुनासो सुनिन थालेको छ ।

विभिन्न बहाना बनाएर कर्मचारीहरु घर बस्ने र कार्यालय समयमा आफ्नो व्यक्तीगत कार्यमा व्यसत हुँदा जनताहरुको काम समयमा हुन नसकेको सेवा लिन आएका शंकर क्रषिदेवले बताए । उनले एउटा काम गराउन हप्तौ सम्म धाउनु पर्ने समस्याबाट जनता आजित भएको समेत सुनाए । त्यहाँ आएका प्राय सबै सेवाग्राहीहरु कर्मचारीकै कार्यशैलीका कारण दुख भोग्नु परेको गुनासो गरे ।

त्यती मात्र नभई सोही कार्यालयमा कार्यरत अरु कर्मचारीले समेत राम्ररी काम गर्न सेकेको छैन । वडा कार्यालयका सचिव शम्भु प्रसाद शाहले कार्यकक्षमै ताला लगाएर जादाँ सोही कक्षमा बसेर काम गर्ने अन्य दुई जना कर्मचारीले बाहिर बसेर कार्यालय समय बिताउन बाध्य भएका छन् । सचिव शाहकै कार्यकक्षमा बसेर काम गर्ने समाजिक परिचालिका अञ्जना अधिकारी र कमप्युटर अपरेटर नविण शाहले काम गर्न नपाई कार्यालय बाहिर बसेर समय बिताएका थिए ।

यता कार्यालयका खरिदार संतोष बैठाले छोरा बिरामीको बहाना बनाएर भैपरी बिदा लिएर घर बसेको कार्यवाहक वडा अध्यक्ष राजदेव यादवले जानकारी दिए । तर उनका अनुसार भैपरी बिदा लिएर घर बसेका खरिदार पछि आफ्नो व्यक्तीगत कार्यले विराटनगर महानगरपालिकाको मुख्यालयमा रहेको खुलेको थियो ।  वडा कार्यालयको यस्तो कार्यशैलीप्रती रुष्ट बनेका स्थानियहरु वडा कार्यालय परिसरमा विरोध समेत जनाएका थिए ।

कार्यबाहक वडा अध्यक्ष राजदेव यादव

सो वडाका कार्यबाहक वडा अध्यक्ष राजदेव यादवले आफ्नो कर्मचारीहरु गल्ती गरेको स्विकार गरे ।  उनले आफु कडा रुपमा प्रस्तुत हुन नसक्दा कर्मचारीहरुले मनोमानी गरेको बताए । यादवले  लापरबाही गरेका कर्मचाहरीहरुबारे महानगरको मुख्यालयमा जानकारी गराउने र कार्यालयको कार्यशैली सुधार्ने प्रतिबद्धमता समेत व्यक्त गरे ।

नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी

काठमाडौं । केही जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको जनाएको छ।

भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै सङ्क्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मास टेस्टिङको काम थालिएको जनाएको हो ।

विगतमा काठमाडौं उपत्यकामा गरिएको मास टेस्टिङ अहिले नाकाहरूमा थालिएको र अब छिट्टै सङ्क्रमितको सङ्ख्या बढेका जिल्लाहरूमा थालिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी बीबीसीलाई बताए ।

तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले ‘मास टेस्टिङ’ राम्रो विकल्प नभएको बताएका छन् ।

त्यसोत नेपालमा कोरोना महामारीको अवस्था भयावह हुने भन्दै डा. मरासिनीले चेतावनी दिएका छन् । सरकारले सुरुमा प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने बताए पनि पछिल्ला दिन ४ हजारको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ ।

त्यति सङ्ख्यामा परीक्षण हुँदा डेढ सयको हाराहारीमा सङ्क्रमित देखिनु सङ्ख्यात्मक हिसाबले धेरै भएको भन्दै परीक्षणको दायरा र सङ्ख्या बढाउनुको विकल्प नरहेको डा. मरासिनीले बताए ।

डा. मरासिनीले बीबीसीलाई भने–‘दैनिक १० हजारको सङ्ख्यामा परीक्षण पुर्‍याइएन भने निकै भयावह अवस्था आउनेछ । अबको १५–२० दिनमै नियन्त्रण गर्न गाह्रो हुने गरी सङ्क्रमण देखिनेछ।’ तर सरकारी अधिकारीहरू भने अहिलेसम्म समुदायस्तरमा सङ्क्रमण पुगिनसकेको दाबी गर्दै आएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्–‘हामीले जुन मापदण्ड मानेर स्थानीय स्तरमा छरछैन भन्ने यकिन गर्ने हो । त्यो हेर्दा समुदायस्तरमा देखिएको छैन ।’

सरकारले करिब ४५ हजारको मास टेस्टिङ गर्ने भन्दै काठमाडौंमा परीक्षण शुर गर्यो । काठमाडौंमा ५ हजार परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण देखिएको छ । काठमाडौं प्रवेश गर्ने नाकाहरूमा परीक्षण गर्न भनेर दुई दिनदेखि काम सुरु भएको डा. अधिकारीले बताए ।

‘काठमाडौं प्रवेश गर्ने नाकाहरूबाट परीक्षण गर्दा कुन क्षेत्रका मानिसमा सङ्क्रमण छ भन्ने थाहा पाएर कन्ट्याक्ट ट्रेसिङ्ग गर्न सजिलो हुन्छ भनेर हामीले थालेका हौँ,’ उनले भने– ‘जुन क्षेत्रका स्थास्थ्य अधिकारीबाट सङ्क्रमणको विषयलाई लिएर चिन्ता बढेका छन् ती क्षेत्रमा मास टेस्टिङ गर्ने भनेर काम थालेका छौँ ।’

उनका अनुसार प्राथमिकतामा राखिएका क्षेत्रहरूमा काठमाडौं, मोरङ, कास्की, बाँके, रुपन्देही, बारा, पर्सा र सप्तरी छन् ।

त्यसोत पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३ हजार ४ सय ५४ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

‘मास्क छैन भने कारवाही हुन्छ, तर सामाजिक दूरीको पालना खै त ?’

जनकपुरधाम । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कने र सामाजिक दूरी कायम नगर्ने व्यक्तिलाई पक्राउ गर्न देशभरिका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएपछि जनकपुरमा आज (सोमबार) बिहानैदेखि प्रहरीले विभिन्न ठाउँहरुमा चेकजाँच गरिरहेको छ । मन्त्रालयको परिपत्रपछि मास्क नलगाउनेलाई धमाधम कारवाही गर्न थालिएको छ । तर मास्क नहुनेलाई कारवाही गर्ने चक्करमा सामाजिक दूरीको धज्जिया उडाइएको तलको यस तस्बिरमा प्रष्ट हेर्न सकिन्छ ।

जनकपुरमा समाचार तयार पार्दासम्म विभिन्न चोकहरुबाट मास्क नलगाई बाटोमा हिँड्ने एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरी कारवाही गरिएको छ । एकातर्फ मास्क नलगाएकालाई कारवाही र अर्कोतर्फ प्रहरीद्वारा नै सामाजिक दूरीको उल्लंघन !

जनकपुरको जिरोमाइलमा मात्रै एक सयभन्दा बढी व्यक्तिलाई कारवाही स्वरूप २ घण्टा नियन्त्रणमा राखिएको थियो । उनीहरुलाई करिव २ घण्टासम्म जीरोमाइलस्थित पार्कमै थुनिएको थियो भने जानकीचोकमा पनि मास्क नलगाएका व्यक्तिलाई घण्टौ घाममै उभिन लगाइएको थियो ।

जिरोमाइलका स्थानीय राजिव मिश्रा रोशनले भने,‘धनुषा प्रहरीको काम गर्ने शैली नै ठिक छैन । जिरोमाइल प्रहरीले मास्क नलगाएकालाई कारवाही गर्ने नाममा सामाजिक दूरीको धज्जिया उडाउँदै सयौंको भिड जम्मा गरेर कोरोना नियन्त्रण गर्ने कुरा त परै जाओस् यस्तो तालले पक्कै कोरोना फैलिनबाट कसैले बचाउन सक्दैन् ।’ स्थानीय प्रशासनले कानुन पालना गराउने नाममा असभ्यताको सिमा पार गरिरहेको उनको आरोप छ ।

यता, सरकारले लकडाउन खोलेपछि मानिसहरु बिना काम बाहिर निस्कने, मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखिए पछि गृह मन्त्रालयको आदेश अनुसार यस्तो कदम चालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घरबाहिर निस्कदा मास्क नलगाई बाटोमा यात्रा गर्ने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि प्रहरी आफ्नो ड्युटीमा खटिएका हुन् । तर, मास्क खोज्ने प्रहरीले सामाजिक दूरीको पालना गराउने दायित्व बिर्सने हो र ?

पछिल्लो २४ घण्टामा १३९ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३ हजार ४ सय ५४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

साउन महिनाको दोस्रो सोमबार यसरी गर्नुहोस् भगवान शिवको पूजा, चाडै फल प्राप्त हुनेछ

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर-घरमै पूजाआजा गरिँदै छ ।

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् ।

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

शिव भगवानको पूजा गर्दा गर्ने आरती

ॐ जय शिव ओंकारा, स्वामी जय शिव ओंकारा।

ब्रह्मा, विष्णु, सदाशिव, अर्द्धांगी धारा॥

ॐ जय शिव ओंकारा॥

एकानन चतुरानन पञ्चानन राजे।

हंसासन गरूड़ासन वृषवाहन साजे॥

ॐ जय शिव ओंकारा॥

दो भुज चार चतुर्भुज दसभुज अति सोहे।

त्रिगुण रूप निरखते त्रिभुवन जन मोहे॥

ॐ जय शिव ओंकारा॥

अक्षमाला वनमाला मुण्डमाला धारी।

त्रिपुरारी कंसारी कर माला धारी॥

ॐ जय शिव ओंकारा॥

श्वेताम्बर पीताम्बर बाघम्बर अंगे।

सनकादिक गरुणादिक भूतादिक संगे॥

ॐ जय शिव ओंकारा॥

कर के मध्य कमण्डलु चक्र त्रिशूलधारी।

सुखकारी दुखहारी जगपालन कारी॥

ॐ जय शिव ओंकारा॥

ब्रह्मा विष्णु सदाशिव जानत अविवेका।

मधु-कैटभ दो‌उ मारे, सुर भयहीन करे॥

ॐ जय शिव ओंकारा॥

लक्ष्मी व सावित्री पार्वती संगा।

पार्वती अर्द्धांगी, शिवलहरी गंगा॥

ॐ जय शिव ओंकारा॥

पर्वत सोहैं पार्वती, शंकर कैलासा।

भांग धतूर का भोजन, भस्मी में वासा॥

ॐ जय शिव ओंकारा॥

जटा में गंग बहत है, गल मुण्डन माला।

शेष नाग लिपटावत, ओढ़त मृगछाला॥

ॐ जय शिव ओंकारा॥

काशी में विराजे विश्वनाथ, नन्दी ब्रह्मचारी।

नित उठ दर्शन पावत, महिमा अति भारी॥

ॐ जय शिव ओंकारा॥

त्रिगुणस्वामी जी की आरति जो कोइ नर गावे।

कहत शिवानन्द स्वामी, मनवान्छित फल पावे॥

ॐ जय शिव ओंकारा॥

नेकपामा सहमति प्रयास जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी एकता मजबुत बनाउन नेताहरूले प्रयास जारी राखेका छन् ।
स्थायी कमिटी बैठकअघि नै विवादित विषयमा सहमति हुने वातावरण बनिरहेको स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुुभयो । स्थायी कमिटी बैठक साउन १३ गते बस्ने तय भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच साउन ९ गते छलफल भएको हो । छलफललाई निरन्तरता दिने दुई अध्यक्षको सहमतिअनुसार सोमबार छलफल भएर मङ्गलबार बैठक बस्ने नेता नेम्वाङको भनाइ छ ।

दुई अध्यक्षबीच देखिएको विवाद कम गर्न र छलफल सहज बनाउन विभिन्न तहमा शीर्ष नेताहरूको छलफल चलिरहेको बताउँदै उहाँले छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो । मङ्गलबार बस्ने स्थायी कमिटी बैठक पुनः स्थगित नहोस् भन्ने प्रयासमा आफूहरू लागेको उहाँले बताउनुभयो । दुवै अध्यक्ष भेटेर पार्टीलाई निकास दिन आग्रह गरिएको उहाँले बताउनुभयो ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अध्यक्षद्वयबीच छलफल निष्कर्षमा नपुगेका कारण बैठक बस्न समस्या देखिएको बताउनुभयो । “उहाँहरूले छलफललाई निरन्तरता दिइरहनुभएको छ तर कुरा मिलेको छैन । आशा गरौँ, बैठक बस्ला’’, उहाँले थप्नुुुुुुभयो, “अध्यक्षद्वयबीच सहमति होस्, छलफल निष्कर्षमा पुगोस् भनेर हामीबाट सहयोग भइरहको छ । ढिलोचाँडो सहमति हुन्छ ।”
असार १० देखि स्थायी कमिटी बैठक सुुुरु भएको हो । एक दिन बिराएर असार १८ सम्म बैठक चल्यो तर मन्त्रिपरिषद् बैठकबाट चालू संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटी बैठक प्रभावित भयो । त्यसपछि पटक पटक बैठक बस्ने मिति तय गरिए पनि अध्यक्षद्वयबीच सहमति नहुँदा बैठक स्थगित हुँदै आएको छ ।

यसैबीच आइतबार अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशका नेताहरूसँग छलफल गर्नुभएको छ । पार्टीका विभिन्न विषयमा उहाँले नेताहरूसँग छलफल गर्नुभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । गोरखापत्र अनलाइनबाट

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

वीरगञ्ज । अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ ।
आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका उद्योगले भारतीय कामदार भित्र्याएका हुन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उद्योगहरुले भारतीय मजदुर अवैद्य रुपमा ल्याएर कोरोनाको सङ्क्रमण फैलाएको व्यापक जनगुनासो आएको स्पष्ट पार्नुभयो । यही गुनासोका आधारमा ती उद्योगहरुको अनुगमन सुरु गरिएको पनि बस्नेतले बताउनुभयो ।

उद्योग सञ्चालन गर्न सरकारले मापदण्ड तोकेको छ । कामदारको पीसीआर परीक्षणलाई अनिवार्य गरिएको छ । कामदारलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनुपर्ने र उद्योग परिसरभित्रै बस्ने व्यवस्था मिलाउनुपर्छ । तर यो मापदण्डलाई पर्सा–बारा औद्योगिक करिडोरका अधिकांश उद्योगले पालना नगरेको जनगुनासो छ ।

वीरगञ्ज भिस्वाका धिरज पासवनले भारतीय कामदार सहजै भित्रिइरहेका र उद्योगले कुनै होशियारी वा सुरक्षा मापदण्ड नअपनाई ती कामदारलाई काममा लगाएकाले समुदायमै सङ्क्रमण फैलिएको आरोप लगाउनुभयो । भारतीय कामदारहरु टोलटोलमा देखिने गरेको स्थानीयले बताए ।

वीरगञ्ज र पर्सा –बारा औद्योगिक करिडोरमा रहेका ट्रक÷बसको बडी बनाउने, टायर मर्मत गर्ने, सवारी साधनका मेसिनरी सामान बेच्ने र मर्मत गर्ने वर्कसपमा भारतीय कामदारहरु देखिने गरेका छन् ।

वीरगञ्जको सुख्खा बन्दरगाहमा दैनिक दुई–तीन सय भारतीय कामदार आएर काम गरेर फर्किने गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले भने उद्योगले त्यसरी अवैद्य रुपमा कामदार ल्याएर काममा लगाएको विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । तर ‘अनुसन्धान गरेर पुष्टि भए त्यस्ता उद्योग र उद्योगीलाई कारबाही गर्न म आह्वान गर्दछु’– अध्यक्ष केडियाले भन्नुभयो ।

पर्साको प्रहरी उपरिक्षक गंगा पन्तले पर्सामा १०७ किलोमिटर खुला सीमा रहेकाले प्रहरी उपस्थित नहुने क्षेत्रबाट भारतीय अवैद्यरुपमा भित्रिन सक्ने सम्भावना रहेको बताउनुभयो । भारतीयलाई अवैद्यरुपमा नेपाल भित्र्याउन सहयोग गरेको आरोपमा पाँच जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।

वीरगञ्जमा चारको अवस्था गम्भीर
वीरगञ्जको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत सङ्क्रमितहरुमध्ये चार जनाको अवस्था गम्भीर रहेको डा. निरजकुमार सिंहले बताउनुभयो ।
‘चारै जनालाई आईसीयूमा अक्सिजन दिएर राखिएको छ, अवस्था जटिल नै छ केही भन्न सकिदैन’– डा. सिंहले भन्नुभयो । हाल ५४ जना उपचार गराइरहेका सो अस्पतालमा नयाँ आउने बिरामीलाई राख्ने स्थान नै नभएको डा. सिंहले बताउनुभयो ।

यहाँ अहिलेसम्म सात जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा बाराका तीन र पर्साका तीन जना हुन् भने वीरगञ्जमा बेवारिसे भेटिएका एक सङ्क्रमितको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन ।  गोरखापत्र अनलाइनबाट

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

काठमाडौँ  । आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो ।
सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक सोही प्रक्रिया अवलम्बन गर्ने आन्तरिक तयारी गरिएको छ । साउनसम्मको अवस्थालाई विश्लेषण गरेर यस विषयमा अन्तिम निर्णय गर्ने योजना बनाइएको छ ।
सरकारले यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि खुला गर्ने निर्णय गरिसकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विगतमा सरकारले विद्यार्थी भर्नाको तयारीका लागि १५ दिन समय दिने र त्यसपछि नियमित पठनपाठन सुरु गर्ने गरेकाले यसपटक पनि त्यो सम्भावना रहेको बताउनुभयो । कोरोनाको सङ्क्रमण नबढेको अवस्थामा भदौ मध्यबाट पठनपाठनको सम्भावना देखिएको उहाँ बताउनुहुन्छ ।

वैशाखसम्म पठनपाठन पूरा
भदौ १५ गतेबाट विद्यालय तहको पठनपाठन नियमित सुरु गर्न सकिए आगामी चैत वा वैशाखसम्म पठनपाठन पूरा गर्न सकिने सम्भावना रहेको जनाइएको छ । चैतमा सामान्यतया शैक्षिक सत्र सकिने भए पनि यसपटक चैत वा वैशाखसम्ममा शैक्षिक सत्र पूरा गर्न सकिने केन्द्रका निर्देशक गौतमले बताउनुभयो । पछिल्लो शैक्षिक सत्रको एक महिना अध्यापन गराउन सकिए समस्या नहुने उहाँको भनाइ छ ।
सरकारले औपचारिक रूपमा असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सञ्चालनमा ल्याएको छ । वैकल्पिक विधिबाट गरिएको पठनपाठनलाई निश्चित मूल्याङ्कन गरिएको अवस्थामा शैक्षिक सत्र पूरा गर्न सकिने निर्देशक
गौतम बताउनुहुन्छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)का केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक क्रियाकलाप तथा परीक्षा सञ्चालनसमेत खुला गरिएपछि भदौ १५ बाट नियमित पठनपाठनमा जानु सान्दर्भिक नै हुने बताउनुभयो तर सामाजिक दूरी भने कायम गर्न सक्नुपर्ने र त्यसलाई विशेष रूपमा व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी गरेको र हाल खुला रहेको अवस्थामा विद्यालय सञ्चालन गर्न सकिए त्यसले सकारात्मक सन्देश दिने उहाँको भनाइ छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीका पुरीले विद्यालय खुल्ने कुरा सङ्क्रमणमा भर पर्न सक्ने उल्लेख गर्दै परिस्थितिको आकलन गरेर निर्णय लिनु उपयुक्त हुने बताउनुभयो । सङ्क्रमण नभएको स्थानमा विद्यालय खोल्नु सान्दर्भिक नै हुने उहाँ बताउनुहुन्छ ।  गोरखापत्र अनलाइनबाट