चिनियाँ चंगुलमा रामचन्द्र पौडेल: राजदूत यान्छी भेटेलगत्तै बोलाए गुट भेला, देउवालाई घेराबन्दीमा पार्न रणनीति – Nagarikabhiyan : National News

चिनियाँ चंगुलमा रामचन्द्र पौडेल: राजदूत यान्छी भेटेलगत्तै बोलाए गुट भेला, देउवालाई घेराबन्दीमा पार्न रणनीति

काठमाडौं । मंगलबार चिनियाँ राजदूत होउ यान्छीसँग भेटेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आफ्नो सक्रियता बढाएका छन्।

राप्रपाबाट पूर्वमन्त्री सुनिल थापासहितको टोली प्रवेश गर्दा पनि असन्तुष्ट रहेका पौडेल सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्नेगरी अघि बढेका हुन्।

पौडेलले आफ्नो गुटको भेलामा सभापति देउवाविरुद्ध रणनीति बनाउने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ। पौडेलले आजै पार्टी कार्यालयमा कार्यकर्ता भेला बोलाएका छन्। नाम कार्यकर्ता दिए पनि यो गुट भेला हो। नेपाली कांग्रेसमा १४ ‍औ महाधिवेशनको चटारो छ।

चीनले पौडेललाई काँध थाप्ने वचन दिइसकेको छ। हिजोको बैठकमा चिनियाँ राजदूतले चीनले तपाईलाई सभापति हेर्न चाहेको र आगामी महाधिवेशनमा चीनको समर्थन तपाईलाई हुने भन्दै बेइजिङमा सन्देश सुनाएकी थिइन्। बेइजिङको सन्देशले हौसिएका पौडलले पार्टीभित्र देउवालाई तह लगाउनेगरी गतिविधि सुरु गरेका हुन्। भेलामा पौडेलले आफ्नो पक्षका नेतालाई चीनको पक्षमा उभिन पनि निर्देशन दिनेछन्।

राजदूतसँगको भेटमा पौडेलले चीनलाई समर्थन गर्ने र चीनले पौडेललाई सघाउने समझदारी भएको थियो। त्यसो नेपालको राजनीतिमा चिनियाँ हस्तक्षेप नौलो होइन। नेकपाभित्रको सानो भन्दा सानो विषयमा चिनियाँ हस्तक्षेप देखिन्छ।

ओली सरकार बचाउनेदेखि नेकपा नेतालाई प्रशिक्षण दिनेसम्म चीनले गरिरहेको छ। अब चीन प्रतिपक्षीभित्र पस्न खोजेको छ। सुरुवात रामचन्द्र पौडेलबाट गरेको छ। र वचन दिएको महाधिवेशनमा सघाउने। कसरी सघाउँछ त्यो हेर्न बाँकी नै छ। तर पौडेलको सक्रियताले भन्न सकिन्छ कि उनी चिनियाँ चंगुलमा फसिसकेका छन्। चीनको साथ पाएका पौडेलको सामना देउवाले कसरी गर्छन त्यो हेर्न बाँकी नै छ। नेपालपानाबाट